< प्रेरित 24 >
1 पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए ।
Pięć dni później, przybył najwyższy kapłan Ananiasz razem ze starszymi oraz z prawnikiem Tertullosem. Oni to wnieśli przed gubernatorem oskarżenie przeciw Pawłowi.
2 जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्टिले हाम्रो देशमा असल सुधार ल्याउँछ ।
Gdy go wprowadzono, Tertullos rozpoczął mowę oskarżycielską: —Dostojny Feliksie! Zapewniłeś nam pokój i pomyślność,
3 त्यसकारण अतिउच्च फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।
za co jesteśmy ci bardzo wdzięczni.
4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु ।
Nie chcemy nadużywać twojej cierpliwości i życzliwości. Zechciej jednak krótko nas wysłuchać.
5 किनभने हामीले यस मानिसलाई दु: ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।
Stwierdziliśmy, że ten człowiek, siejący niezgodę wśród wszystkich Żydów na świecie, jest przywódcą sekty nazarejczyków.
6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले उसलाई हामीले पक्र्यौँ ।
Co więcej, usiłował on zbezcześcić naszą świątynię i dlatego go zatrzymaliśmy.
7 तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।
Sam zresztą możesz go przesłuchać i przekonać się o prawdziwości naszych oskarżeń.
8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ ।
9 यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने ।
Gdy skończył, ci którzy przybyli z najwyższym kapłanem, poświadczyli, że to prawda.
10 तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”
Wówczas gubernator dał Pawłowi znak, że może się bronić: —Wiem, że od wielu lat rozstrzygasz sprawy dotyczące naszego narodu—rzekł Paweł—dlatego z tym większym zaufaniem mogę mówić w swojej obronie.
11 तपाईं आफैँले प्रमाणित गर्न सक्नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन ।
Możesz bowiem łatwo sprawdzić, że przybyłem do Jerozolimy nie więcej niż dwanaście dni temu, aby w świątyni oddać chwałę Bogu.
12 र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ ।
Ani tam, ani w żadnej synagodze, ani nigdzie indziej w Jerozolimie nie nauczałem i nie podburzałem tłumów.
13 र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
Nie ma więc żadnych dowodów na te wszystkie oskarżenia.
14 तर तपाईंसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्वासयोग्य छु ।
Przyznaję się natomiast przed tobą, że służę naszemu Bogu według drogi zbawienia nazywanej przez nich sektą. Wierzę we wszystko, co jest napisane w Prawie Mojżesza i księgach proroków.
15 यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ ।
I, podobnie jak moi oskarżyciele, z nadzieją oczekuję zmartwychwstania wszystkich ludzi—dobrych i złych.
16 र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।
Dlatego ze wszystkich sił staram się zachować czyste sumienie przed Bogiem i ludźmi.
17 अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ ।
Do Jerozolimy zaś przybyłem po raz pierwszy od wielu lat, aby przynieść moim rodakom pomoc materialną i złożyć ofiarę Bogu.
18 जब मैले यो गरेँ, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भिडभाड वा होहल्ला थिएन ।
Wtedy właśnie zobaczyli mnie w świątyni, po obrzędzie oczyszczenia—ale nie w tłumie i nie wzniecającego rozruchy.
19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो ।
Byli tam obecni Żydzi z prowincji Azja i to oni, jako świadkowie, powinni tu być i przedstawiać rzekome oskarżenia.
20 नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्नुपर्छ ।
Zresztą i ci ludzie mogą powiedzieć, czy Wysoka Rada wysunęła przeciwko mnie jakiekolwiek zarzuty,
21 मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʼमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।”
prócz tego, że publicznie zawołałem: „Jestem sądzony dlatego, że wierzę w zmartwychwstanie!”.
22 फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।”
Feliks wiele już słyszał o drodze Pana. Odrzucił więc wszystkie oskarżenia i powiedział: —Zajmę się waszą sprawą, gdy przybędzie tu dowódca Lizjasz!
23 त्यसपछि उनले कप्तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्नू भनी आदेश दिए ।
Rozkazał też podległemu sobie dowódcy pilnować Pawła, dobrze go traktować i nie przeszkadzać jego przyjaciołom w odwiedzaniu go i służeniu mu pomocą.
24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्ट येशूप्रतिको विश्वासको बारेमा सुने ।
Po kilku dniach Feliks przybył wraz z żoną, Druzyllą, która była Żydówką, i polecili wezwać Pawła. Chciał bowiem posłuchać jego nauki o wierze w Jezusa Chrystusa.
25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
Gdy jednak Paweł zaczął mówić o prawości, czystości i nadchodzącym Bożym sądzie, Feliks poczuł strach. —Odejdź już—powiedział. —Posłucham cię kiedy indziej.
26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे ।
Liczył jednak, że Paweł da mu jakąś łapówkę, toteż często go wzywał i rozmawiał z nim.
27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।
Dwa lata później urząd gubernatora objął następca Feliksa, Porcjusz Festus. Odchodząc, Feliks pozostawił jednak Pawła w więzieniu. Chciał bowiem utrzymać dobre stosunki z żydowskimi przywódcami.