< प्रेरित 22 >

1 “मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।”
Možjé bratje in očetje! čujte sedaj moj odgovor k vam.
2 पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भिडले सुनेपछि भिड चुप लाग्यो । उनले भने,
(Ko so pa slišali, da jim v Hebrejskem jeziku govorí, bili so še bolj tiho.) In reče:
3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु ।
Jaz sem mož Jud, rojen v Tarsu Cilicijskem, odgojen pa v tem mestu pri nogah Gamalijelovih, podučen na tanko v očetovskej postavi, vnet za Boga, kakor ste vsi vi danes.
4 मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।
Jaz sem preganjal ta pot noter do smrti, vežoč in izdajoč v ječe možé in žene,
5 मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।
Kakor mi tudi véliki duhoven priča, in vse starešinstvo; od kterih sem tudi pisem prejel do bratov in sem šel v Damask, da bi pripeljal tudi tiste, kteri so tam bili, zvezane v Jeruzalem, da bi se mučili.
6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।
Zgodí pa se, ko sem šel in sem se bližál Damasku, okoli poldneva, da me nagloma obsije velika svetloba z neba;
7 म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʼए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ? ʼ
In padel sem na tla, in slišal sem glas, da mi pravi: Savel, Savel! kaj me preganjaš?
8 मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु?” उहाँले मलाई भन्‍नुभयो, ʼम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ
Jaz sem pa odgovoril: Kdo si, Gospod? In reče mi: Jaz sem Jezus Nazarečan, kterega ti preganjaš.
9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।
Tisti pa, kteri so bili z menoj, videli so sicer svetlobo, in uplašili so se; ali glasú niso slišali, kteri mi je govoril.
10 मैले भनेँ, ʼप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʼउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।
In rekel sem: Kaj naj storim, Gospod? A Gospod mi reče: Vstani in pojdi v Damask; in tam ti se bo povedalo vse, kar ti je odločeno, da storiš.
11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ ।
Ko pa nisem videl od bliščeče te svetlobe, peljali so me za roko, kteri so bili z menoj, in prišel sem v Damask.
12 मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ ।
Neki Ananija pa, človek pobožen po postavi, kteri ima pričevanje od vseh Judov, kteri tam prebivajo,
13 उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʼभाइ शाऊल, दृष्‍टि प्राप्‍त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखेँ ।
Pride k meni, in vstopivši se, reče mi: Savel brat, spreglej! In jaz sem še tisti čas pogledal na-nj.
14 तब तिनले भने, ʼहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ ।
On pa reče: Bog očetov naših te je izvolil, da spoznaj voljo njegovo, in vidiš pravičnega, in slišiš glas iz ust njegovih;
15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।
Kajti boš mu priča pri vseh ljudéh tega, kar si videl in slišal.
16 अब तिमी किन पर्खिंदै छौ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
In sedaj, kaj se obotavljaš? Vstani, in krsti se, in operi grehe svoje, poklicavši ime Gospodovo.
17 म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।
Zgodí se pa, ko sem se bil vrnil v Jeruzalem, in sem v tempeljnu molil, da sem se zamaknil,
18 उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ, ʼछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ
In videl sem ga, in rekel mi je: Pohiti in izidi naglo iz Jeruzalema, ker ne bodo sprejeli pričevanja tvojega za-me.
19 मैले भनेँ, ʼहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।
In jaz sem rekel: Gospod! sami vedó, da sem jaz zapiral in bíl po shajališčih té, kteri so verovali v tebe;
20 तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।
In ko se je prelivala kri Štefana pričevalca tvojega, tudi jaz sem stal zraven, in privolil sem na smrt njegovo, in varoval sem oblačila tistih, kteri so ga pobijali.
21 तर उहाँले मलाई भन्‍नुभयो, ʼगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”
In reče mi: Pojdi; kajti jaz te bom daleč poslal med pogane.
22 मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, उनी बाँच्‍नु ठिक छैन ।”
In poslušali so ga do te besede, ter povzdignejo glas svoj, govoreč: Vzemi z zemlje takošnega; ker ni prav, da živí.
23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा,
Ko so pa kričali, in metali oblačila, in prah lučali k višku,
24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।
Ukaže ga jezernik v grad odpeljati, rekši, naj ga z biči iztezajo, da bi zvedel, za kakošno krivico tako vpijejo nad njim.
25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?”
Ko so ga pa z jermeni pritegnili, reče Pavel stotniku, kteri je tam stal: Smete li človeka Rimljana, in neobsojenega bičati?
26 जब कप्‍तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।”
Slišavši pa to stotnik, pristopi in sporočí jezerniku, govoreč: Glej, kaj boš storil; kajti ta človek je Rimljan.
27 सेनापति आए, र उनलाई भने, “मलाई भन कि, के तिमी रोमी नागरिक हौ?” अनि पावलले भने, “हजुर, हुँ ।”
Pristopivši pa jezernik, reče mu: Povej mi, če si ti Rimljan? On pa reče: Dà.
28 सेनापतिले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।”
In jezernik odgovorí: Jaz sem za veliko denarja to državljanstvo pridobil. A Pavel reče: Jaz sem se pa tudi rodil.
29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
Tedaj so precej odstopili od njega, kteri so ga imeli tezati; pa tudi jezernik se je bal, ko je zvedel, da je Rimljan, in da ga je bil zvezal.
30 भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।
Drugi dan pa, ker je hotel za gotovo zvedeti, za kaj ga Judje tožijo, razveže ga od vezî, in ukaže priti velikemu duhovnu in vsemu zboru njihovemu; in pripeljavši Pavla dol, postavi ga pred-nje.

< प्रेरित 22 >