< प्रेरित 21 >

1 जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।
ܘܦܪܫܢ ܡܢܗܘܢ ܘܪܕܝܢ ܬܪܝܨܐܝܬ ܠܩܘ ܓܙܪܬܐ ܘܠܝܘܡܐ ܐܚܪܢܐ ܐܬܝܢ ܠܪܘܕܘܤ ܘܡܢ ܬܡܢ ܠܦܐܛܪܐ
2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।
ܘܐܫܟܚܢ ܬܡܢ ܐܠܦܐ ܕܐܙܠܐ ܠܦܘܢܝܩܐ ܘܤܠܩܢ ܠܗ ܘܪܕܝܢ
3 हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।
ܘܡܛܝܢ ܥܕܡܐ ܠܘܬ ܩܘܦܪܘܤ ܓܙܪܬܐ ܘܫܒܩܢܗ ܠܤܡܠܐ ܘܐܬܝܢ ܠܤܘܪܝܐ ܘܡܢ ܬܡܢ ܡܛܝܢ ܠܨܘܪ ܬܡܢ ܓܝܪ ܐܝܬ ܗܘܐ ܠܗ ܠܐܠܦܐ ܠܡܢܚܘ ܛܥܢܗ
4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।
ܘܟܕ ܐܫܟܚܢ ܬܡܢ ܬܠܡܝܕܐ ܩܘܝܢ ܠܘܬܗܘܢ ܝܘܡܬܐ ܫܒܥܐ ܘܗܠܝܢ ܐܡܪܝܢ ܗܘܘ ܟܠܝܘܡ ܠܦܘܠܘܤ ܒܪܘܚ ܕܠܐ ܢܐܙܠ ܠܐܘܪܫܠܡ
5 जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्‍नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ, र एक अर्कासँग बिदा भयौँ ।
ܘܡܢ ܒܬܪ ܗܠܝܢ ܝܘܡܬܐ ܢܦܩܢ ܕܢܐܙܠ ܒܐܘܪܚܐ ܘܡܠܘܝܢ ܗܘܘ ܠܢ ܟܠܗܘܢ ܗܢܘܢ ܘܢܫܝܗܘܢ ܘܒܢܝܗܘܢ ܥܕܡܐ ܠܒܪ ܡܢ ܡܕܝܢܬܐ ܘܩܥܕܘ ܥܠ ܒܘܪܟܝܗܘܢ ܥܠ ܝܕ ܝܡܐ ܘܨܠܝܘ
6 हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।
ܘܢܫܩܢ ܠܚܕܕܐ ܘܤܠܩܢ ܠܐܠܦܐ ܘܗܦܟܘ ܗܢܘܢ ܠܒܬܝܗܘܢ
7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ ।
ܚܢܢ ܕܝܢ ܪܕܝܢ ܡܢ ܨܘܪ ܘܐܬܝܢ ܠܥܟܘ ܡܕܝܢܬܐ ܘܝܗܒܢ ܫܠܡܐ ܠܐܚܐ ܕܬܡܢ ܘܫܪܝܢ ܨܐܕܝܗܘܢ ܝܘܡܐ ܚܕ
8 अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
ܘܠܝܘܡܐ ܐܚܪܢܐ ܢܦܩܢ ܘܐܬܝܢ ܠܩܤܪܝܐ ܘܥܠܢ ܫܪܝܢ ܒܒܝܬܗ ܕܦܝܠܝܦܘܤ ܡܤܒܪܢܐ ܐܝܢܐ ܕܐܝܬܘܗܝ ܗܘܐ ܡܢ ܫܒܥܐ
9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
ܘܐܝܬ ܗܘܝ ܠܗ ܒܢܬܐ ܒܬܘܠܬܐ ܐܪܒܥ ܕܡܬܢܒܝܢ ܗܘܝ
10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए ।
ܘܟܕ ܐܝܬܝܢ ܬܡܢ ܝܘܡܬܐ ܤܓܝܐܐ ܢܚܬ ܗܘܐ ܡܢ ܝܗܘܕ ܢܒܝܐ ܚܕ ܕܫܡܗ ܗܘܐ ܐܓܒܘܤ
11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʼयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”
ܘܥܠ ܠܘܬܢ ܘܫܩܠ ܥܪܩܬܐ ܕܚܨܘܗܝ ܕܦܘܠܘܤ ܘܐܤܪ ܪܓܠܐ ܕܢܦܫܗ ܘܐܝܕܘܗܝ ܘܐܡܪ ܗܟܢܐ ܐܡܪ ܪܘܚܐ ܕܩܘܕܫܐ ܕܓܒܪܐ ܡܪܗ ܕܥܪܩܬܐ ܗܕܐ ܗܟܢܐ ܢܐܤܪܘܢܗ ܝܗܘܕܝܐ ܒܐܘܪܫܠܡ ܘܢܫܠܡܘܢܗ ܒܐܝܕܝ ܥܡܡܐ
12 जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ ।
ܘܟܕ ܗܠܝܢ ܡܠܐ ܫܡܥܢ ܒܥܝܢ ܡܢܗ ܚܢܢ ܘܒܢܝ ܐܬܪܐ ܕܠܐ ܢܐܙܠ ܠܐܘܪܫܠܡ
13 त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।”
ܗܝܕܝܢ ܥܢܐ ܘܐܡܪ ܦܘܠܘܤ ܡܢܐ ܥܒܕܝܢ ܐܢܬܘܢ ܕܒܟܝܢ ܐܢܬܘܢ ܘܫܚܩܝܢ ܐܢܬܘܢ ܠܗ ܠܠܒܝ ܐܢܐ ܓܝܪ ܠܐ ܗܘܐ ܕܐܬܐܤܪ ܒܠܚܘܕ ܡܛܝܒ ܐܢܐ ܐܠܐ ܐܦ ܕܐܡܘܬ ܒܐܘܪܫܠܡ ܚܠܦ ܫܡܗ ܕܡܪܢ ܝܫܘܥ
14 पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”
ܘܟܕ ܠܐ ܐܬܛܦܝܤ ܠܢ ܒܗܠܢ ܠܢ ܘܐܡܪܢ ܕܨܒܝܢܗ ܕܡܪܢ ܢܗܘܐ
15 ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।
ܘܒܬܪ ܝܘܡܬܐ ܗܠܝܢ ܐܬܛܝܒܢ ܘܤܠܩܢ ܠܢ ܠܐܘܪܫܠܡ
16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।
ܘܐܬܘ ܗܘܘ ܥܡܢ ܐܢܫܐ ܬܠܡܝܕܐ ܡܢ ܩܤܪܝܐ ܟܕ ܕܒܝܪܝܢ ܥܡܗܘܢ ܐܚܐ ܚܕ ܡܢ ܬܠܡܝܕܐ ܩܕܡܝܐ ܕܫܡܗ ܗܘܐ ܡܢܤܘܢ ܘܐܝܬܘܗܝ ܗܘܐ ܡܢ ܩܘܦܪܘܤ ܕܢܩܒܠܢ ܒܒܝܬܗ
17 जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।
ܘܟܕ ܐܬܝܢ ܠܐܘܪܫܠܡ ܩܒܠܘܢ ܐܚܐ ܚܕܝܐܝܬ
18 अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।
ܘܠܝܘܡܐ ܐܚܪܢܐ ܥܠܢ ܥܡ ܦܘܠܘܤ ܠܘܬ ܝܥܩܘܒ ܟܕ ܐܝܬ ܗܘܐ ܠܘܬܗ ܟܠܗܘܢ ܩܫܝܫܐ
19 जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
ܘܝܗܒܢ ܠܗܘܢ ܫܠܡܐ ܘܡܫܬܥܐ ܗܘܐ ܠܗܘܢ ܦܘܠܘܤ ܒܬܪ ܒܬܪ ܟܠ ܡܐ ܕܥܒܕ ܐܠܗܐ ܒܥܡܡܐ ܒܬܫܡܫܬܗ
20 उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
ܘܟܕ ܫܡܥܘ ܫܒܚܘ ܠܐܠܗܐ ܘܐܡܪܘ ܠܗ ܚܙܐ ܐܢܬ ܐܚܘܢ ܟܡܐ ܪܒܘܢ ܐܝܬ ܒܝܗܘܕ ܐܝܠܝܢ ܕܗܝܡܢܘ ܘܟܠܗܘܢ ܗܠܝܢ ܛܢܢܐ ܐܢܘܢ ܕܢܡܘܤܐ
21 तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
ܐܬܐܡܪ ܠܗܘܢ ܕܝܢ ܥܠܝܟ ܕܡܠܦ ܐܢܬ ܕܢܦܪܩܘܢ ܡܢ ܡܘܫܐ ܟܠܗܘܢ ܝܗܘܕܝܐ ܕܒܥܡܡܐ ܟܕ ܐܡܪ ܐܢܬ ܕܠܐ ܢܗܘܘܢ ܓܙܪܝܢ ܒܢܝܗܘܢ ܘܠܐ ܒܥܝܕܐ ܕܢܡܘܤܐ ܢܗܘܘܢ ܡܗܠܟܝܢ
22 हामीले के गर्नुपर्छ? अवश्‍य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्‍ने सुन्‍नेछन् ।
ܡܛܠ ܗܟܝܠ ܕܡܫܬܡܥܐ ܗܝ ܠܗܘܢ ܕܐܬܝܬ ܠܟܐ
23 त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।
ܥܒܕ ܡܕܡ ܕܐܡܪܝܢܢ ܠܟ ܐܝܬ ܠܢ ܓܒܪܐ ܐܪܒܥܐ ܕܢܕܝܪ ܠܗܘܢ ܕܢܬܕܟܘܢ
24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
ܕܒܪ ܐܢܘܢ ܘܙܠ ܐܬܕܟܐ ܥܡܗܘܢ ܘܐܦܩ ܥܠܝܗܘܢ ܢܦܩܬܐ ܐܝܟ ܕܢܓܪܥܘܢ ܪܫܝܗܘܢ ܘܡܬܝܕܥܐ ܠܟܠܢܫ ܕܡܕܡ ܕܐܬܐܡܪ ܥܠܝܟ ܕܓܠ ܗܘ ܘܐܢܬ ܠܢܡܘܤܐ ܫܠܡ ܐܢܬ ܘܢܛܪ
25 तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।”
ܥܠ ܐܝܠܝܢ ܕܝܢ ܕܗܝܡܢܘ ܡܢ ܥܡܡܐ ܚܢܢ ܟܬܒܢ ܕܢܗܘܘܢ ܢܛܪܝܢ ܢܦܫܗܘܢ ܡܢ ܕܕܒܝܚܐ ܘܡܢ ܙܢܝܘܬܐ ܘܡܢ ܚܢܝܩܐ ܘܡܢ ܕܡܐ
26 त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।
ܗܝܕܝܢ ܦܘܠܘܤ ܕܒܪ ܐܢܘܢ ܠܓܒܪܐ ܗܠܝܢ ܠܝܘܡܐ ܐܚܪܢܐ ܘܐܬܕܟܝ ܥܡܗܘܢ ܘܥܠ ܐܙܠ ܠܗܝܟܠܐ ܟܕ ܡܘܕܥ ܠܗܘܢ ܡܘܠܝܐ ܕܝܘܡܬܐ ܕܬܕܟܝܬܐ ܥܕܡܐ ܕܐܬܩܪܒ ܩܘܪܒܢܐ ܕܐܢܫ ܐܢܫ ܡܢܗܘܢ
27 सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
ܘܟܕ ܡܛܝ ܝܘܡܐ ܕܫܒܥܐ ܝܗܘܕܝܐ ܕܡܢ ܐܤܝܐ ܚܙܐܘܗܝ ܒܗܝܟܠܐ ܘܓܪܝܘ ܥܠܘܗܝ ܥܡܐ ܟܠܗ ܘܐܪܡܝܘ ܥܠܘܗܝ ܐܝܕܝܐ
28 उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
ܟܕ ܡܒܓܢܝܢ ܘܐܡܪܝܢ ܓܒܪܐ ܒܢܝ ܐܝܤܪܝܠ ܥܕܪܘ ܗܢܐ ܗܘ ܓܒܪܐ ܕܠܘܩܒܠ ܥܡܐ ܕܝܠܢ ܡܠܦ ܒܟܠ ܕܘܟܐ ܘܠܘܩܒܠ ܢܡܘܤܐ ܘܠܘܩܒܠ ܐܬܪܐ ܗܢܐ ܘܐܦ ܠܐܪܡܝܐ ܐܥܠ ܠܗܝܟܠܐ ܘܤܝܒܗ ܠܐܬܪܐ ܗܢܐ ܩܕܝܫܐ
29 किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।
ܩܕܡܘ ܗܘܘ ܓܝܪ ܚܙܘ ܥܡܗ ܠܛܪܘܦܝܡܤ ܐܦܤܝܐ ܒܡܕܝܢܬܐ ܘܤܒܪܝܢ ܗܘܘ ܕܥܡ ܦܘܠܘܤ ܥܠ ܠܗܝܟܠܐ
30 सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
ܘܐܫܬܓܫܬ ܡܕܝܢܬܐ ܘܐܬܟܢܫܘ ܟܠܗ ܥܡܐ ܘܐܚܕܘܗܝ ܠܦܘܠܘܤ ܘܓܪܘܗܝ ܠܒܪ ܡܢ ܗܝܟܠܐ ܘܒܪ ܫܥܬܗ ܐܬܬܚܕܘ ܬܪܥܐ
31 तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।
ܘܟܕ ܒܥܐ ܗܘܐ ܟܢܫܐ ܠܡܩܛܠܗ ܐܫܬܡܥܬ ܠܟܠܝܪܟܐ ܕܐܤܦܝܪ ܕܟܠܗ ܡܕܝܢܬܐ ܐܬܬܙܝܥܬ ܠܗ
32 तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
ܘܒܪ ܫܥܬܗ ܕܒܪ ܠܩܢܛܪܘܢܐ ܘܠܐܤܛܪܛܝܘܛܐ ܤܓܝܐܐ ܘܪܗܛܘ ܥܠܝܗܘܢ ܘܟܕ ܚܙܘ ܠܟܠܝܪܟܐ ܘܠܐܤܛܪܛܝܘܛܐ ܒܗܠܘ ܡܢ ܕܡܚܝܢ ܗܘܘ ܠܗ ܠܦܘܠܘܤ
33 त्यसपछि प्रमुख कप्‍तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
ܘܩܪܒ ܠܘܬܗ ܟܠܝܪܟܐ ܘܐܚܕܗ ܘܦܩܕ ܕܢܐܤܪܘܢܗ ܒܬܪܬܝܢ ܫܫܠܢ ܘܡܫܐܠ ܗܘܐ ܥܠܘܗܝ ܕܡܢܘ ܘܡܢܐ ܥܒܕ
34 भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्‍च्याए, भने अरूहरू अर्कै कुरा भन्दै चिच्‍च्याए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए ।
ܘܩܥܝܢ ܗܘܘ ܥܠܘܗܝ ܐܢܫܐ ܡܢ ܐܟܠܘܤ ܡܕܡ ܡܕܡ ܘܡܛܠ ܩܥܬܗܘܢ ܠܐ ܡܫܟܚ ܗܘܐ ܠܡܕܥ ܐܝܕܐ ܗܝ ܫܪܝܪܬܐ ܘܦܩܕ ܗܘܐ ܕܢܘܒܠܘܢܗ ܠܡܫܪܝܬܐ
35 जब पावल सिँढीमा आए, भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए ।
ܘܟܕ ܡܛܝ ܦܘܠܘܤ ܠܕܪܓܐ ܛܥܢܘܗܝ ܐܤܛܪܛܝܘܛܐ ܡܛܠ ܩܛܝܪܐ ܕܥܡܐ
36 मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस!”
ܐܬܐ ܗܘܐ ܓܝܪ ܒܬܪܗ ܥܡܐ ܤܓܝܐܐ ܘܩܥܝܢ ܗܘܘ ܘܐܡܪܝܢ ܫܩܘܠܝܗܝ
37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्‍तानले सोधे, “के तिमी ग्रिक बोल्छौ?
ܘܟܕ ܡܛܝ ܠܡܥܠ ܠܡܫܪܝܬܐ ܗܘ ܦܘܠܘܤ ܐܡܪ ܠܟܠܝܪܟܐ ܐܢ ܡܦܤ ܐܢܬ ܠܝ ܐܡܠܠ ܥܡܟ ܗܘ ܕܝܢ ܐܡܪ ܠܗ ܝܘܢܐܝܬ ܝܕܥ ܐܢܬ
38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड-स्थानतिर लग्यौ?”
ܠܐ ܗܘܝܬ ܐܢܬ ܗܘ ܡܨܪܝܐ ܕܩܕܡ ܝܘܡܬܐ ܗܠܝܢ ܐܙܝܥܬ ܘܐܦܩܬ ܠܡܕܒܪܐ ܐܪܒܥܐ ܐܠܦܝܢ ܓܒܪܐ ܥܒܕܝ ܒܝܫܬܐ
39 पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।”
ܐܡܪ ܠܗ ܦܘܠܘܤ ܐܢܐ ܓܒܪܐ ܐܢܐ ܝܗܘܕܝܐ ܡܢ ܛܪܤܘܤ ܕܩܝܠܝܩܝܐ ܡܕܝܢܬܐ ܝܕܝܥܬܐ ܕܒܗ ܝܠܝܕ ܐܢܐ ܒܥܐ ܐܢܐ ܡܢܟ ܐܦܤ ܠܝ ܠܡܡܠܠܘ ܠܥܡܐ
40 जब कप्‍तानले पावललाई अनुमति दिए, तिनी सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, उनले तिनीहरूसँग हिब्रूमा बोले । उनले भने,
ܘܟܕ ܐܦܤ ܠܗ ܩܡ ܦܘܠܘܤ ܥܠ ܕܪܓܐ ܘܐܙܝܥ ܗܘܐ ܠܗܘܢ ܐܝܕܗ ܘܟܕ ܒܗܠܘ ܡܠܠ ܥܡܗܘܢ ܥܒܪܐܝܬ ܘܐܡܪ ܠܗܘܢ

< प्रेरित 21 >