< प्रेरित 2 >
1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए ।
Əllinci Gün bayramı zamanı onların hamısı bir yerə yığılmışdı.
2 एक्कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो ।
Birdən güclü külək uğultusu kimi göydən bir səs gəlib onlar oturan evin hər tərəfini bürüdü.
3 आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
Onlara göründü ki, nə isə alov kimi dillərə parçalanaraq hər birinin üstünə düşür.
4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
Onların hamısı Müqəddəs Ruhla doldu və Ruhun danışdırdığına görə başqa dillərdə danışmağa başladılar.
5 यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्वरभक्त यहूदीहरू बसिरहेका थिए ।
Bu vaxt səma altında mövcud olan bütün millətlər arasından gələn mömin Yəhudilər Yerusəlimdə yaşayırdılar.
6 जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।
Bu səs gələndə orada böyük izdiham toplandı. Hamı öz dilində danışıldığını eşidəndə çaş-baş qaldı.
7 तिनीहरू छक्क र चकित भए र तिनीहरूले भने, “साँच्चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन्?
Mat qalaraq heyrət içində dedilər: «Bu danışanların hamısı Qalileyalı deyilmi?
8 त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ?
Bəs necə olur ki, biz hamımız öz ana dilimizi eşidirik?
9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया
Biz Parfiyalılar, Midiyalılar, Elamlılar, Mesopotamiyada, Yəhudeyada, Kappadokiyada, Pontda və Asiya vilayətində,
10 फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू,
Frigiyada, Pamfiliyada, Misirdə və Liviyanın Kirenaya yaxın bölgələrində yaşayanlar, Romada yaşayan
11 यहूदीहरू र यहूदी मत मान्नेहरू, क्रेट निवासी र अरबीहरू छौँ । तिनीहरूले परमेश्वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ ।”
Yəhudilər və Yəhudi dinini qəbul edənlər, Kritlilər, Ərəblər eşidirik ki, onlar bizim dilimizdə Allahın əzəmətli işlərindən danışır».
12 तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”
Hamı mat qalıb çaşqınlıq içində bir-birindən soruşurdu: «Bu nədir?»
13 तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन् ।”
Bəziləri də rişxəndlə deyirdi: «Bunlar şirin şərabdan sərxoş olublar».
14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस् ।
Peter On Bir həvari ilə bərabər irəli çıxdı və izdihama ucadan nida etdi: «Ey Yəhudilər və Yerusəlimin bütün sakinləri, sizə bildirirəm, sözlərimə qulaq asın.
15 किनभने तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ ।
Bu adamlar fikirləşdiyiniz kimi sərxoş deyil. Hələ günün üçüncü saatıdır.
16 तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छः
Bu gördükləriniz Yoel peyğəmbər vasitəsilə əvvəlcədən deyilən hadisədir.
17 ‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् ।
Allah dedi ki, axır zamanda “Bütün bəşər üzərinə Ruhumdan tökəcəyəm. Oğullarınız və qızlarınız peyğəmbərlik edəcək, Cavanlarınız görüntülər, Ağsaqqallarınızsa röyalar görəcək.
18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
O günlərdə qul və qarabaşların üzərinə də Ruhumdan tökəcəyəm, Onlar da peyğəmbərlik edəcək.
19 म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।
Yuxarıda – göylərdə xariqələr, Aşağıda – yerdə əlamətlər göstərəcəyəm: Qan, alov və tüstü buxarları görünəcək.
20 परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ ।
Rəbbin möhtəşəm və əzəmətli günü gəlməzdən əvvəl Günəş qaranlığa və ay qan rənginə dönəcək.
21 यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
Rəbbin adını çağıran hər kəs xilas olacaq”.
22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्: परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
Ey İsraillilər, bu sözlərimə qulaq asın! Bildiyiniz kimi Allahın aranızda Nazaretli İsa vasitəsilə yaratdığı möcüzələr, xariqələr və əlamətlər aydın göstərdi ki, O, Allahdan gələn Şəxsdir.
23 परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
Allahın əzəldən bilib müəyyən etdiyi məqsədə uyğun olaraq siz bu Şəxsi qanunsuzlara təslim edib onların əli ilə çarmıxa mıxlatdıraraq öldürdünüz.
24 उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
Allah isə ölüm əzablarını kəsərək Onu diriltdi. Çünki Onu ölüm tutub saxlaya bilməzdi.
25 किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन ।
Davud da Onun barəsində demişdi: “Rəbbə həmişə üz tutmuşam, Sağımda olduğu üçün sarsılmaram.
26 यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।
Elə bunun üçün qəlbim sevinir, dilim şad olur, Cismim belə, ümidlə yaşayır.
27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ । (Hadēs )
Çünki məni ölülər diyarına atmazsan, Mömin insanını çürüməyə qoymazsan. (Hadēs )
28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
Mənə həyat yolunu öyrədirsən, Hüzurunda mənə doyunca sevinc verirsən”.
29 हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु: तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।
Qardaşlar, sizə cəsarətlə deməliyəm ki, doğrudan da, ulu babamız Davud ölüb və dəfn olunub. Onun qəbri bu günə qədər buradadır.
30 यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
Davud peyğəmbər idi və öz nəslindən bir Nəfəri onun taxtına çıxarmaq üçün Allahın and içərək Davuda vəd etdiyini bilirdi.
31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’ (Hadēs )
Ona görə Məsihin dirilməsini əvvəlcədən görüb barəsində demişdi ki, Allah Onu ölülər diyarına atmaz, Cismini çürüməyə qoymaz. (Hadēs )
32 यी नै येशूलाई परमेश्वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।
Allah bu İsanı ölümdən diriltdi və hamımız buna şahid olduq.
33 यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्नु र देन्नु हुन्छ ।
Allah Onu ucaltdı və sağ əlində oturtdu. O, vəd edilən Müqəddəs Ruhu Atadan götürüb sizin görüb-eşitdiyiniz kimi üstümüzə tökdü.
34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “मेरो दाहिने हातपट्टि बस,
Davud özü göylərə qalxmadı, amma belə dedi: “Rəbb mənim Ağama dedi:
35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’
‹Mən düşmənlərini ayaqlarının altına kətil kimi salanadək Sağımda otur›”.
36 यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भयो ।
Ona görə də qoy bütün İsrail xalqı möhkəm bilsin ki, Allah sizin çarmıxa çəkdiyiniz bu İsanı həm Rəbb, həm də Məsih təyin etmişdir».
37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”
Bu sözlər ona qulaq asanların ürəyinə ox kimi sancıldı. Onlar həm Peterdən, həm də o biri həvarilərdən soruşdular: «Qardaşlar, bəs biz nə edək?»
38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ ।
Peter onlara cavab verdi: «Tövbə edin, hamınız İsa Məsihin adı ilə vəftiz olun. Onda günahlarınız bağışlanacaq və bəxşiş olaraq Müqəddəs Ruhu alacaqsınız.
39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
Çünki bu vəd siz, övladlarınız, uzaqdakıların hamısı – Allahımız Rəbbin çağırdığı hər kəs üçündür».
40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”
Peter başqa çox söz deyib onlara xəbərdarlıq etdi və yalvardı: «Bu əyri nəsildən xilas olun».
41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
Onun sözünü qəbul edənlər vəftiz oldular. O gün üç min nəfərə yaxın insan imanlılara qoşuldu.
42 तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्ने कार्य र प्रार्थनामा लागिरहे ।
Onlar da özlərini həvarilərin təliminə, hər şeydə şərik olmağa, birgə çörək bölməyə və duaya həsr etdilər.
43 हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
Bütün imanlıların ürəyinə qorxu düşdü. Həvarilər vasitəsilə çoxlu xariqələr və əlamətlər göstərilirdi.
44 विश्वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए ।
İman edənlərin hamısı bir yerdə idi, bütün əmlaklarından da birgə istifadə edirdi.
45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।
Onlar mallarını, mülklərini satıb pulu hər kəsə ehtiyacına görə paylayırdılar;
46 यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे ।
hər gün məbədə yığılmaqda davam edir, evlərdə sevinə-sevinə, səmimi qəlbdən çörək bölüb yeyirdilər.
47 तिनीहरूले परमेश्वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुभयो ।
Onlar Allaha həmd edir və bütün xalq qarşısında lütf qazanırdılar. Rəbb isə hər gün insanları xilas edir və imanlılara qoşurdu.