< प्रेरित 19 >
1 अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे ।
Un kamēr Apollus Korintū bija, notikās, ka Pāvils, tās augšzemes vietas pārstaigājis, nāca uz Efesu, un kādus mācekļus atradis,
2 पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”
Viņš uz tiem sacīja: “Vai jūs Svēto Garu esat dabūjuši, kad jūs tapāt ticīgi?” Bet tie uz viņu sacīja: “Mēs neesam ne dzirdējuši, ka Svēts Gars ir.”
3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्नाको बप्तिस्मामा ।”
Un viņš uz tiem sacīja: “Uz ko tad jūs esat kristīti?” Un tie sacīja: “Uz Jāņa kristību.”
4 त्यसैले पावलले जवाफ दिए, “यूहन्नाले दिने बप्तिस्माचाहिँ पश्चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ ।”
Bet Pāvils sacīja: “Jānis ir kristījis ar to kristību uz atgriešanos no grēkiem, tiem ļaudīm sacīdams, lai tic uz To, kas nākšot pēc viņa, tas ir, uz Kristu Jēzu.”
5 मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए ।
Un to dzirdējuši tie tapa kristīti uz Tā Kunga Jēzus vārdu.
6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।
Un kad Pāvils tiem rokas uzlika, tad Svētais Gars uz tiem nāca, un tie runāja valodām un sludināja praviešu mācības.
7 उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।
Un visi tie vīri bija kādi divpadsmit.
8 पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्वास दिलाए ।
Bet viņš baznīcā iegājis, droši mācīja kādus trīs mēnešus, sarunādamies un tos pārliecinādams par Dieva valstības lietām.
9 तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।
Un kad citi bija apcietināti un nepaklausīgi un par šo ceļu ļaužu priekšā nelabi runāja, tad viņš no tiem atstājās un atšķīra tos mācekļus, ikdienas sarunādamies kādā Tiranna skolā.
10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
Un tā tas gāja divus gadus, tā ka visi, kas Āzijā dzīvoja, Tā Kunga Jēzus vārdu dzirdēja, gan Jūdi, gan Grieķi.
11 पावलको हातबाट परमेश्वरले महान् कामहरू गर्नुभयो ।
Un Dievs lielus darbus darīja caur Pāvila rokām,
12 पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
Tā ka arī sviedru auti un citi auti no viņa miesām tapa nesti pie neveseliem; un slimības tos atstāja, un ļaunie gari no tiem izgāja.
13 तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”
Un kādi no tiem Jūdiem, kas bija velnu izdzinēji un apkārt vazājās, uzdrīkstējās Tā Kunga Jēzus vārdu saukt pār tiem, kam bija ļauni gari, sacīdami: mēs jūs apdraudam no tā Jēzus puses, ko Pāvils sludina.
14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।
Tie nu, kas šo darīja, bija Sķevasa, Jūdu augstā priestera, septiņi dēli.
15 एउटा दुष्ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस्?”
Un tas ļaunais gars atbildēja un sacīja: “To Jēzu es pazīstu un to Pāvilu es zinu; bet jūs, kas jūs tādi esat?”
16 त्यो दुष्ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।
Un tas cilvēks, kam tas ļaunais gars bija, tiem uzlēca un tos pievarēdams tā darīja, ka tiem bija kailiem un ievainotiem jāizbēg no tā nama.
17 एफिससमा बस्ने यहूदी र ग्रीक सबै विश्वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
Un tas tapa zināms visiem Jūdiem un Grieķiem, kas Efesū dzīvoja; un visiem bailes uzgāja, un Tā Kunga Jēzus vārds tapa augsti teikts.
18 साथै धेरै विश्वासीहरू आएर आफूले गरेका दुष्ट कामहरू स्वीकार गरे ।
Un daudzi no tiem, kas bija palikuši ticīgi, nāca un izteica un izsūdzēja savus nedarbus.
19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्का बराबर भयो ।
Un daudzi no tiem, kas māņu darbus bija darījuši, tās grāmatas kopā sanesa un sadedzināja visiem redzot; un viņu vērtību aprēķināja un saskaitīja piecdesmit tūkstošus sudraba grašus.
20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
Tik varen auga un uzvarēja Tā Kunga vārds.
21 अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
Un pēc šiem notikumiem Pāvils garā apņēmās pārstaigāt Maķedoniju un Akaju un iet uz Jeruzālemi, sacīdams: “Pēc tam, kad tur būšu bijis, man arī Roma jāredz.”
22 पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।
Un uz Maķedoniju divus sūtījis, kas viņam kalpoja, Timoteju un Erastu, viņš pats kādu brīdi palika iekš Āzijas.
23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्चियो ।
Bet ap to laiku liels troksnis cēlās šīs mācības dēļ
24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे ।
Jo viens, ar vārdu Demeteris, sudraba kalējs, no sudraba taisīja Dianas namiņus un gādāja tiem amata meistariem lielu peļņu.
25 त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
Šos, un šī amata strādniekus sapulcējis, viņš sacīja: “Vīri, jūs zināt: ka no šā darba mums ir sava pārtikšana;
26 तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्वरहरू होइनन् भनिरहेछ ।
Un jūs redzat un dzirdat, ka šis Pāvils ne vien Efesū, bet tik ne pa visu Āziju lielu pulku pārrunādams ir novērsis, sacīdams, ka tie nav dievi, kas rokām taisīti.
27 त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
Un tas ne vien mums tā var padarīt, ka šī mūsu peļņa ies mazumā, bet arī ka tās augstās dieves Dianas nams taps nievāts, un arī viņas augstība iznīks, kam taču visa Āzija un pasaule kalpo.”
28 यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!”
Bet to dzirdēdami, tie tapa dusmības pilni un sauca, sacīdami: “Augsta ir Efesiešu Diana.”
29 यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।
Un visa tā pilsēta tapa trokšņa pilna, un tie skrēja vienprātīgi uz teātri, līdz raudami tos Maķedoniešus Gaju un Aristarku, Pāvila ceļa biedrus.
30 पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।
Un kad Pāvils gribēja iet pie tiem ļaudīm, tad tie mācekļi viņam to neļāva.
31 साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
Bet arī kādi no Āzijas virsniekiem, viņa draugi būdami, pie tā sūtīja lūgdami, ka tas nedotos uz teātri.
32 केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्ने कुरा समेत थाहा थिएन ।
Tad nu citi sauca šā, citi tā, jo tā draudze bija sajukusi, un tas lielais pulks nezināja, kādēļ kopā bija sanākuši,
33 यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे ।
Un Aleksandru no tā pulka izvilka, kad tie Jūdi viņu uz priekšu stūma; un Aleksandrs meta ar roku, gribēdams priekš tiem ļaudīm aizbildināties.
34 तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन्!” भन्दै चिच्याए ।
Bet kad tie nomanīja, viņu esam Jūdu, tad visi vienā balsī sauca ap divām stundām: “Augsta ir Efesiešu Diana.”
35 तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र?
Un kad tās pilsētas rakstuvedējs to pulku bija klusinājis, tad viņš sacīja: “Jūs Efesus vīri, kurš cilvēks nezina, Efesus pilsētu esam tās augstās dieves Dianas un tā no debess kritušā tēla kopēju?
36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन ।
Kad nu šīm lietām neviens nevar pretī runāt, tad jums pienākas ar mieru būt un nenieka aplam nedarīt.
37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् ।
Jo jūs šos vīrus esat atveduši, kas nav nedz tās svētās vietas laupītāji nedz jūsu dievietes zaimotāji.
38 त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् ।
Ja tad nu Demeterim un tiem amata vīriem kāda lieta ir pret kādu, tad tiesas dienas top turētas un zemes soģi ir, lai viņi tur savā starpā sūdzās.
39 तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ ।
Bet ja jūs citu kādu lietu meklējiet, tad lai sapulcējās pēc likuma un lai iztiesā.
40 किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।”
Jo mēs esam tai likstā, ka par to, kas šodien noticis, varam tikt apsūdzēti dumpja dēļ, un tomēr nekādas vainas nav, ar ko šo dumpi varētu aizbildināt.”
41 यति भनेपछि उनले सभालाई विसर्जन गरे ।
Un to sacījis, viņš tos ļaudis atlaida.