< प्रेरित 19 >

1 अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे ।
NOW it came to pass that during the time Apollos was at Corinth, Paul, after passing through the upper provinces, came to Ephesus; and finding certain disciples,
2 पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”
said unto them, Have ye received the Holy Ghost since ye believed? And they said unto him, We have not even heard if the Holy Ghost is given.
3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।”
And he asked them, Into what then were ye baptised? And they replied, Into John’s baptism.
4 त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”
Then said Paul, John indeed baptised with the baptism of repentance, saying to the people, That they should believe on him who was coming after him, that is, in Christ Jesus.
5 मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।
Now when they heard it, they were baptised into the name of the Lord Jesus.
6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।
And Paul laying on them his hands, the Holy Ghost came upon them; and they spake with tongues, and prophesied.
7 उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।
And the men were in all about twelve.
8 पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्‍वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्‍वास दिलाए ।
And entering into the synagogue, he spake boldly during three months, reasoning and persuading the things that concern the kingdom of God.
9 तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।
And when some were hardened, and infidel, speaking evil of the way before the people, he withdrew from them, and separated the disciples, discoursing daily in the school of one Tyrannus.
10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
And this he did for two years; so that all who dwelt in Asia heard the word of the Lord Jesus, both Jews and Greeks.
11 पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।
And God wrought by the hands of Paul extraordinary miracles;
12 पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
so that even from his skin there were brought handkerchiefs and aprons unto the diseased, and their disorders were chased from them, and the evil spirits came out of them.
13 तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”
Then certain of the Jews, who went about as exorcists, attempted to make mention of the name of the Lord Jesus over those who had evil spirits, saying, We adjure you by Jesus whom Paul preacheth.
14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।
And they were seven sons of Sceva a Jew, a chief priest, who did this.
15 एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस्?”
Then the evil spirit replied, Jesus I know, and Paul I know; but who are ye?
16 त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।
And the man sprang upon them, in whom was the evil spirit, and getting the mastery over them, prevailed against them, so that they fled out of that house naked and wounded.
17 एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
And this was known to all, both Jews and Greeks, who dwelt at Ephesus: and fear fell on them all, and they magnified the name of the Lord.
18 साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे ।
And many of those who believed came, confessing and declaring their practices.
19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो ।
And many of those who practised magical arts brought the books, and burned them before all men; and they calculated the prices of them, and found them worth fifty thousand pieces of silver.
20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
So mightily did the word of God increase and prevail.
21 अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
Now when these things were accomplished, Paul purposed by the Spirit, passing through Macedonia and Achaia, to go to Jerusalem, saying, That after I have been there, I must see Rome also.
22 पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।
Then he dispatched into Macedonia two of those who attended upon him, Timothy and Erastus; while he himself continued a while longer in Asia.
23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो ।
And there happened at that time no small disturbance about this way.
24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे ।
For a person named Demetrius, a silversmith, who made little temples in silver to represent that of Diana, brought to the artificers no small gain;
25 त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
whom collecting together, with the workmen also of such trinkets, he said, Sirs, ye know that by this employment we make our advantageous livelihood:
26 तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ ।
and ye see and hear how not only at Ephesus, but almost through all Asia, this fellow Paul, by his persuasions, hath perverted a vast multitude, affirming that they are not gods which are made with hands:
27 त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
so that not only is this our trade in danger of falling into contempt, but also that this temple of the great goddess Diana should be counted as nothing, and that henceforth also her magnificence should be utterly destroyed, whom all Asia and the whole world worshippeth.
28 यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!”
On hearing this then, and being filled with rage, they cried out, saying, Great is Diana of the Ephesians.
29 यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।
And the whole city was filled with confusion; and they rushed unanimously into the theatre, dragging with them Gaius and Aristarchus, Macedonians, Paul’s travelling companions.
30 पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।
But though Paul wished to go in to the people, the disciples would not permit him.
31 साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
And some of the Asiarchs also, who were his friends, sent unto him, admonishing him not to venture himself into the theatre.
32 केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।
So they were crying out some one thing and some another: for the assembly was a scene of confusion, and the greater part knew not on what account they were collected together.
33 यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे ।
Then out of the crowd they brought forward Alexander, the Jews pushing him on: and Alexander, waving his hand, would fain have addressed his apology to the people.
34 तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन्!” भन्दै चिच्याए ।
But when they knew he was a Jew, one shout burst from all, crying for about the space of two hours, Great is Diana of the Ephesians.
35 तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?
Then the recorder having quieted the multitude, said, Men of Ephesus, who indeed is the man that doth not know that the city of the Ephesians is wholly devoted to the great goddess Diana, and to the image which fell down from Jupiter?
36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन ।
These things being then incontrovertible, it becomes you to be quiet, and to do nothing with precipitation.
37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् ।
For ye have brought hither these men, neither robbers of the temple, nor blasphemers of your goddess.
38 त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् ।
If then indeed Demetrius and the artificers that are with him have a charge against any man, the courts are held, and there are proconsuls: let them implead one another.
39 तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ ।
And if ye have any dispute about other matters, it shall be terminated in a lawful assembly,
40 किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।”
For we are even in danger of being called to account for this day’s insurrection, there being no cause on account of which we can justify this tumultuary concourse:
41 यति भनेपछि उनले सभालाई विसर्जन गरे ।
and so saying, he dissolved the assembly.

< प्रेरित 19 >