< प्रेरित 17 >
1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।
Muda bapeta katika niji ya Amfipoli na Apolonia, baisile mpaka mji wa Thesalonike ambao pabile na sinagogi lya Ayahudi.
2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे ।
Mana yaibile kawaida ya Paulo, ateyenda kwao, na kwa muda wa masoba matatu ga Sabato atijadiliana nabo nnani ya maandiko.
3 उनले धर्मशास्त्र खोल्दै ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।”
Abile akibafungulia maandiko na kubaelekeza kuwa, impalike Kristo ateseke na boka po atifufuka kae na boka kwa bandu ba kiwo. Atiamakiya, “Yolo Yesu ywaniabakiye habari yake nga Kristo”
4 केही यहूदीहरू साथै ईश्वरभक्त ग्रीकहरू, धेरै अगुवा स्त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्वास गरे ।
Baadhi ya Ayahudi batishawishika na kukengama na Paulo na Sila, pamope na Agiliki achaNnongo, alwawa banyansima baongofu na likundi likolo lya bandu.
5 तर अविश्वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे ।
Lakini baadhi ya Ayahudi baaminiya kwaa, batwelile na bwiu, batiyenda kusoko na kubatola baadhi ya bandu baovu, batikusanya kipenga sa bandu pamope, na kusababisha ghasia mjini, boka po batiivamia nyumba ya Jason, bapala kubakamwa Paulo na Sila ili kubaleta nnongi ya bandu.
6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।”
Lakini batiwakosa, bankamwile Yasoni na baadhi ya alongo benge na kubapeleka nnongi ya maofisa ba mji, bakombwa ndoti, “Aba analome batiupimdua ulimwengu baikite mpaka huku pia,
7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्ने अर्को एकजना राजा पनि छन् ।”
Analome aha batikaribishwa na Yasoni batiiharibia saliya ya Kaisaria, babaya pabile na mpwalume ywenge ywakemelwa Yesu.
8 यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए ।
Kipenga sa bandu na maofisa ba mji pabayowine makowe ago, bajingii na wasiwasi.
9 तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।
Badala ya kuwa bayomwile kutola mbanje ya thamani ya ulinzi boka kwa Yasoni na benge, batibaachia bayende.
10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।
Kilo chelo alongo batintuma Paulo na Sila Beroya. Na balipofika kolyo batiyenda katika lisinagogi lya Ayahudi.
11 थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।
Bandu balo babile na uwerevu nkolo kuliko balo bandu ba Thesalonike, kwa sababu babile na utayari wa kulipokya neno kwa ajili yabe, na kuchunguza maandiko kila lisoba ili kuona mana maneno galongelwa nga yabile kati yayabile.
12 यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्वास गरे ।
Kwa eyo baingi babe batiamini, babile na anwawa babile na ushawishi nkolo ba Kigiriki na analome banyansima.
13 तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्चाउन लगाए ।
Lakini Ayahudi na Thesalonike pabatigundua panga Paulo anatangaza neno lya Nnongo kolyo Beroya, batiyenda kolyo na kuchochea na boka po kuanzisha ghasia kwa bandu.
14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
Kwa haraka, alongo batimpeleka Paulo kwa ndela ya ziwa, Lakini Sila na Timotheo babaki kolyo.
15 पावललाई डोर्याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्ने निर्देशन दिएर पठाए ।
Balo alongo batimpeleka Paulo batiyenda niywembe hadi Athene, banlekite Paulo kolyo, batipokya maagizo boka kwake kuwa, Sila na Timotheo baise kwa haraka yaiwezekana.
16 पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
Na muda akibalenda kolyo Athene, roho yake itikasirishwa nkati yake kwa namna yaaubweni mji utwelilwe sanamu zanyansima.
17 यसैकारण उनले यहूदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
Nga nyoo atilongela katika sinagogi na Ayahudi balo batincha Nnongo na kwa balo akwembine nabo kila lisoba mu'soko.
18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
Lakini baadhi ya Banafalsafa ba Baepikureo na Wetoiko batibakabili. Benge babaya, “Namani chaakilongela yolo mlongelaji nchunu? Benge babaya, “Ibonekana atihubiri habari ya nnongo mgeni,” kwa sababu ahubiria habari ya Yesu na ufufuo.
19 तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ?
Kabantola Paulo na kunneta Areopago, babaya, “Twaweza yowa aga mafundisho mapya yaugalongela?
20 किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौँ ।”
Kwa mana waletya makowe gayambe katika makutu yitu. Kwa eyo twapala kugatanga makowe yabile ba maana gani?”
21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
(Na bandu bote ba Athene pamope na ageni babile kwao, utumia muda wao katika longela na kusikiliza nnani ya likowe lya ayambe.
22 त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्ने कुरा मैले देखेँ ।
Kwa eyo Paulo ayemi nkati ya bandu ba Areopago no baya, “Mwenga mwa bandu, naboa kuwa mwenga mwa bandu ba dini kwa kila namna,
23 किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʼअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
Kwani katika pitya kwango na kulola ilebe yinu ya kuabudu, niabweni maneno yatiandikwa katika jimo ya madhabahu yinu, labaya, “KWA NNONGO YWAJULIKANA KWAA,” Nga nyo bai, yolo mwamumwabudia bila tanga, ywamwajulisha mwenga.
24 परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न ।
Nnongo ywaiumbile dunia na kila kilebe chabile nkati, kwa mana ni Ngwana wa kumaunde na nchi, aweza kwaa tama mu'mahekalu gachengwile na maboko.
25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
Na utmikiwa kwaa na maboko ga bandu kati panga wahitaji kilebe kwabe, kwani ywembe mwene awapeya bandu na pumzi na ilebe yenge yote.
26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
Pitya mundu yumo, apangite mataifa gote ya bandu batama nnani ya minyo ga dunia, na atibabekya muda na mipaka katika maeneo batama.
27 यसैकारण उनीहरूले तिनै परमेश्वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न ।
Kwa eyo, baloba kumpala Nnongo, na yamkini bamfikie na kumpata, na kwa uhakika abile kwaa mbale na kila yumo witu.
28 किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʼकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ
Kwake twatama, twatyanga na kuwa na ukoto witu, mana chelo mtunzi winu yumo wa shairi alongela 'tubile abelekwi bake'.
29 यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नु हुँदैन ।
Kwa eyo, mana itei twenga nin abelekwi ba Nnongo, twapalikwa kwaa kufikiri kuwa uungu ni kati dhahabu, au shaba, au maliwe, sanamu yaichongwa kwa ustadi na malango ga bandu.
30 यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।
Kwa eyo, Nnongo atinyamaza muda wolo wa ulalo, lakini nambeambe atiamuru bandu bote kila mahali bapate kutubu.
31 किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
Ayee nga sababu atibeka lisoba lyapala kuihukumu dunia kwa haki kwa mundu ywabile atimchawa. Nnongo atitoa uhakika wa mundu yolo kwa kila mundu kolyo atiyoka boka mu'kiwo.
32 जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौँ ।”
Na bandu ba Athene bayowine habari ya kufufuliwa kwa bandu ba kiwo, baadhi yao batimdhihaki Paulo, ila benge babaya, “Twalowa kukuyowa kae kwa habari ya likowe lee”
33 त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए ।
Baada ya hapo, Paulo atibaleka.
34 तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्त्री र अरू कतिपय मानिसहरू पावललाई भेट्न आए र उनको कुरामा विश्वास गरे ।
Lakini baadhi ya bandu batikengamana niywembe baaminiya, na Dionisio Mwareopago, na Nwawa akemelwa Damari na ywenge pamope nabembe.