< प्रेरित 15 >
1 यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्न, तबसम्म तपाईंहरू बाँच्न सक्नुहुन्न ।”
Neki ljudje, ki so prišli dol iz Judeje, pa so učili brate in govorili: »Razen če ne boste obrezani po Mojzesovem običaju, ne morete biti rešeni.«
2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
Ko sta imela torej Pavel in Barnaba z njimi ne majhno razhajanje mnenj ter se z njimi pričkala, so odločili, da naj bi glede tega vprašanja Pavel in Barnaba ter nekateri drugi izmed njih šli gor v Jeruzalem, k apostolom in starešinam.
3 त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
In na njihovo pot spremljani s cerkvijo, so šli skozi Fenikijo in Samarijo in razglašali spreobrnitev poganov in vsem bratom so napravili veliko radost.
4 जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
In ko so prišli v Jeruzalem, so bili sprejeti od cerkve in od apostolov ter starešin in razglasili so vse stvari, ki jih je Bog z njimi storil.
5 फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
Toda vstali so nekateri iz ločine farizejev, ki so verovali, rekoč: »Da jih je treba obrezati in jim naročiti, naj se držijo Mojzesove postave.«
6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
In apostoli in starešine so prišli skupaj, da preudarijo o tej besedi.
7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् ।
In ko je bilo mnogo razpravljanja, je vstal Peter ter jim rekel: »Možje in bratje, vi veste, kako to, da je Bog pred davnim časom naredil med nami izbiro, da naj bi pogani po mojih ustih slišali besedo evangelija in verovali.
8 मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
In Bog, ki pozna srca, jim pričuje, ker jim daje Svetega Duha, prav tako kakor je storil nam
9 विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
in ni naredil nobene razlike med nami ter njimi, ko je po veri očistil njihova srca.
10 अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नैपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ?
Zakaj torej zdaj skušate Boga, da nadenete na vrat učencev jarem, ki ga niti naši očetje niti mi nismo mogli nositi?
11 तर हामी विश्वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
Ampak mi verujemo, da bomo rešeni po milosti Gospoda Jezusa Kristusa, prav tako kakor oni.«
12 तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिह्न र आश्चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्यो ।
Potem je vsa množica molčala in poslušala Barnaba in Pavla, ki sta razglašala, kakšne čudežne moči in čudeže je po njiju Bog storil med pogani.
13 तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्नुहोस् ।
In potem, ko so molčali, je Jakob odgovoril, rekoč: »Možje in bratje, prisluhnite mi.
14 परमेश्वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।
Simeon je povedal, kako je Bog najprej obiskal pogane, da vzame izmed njih ljudi za svoje ime.
15 यससँग अगमवक्ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
In k temu se ujemajo besede prerokov, kakor je pisano:
16 यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।
›Po tem se bom vrnil in ponovno zgradil Davidovo šotorsko svetišče, ki je padlo in ruševine le-tega bom ponovno zgradil in jaz ga bom ponovno postavil,
17 ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्न सकून्।
da bi lahko preostanek ljudi iskal Gospoda in vsi pogani, nad katere je klicano moje ime, govori Gospod, ki dela vse te stvari.‹
18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्नुहुन्छ । (aiōn )
Bogu so vsa njegova dela znana od začetka sveta. (aiōn )
19 त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
Zatorej je moja razsodba, da ne vznemirjamo teh, ki so se iz poganstva obrnili k Bogu,
20 तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।
temveč, da jim napišemo, da se vzdržijo pred oskrunitvijo od malikov in pred prešuštvom in pred zadavljenimi stvarmi in pred krvjo.
21 किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”
Kajti Mojzes ima od starih časov v vsakem mestu tiste, ki ga oznanjajo, beroč vsak šabatni dan v sinagogah.«
22 त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
Tedaj je apostolom in starešinam s celotno cerkvijo to ugajalo, da s Pavlom in Barnabom pošljejo v Antiohijo izbrana moža iz svoje lastne skupine; namreč Juda, imenovanega z vzdevkom Bársaba in Sila, vodilna moža med brati.
23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
In po njiju so napisali pisma na ta način: ›Apostoli, starešine in bratje pošiljamo pozdrave bratom, ki so izmed poganov v Antiohiji in Siriji ter Kilikiji,
24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु: खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
ker smo slišali, da so vas nekateri, ki so odšli izmed nas, vznemirjali z besedami in spodkopavali vaše duše, rekoč: ›Vi morate biti obrezani in se držati postave, ‹ katerim nismo dali nobene takšne zapovedi.
25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।
Nam, ki smo soglasno zbrani, se zdi dobro, da z našima ljubljenima Barnabom in Pavlom pošljemo k vam izbrana moža,
26 यी हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
moža, ki sta svoja življenja tvegala zaradi imena našega Gospoda Jezusa Kristusa.
27 त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।
Poslali smo torej Juda in Sila, ki vam bosta iste stvari povedala ustno.
28 किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
Kajti Svetemu Duhu in nam se zdi dobro, da vam ne nalagamo večjega bremena kakor te potrebne stvari:
29 तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
da se vzdržite pred hrano, darovano malikom in pred krvjo in pred zadavljenimi stvarmi ter pred prešuštvom. Če sebe obvarujete pred njimi, boste storili v redu. Mnogo uspeha.‹
30 जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए ।
Torej ko so bili odposlani, so prišli v Antiohijo in ko so skupaj zbrali množico, so izročili poslanico,
31 जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।
katere so se, zaradi tolažbe, ko so jo brali, razveselili.
32 यहूदा र सिलास पनि अगमवक्ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
Juda in Sila, ki sta bila tudi sama preroka, pa sta brate z mnogimi besedami spodbujala in jih krepila.
33 उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।
In potem, ko sta se kratek čas mudila tam, sta od bratov v miru odšla k apostolom.
34 (टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५:४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
Vendar je Sili ugajalo, da še ostane tam.
35 तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।
Tudi Pavel in Barnaba sta prav tako nadaljevala z mnogimi drugimi v Antiohiji in učila ter oznanjala Gospodovo besedo.
36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।
Nekaj dni kasneje je Pavel rekel Barnabu: »Pojdiva ponovno in obiščiva naše brate v vsakem mestu, kjer sva oznanjala Gospodovo besedo in poglejva, kako so.«
37 बारनाबासले मर्कूस भनिने यूहन्नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
In Barnaba se je odločil, da s seboj vzameta Janeza, katerega vzdevek je bil Marko.
38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
Toda Pavlu se ni zdelo dobro z njima vzeti tistega, ki je iz Pamfilije odšel od njiju in z njima ni odšel na delo.
39 तब त्यहाँ कडा असहमति उत्पन्न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
Spor med njima pa je bil tako oster, da sta se ločila narazen drug od drugega. In tako je Barnaba vzel Marka ter odjadral na Ciper,
40 तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।
Pavel pa je izbral Sila in odšel, od bratov priporočen Božji milosti.
41 र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
In odšel je skozi Sirijo in Kilikijo in krepil cerkve.