< प्रेरित 15 >

1 यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न ।”
Anthu ena ochokera ku Yudeya anafika ku Antiokeya ndipo amaphunzitsa abale kuti, “Ngati simuchita mdulidwe potsata mwambo wa Mose, simungapulumuke.”
2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
Zimenezi zinachititsa Paulo ndi Barnaba kuti atsutsane nawo kwambiri. Kotero Paulo ndi Barnaba anasankhidwa pamodzi ndi abale ena kuti apite ku Yerusalemu kukaonana ndi atumwi ndi akulu ampingo kukakambirana za nkhaniyi.
3 त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
Mpingo unawaperekeza, ndipo pamene amadutsa ku Foinike ndi Samariya, iwo anafotokoza momwe a mitundu ina anatembenukira mtima. Nkhani imeneyi inakondweretsa kwambiri abale onse.
4 जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
Atafika ku Yerusalemu, iwo analandiridwa ndi mpingo, pamodzi ndi atumwi ndiponso akulu ampingo. Paulo ndi Barnaba anawafotokozera zonse zimene Mulungu anachita kudzera mwa iwo.
5 फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
Kenaka, okhulupirira ena amene kale anali a gulu la Afarisi anayimirira ndipo anati, “Anthu a mitundu ina ayenera kuchita mdulidwe ndi kusunga malamulo a Mose.”
6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
Atumwi ndi akulu ampingo anasonkhana kuti akambirane za nkhaniyi.
7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।
Atakambirana kwambiri Petro anayimirira, ndipo anawayankhula nati: “Abale, mukudziwa kuti masiku oyambirira Mulungu anandisankha ine pakati panu kuti anthu a mitundu ina amve kuchokera pakamwa panga mawu a Uthenga Wabwino ndi kukhulupirira.
8 मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
Mulungu amene amadziwa mtima wa munthu, Iye anaonetsa kuti anawalandira powapatsa Mzimu Woyera, monga momwe anachita kwa ife.
9 विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
Iye sanasiyanitse pakati pa ife ndi iwo, pakuti anayeretsa mitima yawo mwachikhulupiriro.
10 अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ?
Tsopano, chifukwa chiyani mukuyesa Mulungu poyika goli mʼkhosi la ophunzira, limene ngakhale ife kapena makolo athu sangathe kulisenza?
11 तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
Osatero! Ife tikukhulupirira kuti tinapulumutsidwa mwachisomo cha Ambuye athu Yesu Khristu, monga iwonso anachitira.”
12 तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिह्न र आश्‍चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्‍यो ।
Gulu lonse linakhala chete pamene amamvetsera Barnaba ndi Paulo akuwawuza za zizindikiro zodabwitsa zimene Mulungu anazichita pakati pa anthu a mitundu ina kudzera mwa iwo.
13 तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।
Iwo atatha kuyankhula, Yakobo anayankhula nati: “Abale, tandimverani.
14 परमेश्‍वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्‍टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।
Simoni watifotokozera mmene Mulungu poyamba paja anaonetsa kukhudzidwa kwake pomwe anatenga anthu a mitundu ina kukhala ake.
15 यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
Mawu a aneneri akuvomereza zimenezi, monga kwalembedwa kuti,
16 यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।
“‘Zitatha izi Ine ndidzabwerera ndipo ndidzamanganso nyumba ya Davide imene inagwa. Ndidzakonzanso malo amene anagumuka, ndi kuyimanganso,
17 ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्‍न सकून्।
kuti anthu otsalawo afunefune Ambuye, ndi anthu onse a mitundu ina amene atchedwa ndi dzina langa, akutero Ambuye, amene amachita zinthu zimenezi
18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ । (aiōn g165)
zinaululidwa kuyambira kalekale.’ (aiōn g165)
19 त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
“Chifukwa chake, ine ndikuweruza kuti tisamavute anthu a mitundu ina amene atembenuka mtima kutsata Mulungu.
20 तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।
Koma tiwalembere iwo, kuwawuza kuti asadye chakudya choperekedwa kwa mafano, apewenso dama, asadyenso nyama zochita kupotola kapena kudya magazi.
21 किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”
Pakuti malamulo a Mose akhala akulalikidwa mu mzinda uliwonse, kuyambira kalekale ndipo amawerengedwa mʼMasunagoge tsiku la Sabata.”
22 त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
Pamenepo atumwi ndi akulu ampingo, pamodzi ndi mpingo onse, anagwirizana zosankha anthu ena pakati pawo kuti awatume ku Antiokeya pamodzi ndi Paulo ndi Bamaba. Iwo anasankha Yudasi, wotchedwa Barsaba ndi Sila, anthu awiri amene anali atsogoleri pakati pa abale,
23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
kuti akapereke kalata yonena kuti, Kuchokera kwa atumwi ndi akulu ampingo, abale anu, Kwa anthu a mitundu ina okhulupirira a ku Antiokeya, Siriya ndi Kilikiya: Tikupereka moni.
24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु: खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
Ife tamva kuti anthu ena ochokera pakati pathu, amene sitinawatume anakusokonezani maganizo ndi kukuvutitsani ndi zimene amakuwuzani.
25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।
Tsono ife tagwirizana kuti, tisankhe anthu ena ndi kuwatumiza kwa inu pamodzi ndi abale athu okondedwa Paulo ndi Barnaba,
26 यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
anthu amene anapereka moyo wawo chifukwa cha dzina la Ambuye athu Yesu Khristu.
27 त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।
Nʼchifukwa chake, tikutumiza Yudasi ndi Sila kuti adzachitire umboni ndi mawu a pakamwa pawo za zimene ife talemba.
28 किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
Pakuti zinakomera Mzimu Woyera ndiponso ife kuti tisakusenzetseni katundu wina, kupatula zoyenera zokhazi:
29 तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
Mupewe kudya chakudya choperekedwa nsembe kwa mafano, musadye magazi, kapena nyama yopha mopotola ndiponso musachite dama. Mudzachita bwino mukapewa zimenezi. Tsalani bwino.
30 जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए ।
Anthu aja anatumidwa ndipo anafika ku Antiokeya, kumene anasonkhanitsa mpingo pamodzi napereka kalatayo.
31 जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।
Anthuwo anawerenga kalatayo ndipo abalewo anakondwa chifukwa cha mawu ake achirimbikitso.
32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
Yudasi ndi Sila amene analinso aneneri, ananena zambiri zowalimbikitsa ndi kuwapatsa mphamvu abalewo.
33 उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।
Atakhala kumeneko kwa kanthawi, abale aja anatsanzikana nawo mwamtendere kuti abwerere kwa amene anawatuma.
34 (टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५:४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
Koma Sila anasankha kuti akhale komweko.
35 तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।
Koma Paulo ndi Barnaba anatsalira ku Antiokeya kumene iwo pamodzi ndi ena ambiri anaphunzitsa ndi kulalikira Mawu a Ambuye.
36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।
Patapita masiku ena Paulo anati kwa Barnaba, “Tiyeni tibwerere kuti tikaone abale ku mizinda yonse imene tinalalika Mawu a Ambuye ndipo tikaone mmene akuchitira.”
37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
Barnaba anafuna kutenga Yohane, wotchedwanso Marko, kuti apite nawo.
38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
Koma Paulo anaganiza kuti sichinali cha nzeru kumutenga Yohane chifukwa iye anawathawa ku Pamfiliya ndipo sanapitirire nawo pa ntchito.
39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
Iwo anatsutsana kwambiri kotero kuti anapatukana. Barnaba anatenga Marko ndipo anakwera sitima ya pamadzi kupita ku Kupro.
40 तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।
Paulo anasankha Sila. Abale atawapempherera kwa Ambuye kuti alandire chisomo, ananyamuka.
41 र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
Iye anadutsa ku Siriya ndi ku Kilikiya kupita akulimbikitsa mipingo.

< प्रेरित 15 >