< प्रेरित 14 >

1 आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्‍वास गरे ।
I Ikonium skjedde det da at de sammen gikk inn i jødenes synagoge og talte således at en stor mengde både av jøder og av grekere kom til troen.
2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।
Men de jøder som ikke vilde tro, opegget hedningenes sinn og satte ondt i dem mot brødrene.
3 त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
De blev nu en lang tid der og talte frimodig i Herren, som gav sitt nådesord vidnesbyrd, idet han lot tegn og under skje ved deres hender.
4 तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।
Og mengden i byen delte sig; nogen holdt med jødene, andre med apostlene.
5 जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे,
Men da nu både hedningene og jødene med deres styresmenn stormet frem og vilde mishandle dem og stene dem,
6 यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
og de merket dette, flydde de til byene i Lykaonia, Lystra og Derbe, og landet deromkring,
7 र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।
og forkynte evangeliet der.
8 लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।
Og i Lystra satt det en mann som ikke hadde makt i føttene, da han var vanfør fra mors liv av, og som aldri hadde kunnet gå.
9 पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे ।
Han hørte Paulus tale; denne så skarpt på ham, og da han så at han hadde tro til å bli helbredet, sa han med høi røst:
10 यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
Reis dig og stå oprett på dine føtter! Og han sprang op og gikk omkring.
11 जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
Men da folket så det som Paulus hadde gjort, ropte de med høi røst på lykaonisk og sa: Gudene er blitt mennesker lik og er kommet ned til oss.
12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।
Og de kalte Barnabas Jupiter og Paulus Merkur, fordi han var den som førte ordet.
13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
Og presten ved det Jupitertempel som var utenfor byen, kom til porten med okser og kranser og vilde ofre sammen med folket.
14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
Men da apostlene Barnabas og Paulus hørte dette, sønderrev de sine klær og sprang ut til hopen
15 र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
og ropte: I menn! hvad er det I gjør? Også vi er mennesker under samme vilkår som I, og vi forkynner eder evangeliet at I skal vende eder bort fra disse falske guder til den levende Gud, han som gjorde himmelen og jorden og havet og alt som i dem er,
16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।
han som i de fremfarne tider lot alle hedningefolkene vandre sine egne veier,
17 तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’
enda han ikke lot sig uten vidnesbyrd, idet han gjorde godt, gav eder regn og fruktbare tider fra himmelen, og mettet eders hjerter med føde og glede.
18 यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
Og ved å si dette fikk de med nød og neppe hindret folket fra å ofre til dem.
19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
Men det kom jøder til fra Antiokia og Ikonium og overtalte folket, og de stenet Paulus og slepte ham utenfor byen, da de trodde at han var død;
20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
men mens disiplene flokket sig omkring ham, stod han op og gikk inn i byen. Den næste dag drog han med Barnabas avsted til Derbe.
21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
Og efterat de hadde forkynt evangeliet der i byen og gjort mange disipler, vendte de tilbake til Lystra og Ikonium og Antiokia,
22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
idet de styrket disiplenes sjeler og formante dem til å holde fast ved troen og sa: Vi må gå inn i Guds rike gjennem mange trengsler.
23 जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
Og efterat de hadde valgt eldste for dem i hver menighet, overgav de dem med bønn og faste til den Herre som de hadde satt sin tro til.
24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
Efterat de så hadde draget igjennem Pisidia, kom de til Pamfylia,
25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
og da de hadde talt ordet i Perge, drog de ned til Attalia,
26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
og seilte derfra til Antiokia, det sted hvor de var blitt overgitt til Guds nåde for å gjøre den gjerning som de nu hadde fullført.
27 तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।
Da de nu kom dit, samlet de menigheten og fortalte hvor store ting Gud hadde gjort ved dem, og at han hadde åpnet troens dør for hedningene.
28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।
Og så blev de en ikke så kort tid hos disiplene.

< प्रेरित 14 >