< प्रेरित 12 >

1 त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले ।
当时君王希律开始迫害教会成员。
2 उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।
他用剑处决了约翰的哥哥雅各,
3 त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो ।
由于此举受到了犹太人的支持,于是他又在除酵节期间捉拿彼得。
4 उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।
他们逮捕了彼得后将其投入监牢,由四班士兵看守,每班四个人。君王希律打算逾越节过后,就对他进行公审。
5 त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए ।
彼得在监牢期间,教会开始为他虔诚地祈求上帝。
6 हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।
就在希律打算将他公审的前一夜,彼得被安排睡在两名士兵中间,手腕上的两条锁链分别与两人栓在一起,还有卫兵守在门前。
7 तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे ।
忽然,一名天使出现,光芒照亮了牢房。天使将彼得唤醒,说:“快点!起来吧!”于是彼得手上的锁链就脱落了。
8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’
天使对他说:“穿上衣服和鞋!”彼得照做了。天使又对他说:“披上外衣,跟我走!”
9 त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे।
于是彼得就跟着天使走出去,但他只是以为看到了异象,没有意识到天使所做的一切都在真实发生。
10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।
他们经过第一队和第二队守卫,来到通往城内的铁门,门便自动给他们打开。他们出来后沿着街道行走,天使忽然就离开了。
11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।”
彼得这时候才明白,说:“现在我知道怎么回事了!主派天使将我从希律的权势中拯救出来,让我躲过犹太人的阴谋。”
12 उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।
明白这一切,他就到约翰(又名马可)的母亲玛利亚家中,很多信徒聚在那里祷告。
13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् ।
彼得敲了敲大门,一位名叫罗大的侍女出来准备开门。
14 जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् ।
但认出是彼得的声音后,她兴奋的顾不上开门就跑进屋,大声喊:“彼得就在门外!。”
15 त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”
大家说:“你疯了!”她却坚持地说这是真的。他们说:“那一定是他的天使!”
16 तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।
彼得继续敲门,他们最终打开了门,一见是他,非常惊讶。
17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनले त्यो ठाउँ छाडे र अर्को ठाउँतिर गए ।
彼得向他们举起手示意安静,然后对他们解释主如何带他走出监牢。他又说:“把这事告诉雅各和众兄弟。”然后就离开去往别处了。
18 जब उज्यालो भयो, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन ।
天亮的时候,士兵们惊慌不已,不知彼得去了哪里。
19 हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे ।
希律开始四处搜索他,但始终没有找到。于是就审问卫兵,然后下令把他们处死。随后希律便离开犹太去往该撒利亚,在那里住下。
20 हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो ।
此刻的希律对推罗和西顿人充满了愤怒。这两个地方的人派了一个联合代表团来见他,设法拉拢了国王的个人助理伯拉斯。这个代表团希望向希律求和,因为这两地在粮食供应商都依赖希律的国家。
21 एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए ।
到了约定见面的日期,希律穿上国王的长袍,坐在王座上,向众人讲话。
22 मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।”
人群中有人大声说:“这是上帝的声音,不是人的声音!”
23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
但由于他没有将荣耀归于上帝,主的使者将他击倒。 他被虫吃掉了,死了。
24 तर परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।
但上帝之道却开始传播,信徒的数量越来越多。
25 शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।
巴拿巴和扫罗完成了送捐款的任务,就带着约翰(马克)从耶路撒冷返回。

< प्रेरित 12 >