< प्रेरित 11 >
1 अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका थिए भन्ने सुने ।
Now the apostles and the brothers who were in Judea heard that the Gentiles had also received the word of God.
2 जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनकोको आलोचना गरे ।
So when Peter came up to Jerusalem, those of the circumcision faction began disputing with him,
3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्नुभयो र तिनीहरूसँग खानुभयो ।”
saying, “Yoʋ went into the house of uncircumcised men and ate with them!”
4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः
But Peter began to explain the situation to them, step by step, saying,
5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो ।
“I was praying in the city of Joppa, and in a trance I saw a vision of an object like a large sheet coming down, being lowered from heaven by its four corners, and it came to me.
6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ।
As I stared at it, I looked closely and saw four-footed animals of the earth, as well as wild beasts, reptiles, and birds of the sky.
7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, “पत्रुस उठ अनि तिनीहरूलाई मारे र खाऊ ।”
Then I heard a voice saying to me, ‘Rise, Peter, kill and eat.’
8 मैले भने, “प्रभु, यसो होइन, किनभने अहिलेसम्म अपवित्र र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन् ।”
But I said, ‘Surely not, Lord! For nothing defiled or unclean has ever entered my mouth.’
9 तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’
The voice from heaven responded to me a second time: ‘Do not regard as defiled what God has made clean.’
10 यो तिन पल्टसम्म भयो, त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो ।
This happened three times, and then everything was drawn up again into heaven.
11 हेर्नुहोस्, हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो ।
And behold, at that very moment three men arrived at the house where I was; they had been sent to me from Caesarea.
12 पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।
The Spirit told me to go with them without any misgivings. These six brothers also went with me, and we went into the man's house.
13 उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।
He told us how he had seen an angel standing in his house and saying to him, ‘Send men to Joppa and have them bring back Simon, who is called Peter;
14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”
he will speak a message to yoʋ by which yoʋ will be saved, yoʋ and yoʋr entire household.’
15 जब म तिनिहरूसँग बोल्न थालेँ, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो ।
As I began to speak, the Holy Spirit fell upon them, just as he had fallen upon us at the beginning.
16 कसरी उहाँले भन्नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्नाले पानीले बप्तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।’’
Then I remembered what the Lord had said: ‘John baptized with water, but you will be baptized with the Holy Spirit.’
17 हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्वरको विरोध गर्ने म को थिएँ र?’’’
If then God gave them the same gift that he gave us when we believed in the Lord Jesus Christ, how could I stand in God's way?”
18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, ‘‘परमेश्वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएको छ ।’’
When the apostles and brothers heard this, they ceased their objections and began glorifying God, saying, “Then to the Gentiles also God has granted the repentance that leads to life.”
19 त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्ट भोगिरहेका विश्वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए ।
Now those who had been scattered because of the persecution that arose over Stephen traveled as far as Phoenicia, Cyprus, and Antioch, speaking the word to no one except Jews.
20 तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।
But there were some Cypriot and Cyrenian men among them who went to Antioch and began speaking to the Hellenists, preaching the good news about the Lord Jesus.
21 र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्वास गरे र प्रभुतिर फर्के ।
The hand of the Lord was with them, and a large number of people believed and turned to the Lord.
22 तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।
News of this reached the ears of the church in Jerusalem, and they sent Barnabas out to go to Antioch.
23 जब उनी आए र परमेश्वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।
When he arrived and saw the grace of God, he rejoiced and began exhorting all the believers to remain true to the Lord with resolute hearts.
24 बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्वासमा परिपक्व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।
For he was a good man, full of the Holy Spirit and faith, and a large number of people were added to the Lord.
25 तब बारनाबास शाऊललाई खोज्नका निम्ति टार्ससतिर गए ।
Then Barnabas went to Tarsus to look for Saul.
26 जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पुरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्टियान भनियो ।
When he found him, he brought him to Antioch. So for an entire year they met with the church and taught a large number of people, and it was in Antioch that the disciples were first called Christians.
27 अब यी दिनहरूमा केही अगमवक्ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।
In those days some prophets came down to Antioch from Jerusalem.
28 तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।
One of them, named Agabus, stood up and indicated by the Spirit that a severe famine was about to come upon the entire world (which indeed took place in the time of Claudius Caesar).
29 त्यसैले सक्ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे ।
So the disciples, each according to his own ability, determined to send relief to the brothers who dwelt in Judea.
30 तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।
This they did, sending it to the elders by the hands of Barnabas and Saul.