< प्रेरित 10 >
1 कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए ।
At Caesarea there was a man named Cornelius, a centurion in what was called the Italian Regiment.
2 तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
He and all his household were devout and God-fearing. He gave generously to the people and prayed to God regularly.
3 दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस”
One day at about the ninth hour, he had a clear vision of an angel of God who came to him and said, “Cornelius!”
4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् ।
Cornelius stared at him in fear and asked, “What is it, Lord?” The angel answered, “Your prayers and gifts to the poor have ascended as a memorial offering before God.
5 पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।
Now send men to Joppa to call for a man named Simon who is called Peter.
6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
He is staying with Simon the tanner, whose house is by the sea.”
7 आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए ।
When the angel who spoke to him had gone, Cornelius called two of his servants and a devout soldier from among his attendants.
8 कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।
He explained what had happened and sent them to Joppa.
9 भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
The next day at about the sixth hour, as the men were approaching the city on their journey, Peter went up on the roof to pray.
10 तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
He became hungry and wanted something to eat, but while the meal was being prepared, he fell into a trance.
11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो थियो ।
He saw heaven open and something like a large sheet being let down to earth by its four corners.
12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।
It contained all kinds of four-footed animals and reptiles of the earth, as well as birds of the air.
13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”
Then a voice said to him: “Get up, Peter, kill and eat!”
14 तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
“No, Lord!” Peter answered. “I have never eaten anything impure or unclean.”
15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”
The voice spoke to him a second time: “Do not call anything impure that God has made clean.”
16 तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।
This happened three times, and all at once the sheet was taken back up into heaven.
17 आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।
While Peter was puzzling over the meaning of the vision, the men sent by Cornelius found Simon’s house and approached the gate.
18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।
They called out to ask if Simon called Peter was staying there.
19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
As Peter continued to reflect on the vision, the Spirit said to him, “Behold, three men are looking for you.
20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
So get up! Go downstairs and accompany them without hesitation, because I have sent them.”
21 त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”
So Peter went down to the men and said, “Here am I, the one you are looking for. Why have you come?”
22 तिनीहरूले भने, “परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।”
“Cornelius the centurion has sent us,” they said. “He is a righteous and God-fearing man with a good reputation among the whole Jewish nation. A holy angel instructed him to request your presence in his home so he could hear a message from you.”
23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
So Peter invited them in as his guests. And the next day he got ready and went with them, accompanied by some of the brothers from Joppa.
24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
The following day he arrived in Caesarea, where Cornelius was expecting them and had called together his relatives and close friends.
25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।
As Peter was about to enter, Cornelius met him and fell at his feet to worship him.
26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।”
But Peter helped him up. “Stand up,” he said, “I am only a man myself.”
27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
As Peter talked with him, he went inside and found many people gathered together.
28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनुभएको छ ।
He said to them, “You know how unlawful it is for a Jew to associate with a foreigner or visit him. But God has shown me that I should not call any man impure or unclean.
29 त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको?”
So when I was invited, I came without objection. I ask, then, why have you sent for me?”
30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
Cornelius answered: “Four days ago I was in my house praying at this, the ninth hour. Suddenly a man in radiant clothing stood before me
31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
and said, ‘Cornelius, your prayer has been heard, and your gifts to the poor have been remembered before God.
32 त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
Therefore send to Joppa for Simon, who is called Peter. He is a guest in the home of Simon the tanner, by the sea.’
33 त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै यहाँ परमेश्वरको उपस्थितिमा छौँ ।”
So I sent for you immediately, and you were kind enough to come. Now then, we are all here in the presence of God to listen to everything the Lord has instructed you to tell us.”
34 तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न ।
Then Peter began to speak: “I now truly understand that God does not show favoritism,
35 बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
but welcomes those from every nation who fear Him and do what is right.
36 परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
He has sent this message to the people of Israel, proclaiming the gospel of peace through Jesus Christ, who is Lord of all.
37 यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
You yourselves know what has happened throughout Judea, beginning in Galilee with the baptism that John proclaimed:
38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
how God anointed Jesus of Nazareth with the Holy Spirit and with power, and how Jesus went around doing good and healing all who were oppressed by the devil, because God was with Him.
39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
We are witnesses of all that He did, both in the land of the Jews and in Jerusalem. And although they put Him to death by hanging Him on a tree,
40 परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
God raised Him up on the third day and caused Him to be seen—
41 सबैकहाँ होइन तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
not by all the people, but by the witnesses God had chosen beforehand, by us who ate and drank with Him after He rose from the dead.
42 परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
And He commanded us to preach to the people and to testify that He is the One appointed by God to judge the living and the dead.
43 सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
All the prophets testify about Him that everyone who believes in Him receives forgiveness of sins through His name.”
44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
While Peter was still speaking these words, the Holy Spirit fell upon all who heard his message.
45 पत्रुससँगै आएका यहूदी विश्वासीहरू छक्क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।
All the circumcised believers who had accompanied Peter were astounded that the gift of the Holy Spirit had been poured out even on the Gentiles.
46 किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
For they heard them speaking in tongues and exalting God. Then Peter said,
47 “हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ?”
“Can anyone withhold the water to baptize these people? They have received the Holy Spirit just as we have!”
48 तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू भन्ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे ।
So he ordered that they be baptized in the name of Jesus Christ. Then they asked him to stay for a few days.