< ३ यूहन्ना 1 >
1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु ।
Yo, un anciano en la iglesia, escribo al buen amado Gayo, a quien amo en verdad.
2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्नति गर र स्वस्थ्य होओ ।
Amado, es mi oración que seas prosperado en todas las cosas y seas saludable en tu cuerpo, así como tu alma prospera.
3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।
Porque me alegró mucho cuando vinieron algunos de los hermanos y dieron testimonio de tu verdad, que te mantienes fiel a la verdad.
4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।
No tengo mayor alegría que está, tener noticias de que mis hijos están caminando en la verdad.
5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्वासयोग्यताको अभ्यास गर्छौ,
Amado, estás haciendo un buen trabajo al ser amable con los hermanos, especialmente a los que vienen de otros lugares;
6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,
Que han dado testimonio a la iglesia de tu amor por ellos; y harás bien en enviarlos en su camino bien atendidos, como es justo para los siervos de Dios;
7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।
Porque salieron por amor del Nombre de Él, sin tomar nada de los gentiles.
8 त्यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्न सकौँ ।
Así que es correcto que tomemos a tales hombres como invitados, para que podamos tomar nuestra parte en el trabajo de la fe verdadera.
9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन ।
Envié una carta a la iglesia, pero Diótrefes, cuyo deseo es siempre tener el primer lugar entre ellos, no nos recibe.
10 यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।
Así que si voy, tendré en cuenta las cosas que hace, hablando contra nosotros con malas palabras; y como si esto no fuera suficiente, no lleva a los hermanos a su casa, y los que están listos para recibirlos, les evita hacerlo, sacándolos de la iglesia si lo hacen.
11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्वरको हो; जसले दुष्ट कर्म गर्छ त्यसले परमेश्वरलाई देखेको छैन ।
Amado, no copie lo que es malo, sino lo que es bueno. El que hace lo bueno es de Dios; el que hace lo malo no ha visto a Dios.
12 डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।
Demetrio tiene la aprobación de todos los hombres y de lo que es verdadero, y damos el mismo testimonio, y ustedes saben que nuestro testimonio es verdadero.
13 मैले तिमीलाई लेख्नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्ने इच्छा गर्दिनँ ।
Tenía mucho para decirte, pero no es mi intención dejarlo todo con tinta y pluma;
14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ । तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।
Pero espero verte en un corto tiempo y hablar contigo cara a cara. La paz sea contigo. Tus amigos aquí te envían saludos. Dale mis saludos a nuestros amigos por su nombre.