< ३ यूहन्‍ना 1 >

1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु ।
Starejšimi Gaju ljubljenemu, katerega jaz ljubim v resnici.
2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ्य होओ ।
Ljubljeni, v vsem želim, da se ti naj dobro godi in bodeš zdrav, kakor se dobro godi duši tvoji.
3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।
Kajti veselil sem se močno, ko so prišli bratje in so pričali za resnico tvojo, kakor ti živiš v resnici.
4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।
Večjega veselja nimam od tega, da čujem, da otroci moji živé v resnici.
5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,
Ljubljeni, zvesto ravnaš v tem, kar delaš za brate in za tujce,
6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,
Kateri so pričali za ljubezen tvojo pred občino; in dobro bodeš storil, če jih spremljaš kakor je vredno Boga.
7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।
Kajti zaradi imena njegovega zo izšli, ničesa ne jemajoč od poganov;
8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।
Mi torej smo dolžni sprejemati take, da postanemo sodelalci resnici.
9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन ।
Pisal sem občini; ali Dijotrefej, ki hoče prvakovati med njimi, nas ne sprejme.
10 यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।
Zato, če pridem, opomnim ga del njegovih, ki jih dela, s hudobnimi besedami blebetajoč zoper nas; in ne zadovoljen s tem, ne samo sam ne sprejema bratov, temuč tudi njim, ki hočejo, brani in jih iz občine meče.
11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्‍वरको हो; जसले दुष्‍ट कर्म गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन ।
Ljubljeni, ne posnemaj slabega, nego dobro. Kdor dobro dela, je iz Boga; kdor pa slabo dela, ni videl Boga.
12 डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।
Demetriju so pričali vsi in sama resnica; in tudi mi pričamo, in veste, da je pričanje naše resnično.
13 मैले तिमीलाई लेख्‍नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ ।
Mnogo sem imel pisati, ali nočem ti pisati s črnilom in peresom;
14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ । तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।
Upam pa videti te skoraj, in govorila bodeva iz ust do ust. Mir ti! Pozdravljajo te prijatelji. Pozdravi prijatelje po imenu.

< ३ यूहन्‍ना 1 >