< २ तिमोथी 1 >

1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल,
Pavel apostelj Jezusa Kristusa po volji Božji za obljubo življenja v Kristusu Jezusu,
2 मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति ।
Timoteju otroku ljubljenemu: milost, usmiljenje, mir od Boga očeta in Kristusa Jezusa Gospoda našega.
3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु ।
Hvaležen sem Bogu, kateremu služim od pradedov v čisti vesti, ker te imam neprestano v spominu v molitvah svojih ponoči in podnevi,
4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
Hrepeneč videti te, spominjajoč se solz tvojih, da se napolnim veselja;
5 सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु ।
Ker imam v mislih nelicemersko vero tvojo, katera je bivala najprej v babici tvoji Lojidi in materi tvoji Evniki, preverjen sem pa, da tudi v tebi.
6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार ।
Zaradi tega opominjam te, da upihaš blagodar Božji, kateri je v tebi po rók mojih pokladanji.
7 परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ ।
Kajti Bog nam ni dal duha boječnosti, nego moči in ljubezni in strahovanja.
8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,
Ne sramuj se torej pričanja Gospoda našega, ne mene, jetnika njegovega; nego z evangeljem vred trpi po moči Boga,
9 जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । (aiōnios g166)
Kateri je nas rešil in poklical sè svetim poklicem: ne po delih naših, nego po svojem sklepu in milosti, dani nam v Kristusu Jezusu pred večnimi časi; (aiōnios g166)
10 तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।
A razodeti sedaj po prihodu rešitelja našega Jezusa Kristusa, kateri je uničil smrt in obelodanil življenje in neminljivost po evangelji,
11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु ।
Za katerega sem bil jaz postavljen za glásnika in aposteljna in učitelja poganov;
12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।
Za tega delj tudi to trpim; toda ni me sram; vem namreč, v koga imam zaupanje, in preverjen sem, da je zmožen hraniti zalogo mojo za tisti dan.
13 ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर ।
Zgled imej zdravih beséd, katere si slišal od mene, v veri in ljubezni, ki je v Kristusu Jezusu.
14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
Dobro zalogo hrani po Duhu svetem, bivajočem v nas.
15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् ।
To veš, da so se odvrnili od mene vsi v Aziji, med katerimi je Figél in Hermogén.
16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।
Usmiljenje daj Gospod hiši Oneziforovi, ker me je mnogokrat oživil in se ni sramoval spon mojih,
17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।
Nego, ko je bil v Rimu, iskal me je z večjo gorečnostjo in našel.
18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
Gospod mu daj usmiljenje najti od Gospoda tisti dan. In koliko je služboval v Efezu, sam bolje veš.

< २ तिमोथी 1 >