< २ तिमोथी 4 >
1 परमेश्वर र येशू ख्रीष्टको सामने जसले जिउँदा र मरेकाहरूको न्याय गर्न लाग्नुभएको छ, र उहाँको प्रकटीकरण र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्छुः
Pamaso pa Mulungu ndi pamaso pa Khristu Yesu, amene adzaweruza amoyo ndi akufa omwe pamene adzaonekera ndi ufumu wake, ndikukulamula kuti:
2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
Lalikira Mawu; khala wokonzeka pa nthawi yake, ngakhale pamene si pa nthawi yake. Konza zolakwa zawo, dzudzula ndipo limbikitsa moleza mtima kwambiri ndi malangizo osamalitsa.
3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् ।
Pakuti idzafika nthawi imene anthu adzakana chiphunzitso choona. Mʼmalo mwake, chifukwa chokhumba kumva zowakomera zokha, adzasonkhanitsa aphunzitsi ambiri omawawuza zimene iwo akufuna kumva.
4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् ।
Sadzafuna kumva choona koma adzafuna kumva nthano chabe.
5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
Koma iwe, khala tcheru nthawi zonse, pirira mʼzovuta, gwira ntchito ya mlaliki, gwira ntchito zonse za utumiki wako.
6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ ।
Pakuti moyo wanga wayamba kale kuthiridwa ngati nsembe, ndipo nthawi yakwana yoti ndinyamuke ulendo wanga.
7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्वासलाई जोगाइराखको छु ।
Ndamenya nkhondo yabwino, ndatsiriza bwino mpikisano wa liwiro ndipo ndasunga chikhulupiriro.
8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्ने सबैलाई ।
Tsopano mphotho yanga ikundidikira imene ndi chipewa cha chilungamo, imene Ambuye, woweruza wolungama, adzandipatsa pa tsiku lijalo, osati ine ndekha komanso onse amene akufunitsitsa kubwera kwake.
9 जतिसक्दो छिटो मकहाँ आऊ ।
Uyesetse kubwera kuno msanga.
10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तामान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गएका छन् भने तीतसचाहिँ दलमातियामा । (aiōn )
Paja Dema anandisiya chifukwa chokonda dziko lapansi lino, ndipo anapita ku Tesalonika. Kresike anapita ku Galatiya ndipo Tito anapita ku Dalimatiya. (aiōn )
11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् ।
Ndatsala ndi Luka yekha basi. Mutenge Marko ndipo ubwere naye kuno, chifukwa amandithandiza mu utumiki wanga.
12 तुखिकसलाई मैले एफिससमा पठाएको छु ।
Ndatumiza Tukiko ku Efeso.
13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।
Pobwera, unditengere chofunda pamwamba chimene ndinachisiya kwa Kupro ku Trowa. Unditengerenso mabuku anga, makamaka aja azikopawa.
14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ ।
Alekisandro, mmisiri wa zitsulo anandichitira zoyipa kwambiri. Ambuye adzamubwezera pa zimene anachita.
15 तिमी पनि त्यससँग होसियार होऊ, किनकि त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो ।
Iwenso ukhale naye tcheru chifukwa anatsutsa kwambiri uthenga wathu.
16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा यसो नभएको होस् ।
Podziteteza koyamba pa mlandu wanga, panalibe ndi mmodzi yemwe amene anandithandiza, koma aliyense anandithawa. Mulungu awakhululukire.
17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ ।
Koma Ambuye anayima nane limodzi, ndipo anandipatsa mphamvu, kuti kudzera mwa ine, uthenga ulalikidwe kwambiri, ndikuti anthu a mitundu ina amve. Ndipo ndinalanditsidwa mʼkamwa mwa mkango.
18 परमेश्वरले मलाई सबै दुष्ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन (aiōn )
Ambuye adzandilanditsa ku chilichonse chofuna kundichita choyipa ndipo adzandisamalira bwino mpaka kundilowetsa chonse mu ufumu wake wakumwamba. Kwa Iye kukhale ulemerero mpaka muyaya. (aiōn )
19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन सुनाइदेऊ ।
Pereka moni kwa Prisila ndi Akura pamodzi ndi banja lonse la Onesiforo.
20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ ।
Erasto anatsalira ku Korinto. Trofimo ndinamusiya akudwala ku Mileto.
21 हिउँद लाग्नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि ।
Uyesetse kubwera kuno nthawi yozizira isanafike. Eubulo akupereka moni, ndiponso Pude, Lino, Klaudiya ndi abale onse nawonso akupereka moni.
22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।
Ambuye akhale ndi mzimu wako. Chisomo chikhale ndi inu nonse.