< २ तिमोथी 3 >

1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
Али ово знај да ће у последње дане настати времена тешка.
2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र,
Јер ће људи постати саможиви, среброљупци, хвалише, поносити, хулници, непокорни родитељима, неблагодарни, неправедни, нељубавни,
3 स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने,
Непримирљиви, опадачи, неуздржници, бесни, недоброљубиви,
4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् ।
Издајници, нагли, надувени, који више маре за сласти него за Бога,
5 तिनीहरू भक्‍तिमय देखिनेछन्, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
Који имају обличје побожности, а силе су се њене одрекли. И ових се клони.
6 यी मानिसहरूमध्ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्‍न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधीनमा पार्छन ।
Јер су од ових они који се завлаче по кућама, и робе женице које су натоварене гресима и воде их различне жеље,
7 यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
Које се свагда уче, и никад не могу да дођу к познању истине.
8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्‍ट भएको छ, र तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन् ।
Као што се Јаније и Јамврије противише Мојсију, тако се и ови противе истини, људи изопаченог ума, невешти у вери.
9 यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
Али неће дуго напредовати; јер ће њихово безумље постати јавно пред свима, као и оних што поста.
10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,
А ти си се угледао на моју науку, живљење, намеру, веру, сношење, љубав, трпљење,
11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
Протеривања, страдања, каква ми се догодише у Антиохији, и у Иконији, и у Листри, каква протеривања поднесох, и од свих ме избави Господ.
12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
А и сви који побожно хоће да живе у Христу Исусу, биће гоњени.
13 दुष्‍ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन् ।
А зли људи и варалице напредоваће на горе, варајући и варајући се.
14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
Али ти стој у томе што си научио и што ти је поверено, знајући од кога си се научио,
15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
И будући да из малена умеш света писма, која те могу умудрити на спасење у Христу Исусу.
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
Све је писмо од Бога дано, и корисно за учење, за карање, за поправљање, за поучавање у правди,
17 ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
Да буде савршен човек Божји, за свако добро дело приправљен.

< २ तिमोथी 3 >