< २ तिमोथी 3 >
1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
ཙརམདིནེཥུ ཀླེཤཛནཀཱཿ སམཡཱ ཨུཔསྠཱསྱནྟཱིཏི ཛཱནཱིཧི།
2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्ने, कृतघ्न, अपवित्र,
ཡཏསྟཱཏྐཱལིཀཱ ལོཀཱ ཨཱཏྨཔྲེམིཎོ ྅རྠཔྲེམིཎ ཨཱཏྨཤླཱགྷིནོ ྅བྷིམཱནིནོ ནིནྡཀཱཿ པིཏྲོརནཱཛྙཱགྲཱཧིཎཿ ཀྲྀཏགྷྣཱ ཨཔཝིཏྲཱཿ
3 स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्ने, विद्रोही, असल नरुचाउने,
པྲཱིཏིཝརྫིཏཱ ཨསནྡྷེཡཱ མྲྀཥཱཔཝཱདིནོ ྅ཛིཏེནྡྲིཡཱཿ པྲཙཎྜཱ བྷདྲདྭེཥིཎོ
4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् ।
ཝིཤྭཱསགྷཱཏཀཱ དུཿསཱཧསིནོ དརྤདྷྨཱཏཱ ཨཱིཤྭརཱཔྲེམིཎཿ ཀིནྟུ སུཁཔྲེམིཎོ
5 तिनीहरू भक्तिमय देखिनेछन्, तर यसको शक्तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
བྷཀྟཝེཤཱཿ ཀིནྟྭསྭཱིཀྲྀཏབྷཀྟིགུཎཱ བྷཝིཥྱནྟི; ཨེཏཱདྲྀཤཱནཱཾ ལོཀཱནཱཾ སཾམརྒཾ པརིཏྱཛ།
6 यी मानिसहरूमध्ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्त्रीहरूलाई अधीनमा पार्छन ।
ཡཏོ ཡེ ཛནཱཿ པྲཙྪནྣཾ གེཧཱན྄ པྲཝིཤནྟི པཱཔཻ རྦྷཱརགྲསྟཱ ནཱནཱཝིདྷཱབྷིལཱཥཻཤྩཱལིཏཱ ཡཱཿ ཀཱམིནྱོ
7 यी स्त्रीहरू सधैँ नयाँ कुरा सिक्न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
ནིཏྱཾ ཤིཀྵནྟེ ཀིནྟུ སཏྱམཏསྱ ཏཏྟྭཛྙཱནཾ པྲཱཔྟུཾ ཀདཱཙིཏ྄ ན ཤཀྣུཝནྟི ཏཱ དཱསཱིཝད྄ ཝཤཱིཀུཪྻྭཏེ ཙ ཏེ ཏཱདྲྀཤཱ ལོཀཱཿ།
8 जसरी यान्नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्ट भएको छ, र तिनीहरूले विश्वासलाई इन्कार गरेका छन् ।
ཡཱནྣི ཪྻཱམྦྲིཤྩ ཡཐཱ མཱུསམཾ པྲཏི ཝིཔཀྵཏྭམ྄ ཨཀུརུཏཱཾ ཏཐཻཝ བྷྲཥྚམནསོ ཝིཤྭཱསཝིཥཡེ ྅གྲཱཧྱཱཤྩཻཏེ ལོཀཱ ཨཔི སཏྱམཏཾ པྲཏི ཝིཔཀྵཏཱཾ ཀུཪྻྭནྟི།
9 यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
ཀིནྟུ ཏེ བཧུདཱུརམ྄ ཨགྲསརཱ ན བྷཝིཥྱནྟི ཡཏསྟཡོ རྨཱུཌྷཏཱ ཡདྭཏ྄ ཏདྭད྄ ཨེཏེཥཱམཔི མཱུཌྷཏཱ སཪྻྭདྲྀཤྱཱ བྷཝིཥྱཏི།
10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्वास, धैर्य धारण, प्रेम, सहनशक्ति,
མམོཔདེཤཿ ཤིཥྚཏཱབྷིཔྲཱཡོ ཝིཤྭཱསོ རྡྷཪྻྱཾ པྲེམ སཧིཥྞུཏོཔདྲཝཿ ཀླེཤཱ
11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
ཨཱནྟིཡཁིཡཱཡཱམ྄ ཨིཀནིཡེ ལཱུསྟྲཱཡཱཉྩ མཱཾ པྲཏི ཡདྱད྄ ཨགྷཊཏ ཡཱཾཤྩོཔདྲཝཱན྄ ཨཧམ྄ ཨསཧེ སཪྻྭམེཏཏ྄ ཏྭམ྄ ཨཝགཏོ྅སི ཀིནྟུ ཏཏྶཪྻྭཏཿ པྲབྷུ རྨཱམ྄ ཨུདྡྷྲྀཏཝཱན྄།
12 ख्रीष्ट येशूको भक्तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
པརནྟུ ཡཱཝནྟོ ལོཀཱཿ ཁྲཱིཥྚེན ཡཱིཤུནེཤྭརབྷཀྟིམ྄ ཨཱཙརིཏུམ྄ ཨིཙྪནྟི ཏེཥཱཾ སཪྻྭེཥཱམ྄ ཨུཔདྲཝོ བྷཝིཥྱཏི།
13 दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्ट पारिन्छन् ।
ཨཔརཾ པཱཔིཥྛཱཿ ཁལཱཤྩ ལོཀཱ བྷྲཱམྱནྟོ བྷྲམཡནྟཤྩོཏྟརོཏྟརཾ དུཥྚཏྭེན ཝརྡྡྷིཥྱནྟེ།
14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
ཀིནྟུ ཏྭཾ ཡད྄ ཡད྄ ཨཤིཀྵཐཱཿ, ཡཙྩ ཏྭཡི སམརྤིཏམ྄ ཨབྷཱུཏ྄ ཏསྨིན྄ ཨཝཏིཥྛ, ཡཏཿ ཀསྨཱཏ྄ ཤིཀྵཱཾ པྲཱཔྟོ྅སི ཏད྄ ཝེཏྶི;
15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
ཡཱནི ཙ དྷརྨྨཤཱསྟྲཱཎི ཁྲཱིཥྚེ ཡཱིཤཽ ཝིཤྭཱསེན པརིཏྲཱཎཔྲཱཔྟཡེ ཏྭཱཾ ཛྙཱནིནཾ ཀརྟྟུཾ ཤཀྣུཝནྟི ཏཱནི ཏྭཾ ཤཻཤཝཀཱལཱད྄ ཨཝགཏོ྅སི།
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
ཏཏ྄ སཪྻྭཾ ཤཱསྟྲམ྄ ཨཱིཤྭརསྱཱཏྨནཱ དཏྟཾ ཤིཀྵཱཡཻ དོཥབོདྷཱཡ ཤོདྷནཱཡ དྷརྨྨཝིནཡཱཡ ཙ ཕལཡཱུཀྟཾ བྷཝཏི
17 ताकि परमेश्वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
ཏེན ཙེཤྭརསྱ ལོཀོ ནིཔུཎཿ སཪྻྭསྨཻ སཏྐརྨྨཎེ སུསཛྫཤྩ བྷཝཏི།