< २ तिमोथी 2 >
1 त्यसैकारण, मेरा बालक, येशू ख्रीष्टमा भएको अनुग्रहमा बलियो होऊ ।
You therefore, my child, be strengthened in the grace that is in Christ Jesus.
2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
The things which you have heard from me among many witnesses, commit the same things to faithful men who will be able to teach others also.
3 येशू ख्रीष्टको असल सिपाहीझैँ मसँग कष्ट भोग ।
You therefore must endure hardship as a good soldier of Christ Jesus.
4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
No soldier on duty entangles himself in the affairs of life, that he may please him who enrolled him as a soldier.
5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्न सक्दैन ।
Also, if anyone competes in athletics, he isn’t crowned unless he has competed by the rules.
6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्त गर्नुपर्छ ।
The farmer who labors must be the first to get a share of the crops.
7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्वरले तिमीलाई सबै कुरामा समझशक्ति दिनुहुनेछ ।
Consider what I say, and may the Lord give you understanding in all things.
8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्टको सम्झना गर ।
Remember Jesus Christ, risen from the dead, of the offspring of David, according to my Good News,
9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्ट भोगेँ । तर परमेश्वरको वचन बन्धनमा परेको छैन ।
in which I suffer hardship to the point of chains as a criminal. But God’s word isn’t chained.
10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् । (aiōnios )
Therefore I endure all things for the chosen ones’ sake, that they also may obtain the salvation which is in Christ Jesus with eternal glory. (aiōnios )
11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।
This saying is trustworthy: “For if we died with him, we will also live with him.
12 हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
If we endure, we will also reign with him. If we deny him, he also will deny us.
13 हामी उहाँमा विश्वासयोग्य भएनौँ भने, उहाँ विश्वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न ।
If we are faithless, he remains faithful; for he can’t deny himself.”
14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्नेहरूलाई नोक्सान मात्र पुग्छ ।
Remind them of these things, charging them in the sight of the Lord that they don’t argue about words to no profit, to the subverting of those who hear.
15 सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्न गर ।
Give diligence to present yourself approved by God, a workman who doesn’t need to be ashamed, properly handling the Word of Truth.
16 भक्तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोर्याउँछ ।
But shun empty chatter, for it will go further in ungodliness,
17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।
and those words will consume like gangrene, of whom is Hymenaeus and Philetus:
18 ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्ये कतिको विश्वासलाई खल्बल्याइरहेका छन् ।
men who have erred concerning the truth, saying that the resurrection is already past, and overthrowing the faith of some.
19 तथापि यस छाप सहितको परमेश्वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।
However, God’s firm foundation stands, having this seal: “The Lord knows those who are his,” and, “Let every one who names the name of the Lord depart from unrighteousness.”
20 सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।
Now in a large house there are not only vessels of gold and of silver, but also of wood and of clay. Some are for honor and some for dishonor.
21 कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
If anyone therefore purges himself from these, he will be a vessel for honor, sanctified, and suitable for the master’s use, prepared for every good work.
22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्वास, प्रेम, शान्तिको खोजी गर ।
Flee from youthful lusts; but pursue righteousness, faith, love, and peace with those who call on the Lord out of a pure heart.
23 तर मूर्ख र अज्ञानी प्रश्नहरूले वादविवाद ल्याउँछन् भन्ने जानेर तिनबाट अलग बस ।
But refuse foolish and ignorant questionings, knowing that they generate strife.
24 परमेश्वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्दछ ।
The Lord’s servant must not quarrel, but be gentle toward all, able to teach, patient,
25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ ।
in gentleness correcting those who oppose him. Perhaps God may give them repentance leading to a full knowledge of the truth,
26 अनि दुष्टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।
and they may recover themselves out of the devil’s snare, having been taken captive by him to do his will.