< २ तिमोथी 2 >

1 त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।
You therefore, my child, be strengthened in the grace that is in Christ Jesus.
2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
The things you heard from me among many witnesses, entrust them to faithful people who will be able to teach others also.
3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग ।
Suffer hardship with me, as a good soldier of Christ Jesus.
4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
No soldier serves while entangled in the affairs of this life, so that he may please his superior officer.
5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन ।
Also, if someone competes as an athlete, he is not crowned unless he competes by the rules.
6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।
It is necessary that the hardworking farmer receive his share of the crops first.
7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।
Think about what I am saying, for the Lord will give you understanding in everything.
8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर ।
Remember Jesus Christ, from David's seed, who was raised from the dead. This is according to my gospel message,
9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।
for which I am suffering to the point of being bound with chains as a criminal. But the word of God is not bound.
10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् । (aiōnios g166)
Therefore I endure all things for those who are chosen, so that they also may obtain the salvation that is in Christ Jesus, with eternal glory. (aiōnios g166)
11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।
This is a trustworthy saying: “If we have died with him, we will also live with him.
12 हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
If we endure, we will also reign with him. If we deny him, he also will deny us.
13 हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।
if we are unfaithful, he remains faithful, for he cannot deny himself.”
14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ ।
Keep reminding them of these things. Warn them before God against quarreling about words; it is of no value, and only ruins those who listen.
15 सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।
Do your best to present yourself to God as one approved, a worker who has no reason to be ashamed, who accurately teaches the word of truth.
16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।
Avoid profane talk, which leads to more and more godlessness.
17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।
Their talk will spread like cancer. Among them are Hymenaeus and Philetus,
18 ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन् ।
who have gone astray from the truth. They say that the resurrection has already happened, and they destroy the faith of some.
19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।
However, the firm foundation of God stands. It has this inscription: “The Lord knows those who are his” and “Everyone who names the name of the Lord must depart from unrighteousness.”
20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।
In a wealthy home, there are not only containers of gold and silver. There are also containers of wood and clay. Some of these are for honorable use, and some for dishonorable.
21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
If someone cleans himself from dishonorable use, he is an honorable container. He is set apart, useful to the Master, and prepared for every good work.
22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर ।
Flee youthful lusts. Pursue righteousness, faith, love, and peace with those who call on the Lord out of a clean heart.
23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस ।
But refuse foolish and ignorant questions. You know that they give birth to arguments.
24 परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ ।
The Lord's servant must not quarrel. Instead he must be gentle toward all, able to teach, and patient.
25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।
He must in meekness educate those who oppose him. God may perhaps give them repentance for the knowledge of the truth.
26 अनि दुष्‍टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।
They may become sober again and leave the devil's trap, after they have been captured by him for his will.

< २ तिमोथी 2 >