< २ थेसलोनिकी 1 >
1 पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
Pāvils un Silvans un Timotejs Tesaloniķiešu draudzei iekš Dieva, mūsu Tēva, un iekš Tā Kunga Jēzus Kristus:
2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ।
Žēlastība lai ir jums un miers no Dieva, mūsu Tēva, un no Tā Kunga Jēzus Kristus.
3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
Mums pienākas Dievam vienmēr pateikties par jums, brāļi, tā kā tas ir pareizi, tādēļ ka jūsu ticība augumā aug un ka mīlestība jūsu starpā vairojās pie ikviena no jums;
4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
Tā ka mēs paši jūsu dēļ teicamies Dieva draudzēs par jūsu pastāvību un ticību iekš visām jūsu vajāšanām un iekš tām bēdām, ko jūs panesat, -
5 यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
Kas zīmējās uz Dieva taisno tiesu, ka jūs paliekat cienīgi, Dieva valstību mantot, par ko jūs arī ciešat.
6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो,
Tā ka tas ir pēc Dieva taisnības, jūsu bēdinātājiem atmaksāt ar bēdām,
7 र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
Un jums, kas topat apbēdināti, dot atvieglošanu līdz ar mums, kad Tas Kungs Jēzus parādīsies no debesīm ar Sava spēka eņģeļiem,
8 जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
Ar uguns liesmām sodīt tos, kas Dievu nepazīst un kas ir nepaklausīgi mūsu Kunga Jēzus Kristus evaņģēlijam.
9 तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्, (aiōnios )
Tie par sodību cietīs mūžīgu samaitāšanu no Tā Kunga vaiga un no Viņa spēka godības, (aiōnios )
10 तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
Kad Viņš nāks viņā dienā, lai taptu pagodināts iekš Saviem svētiem un apbrīnots iekš visiem tiem, kas ticējuši, (jo mūsu liecībai pie jums tapa ticēts.)
11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्वासको हरेक काम शक्तिद्वारा पुरा गरून् ।
Tādēļ mēs arī vienmēr lūdzam par jums, lai mūsu Dievs jūs dara cienīgus, ka dabūjat, uz ko esat aicināti, un lai Viņš jūs dara pilnīgus visā labā prātā un ticības darbā ar spēku;
12 हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
Lai mūsu Kunga Jēzus Kristus vārds top pagodināts iekš jums, un jūs iekš Viņa, pēc mūsu Dieva un Tā Kunga Jēzus Kristus žēlastības.