< २ थेसलोनिकी 3 >
1 अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो ।
Uostalom, molite, braćo, za nas da riječ Gospodnja trči i proslavlja se kao i u vas
2 र हामी दुष्ट र ईश्वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ, किनकि सबैसँग विश्वास छैन ।
i da se oslobodimo nezgodnih i opakih ljudi. Jer nemaju svi vjere!
3 तर हाम्रा प्रभु विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।
Ali, vjeran je Gospodin koji će nas učvrstiti i sačuvati od Zloga.
4 हामी तिमीहरूप्रति प्रभुमा विश्वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।
A uzdamo se, u Gospodinu, u vas: da vršite i da ćete vršiti ono što vam zapovijedamo.
5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम, ख्रीष्टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।
A Gospodin neka upravi srca vaša k ljubavi Božjoj i postojanosti Kristovoj.
6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।
Zapovijedamo vam, braćo, u ime Gospodina Isusa Krista da se klonite svakoga brata što živi neuredno i ne po predaji koju primiste od nas.
7 तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ,
Ta sami znate kako nas treba nasljedovati. Jer dok bijasmo među vama, nismo živjeli neuredno:
8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्यौँ, रातदिन काम गर्यौँ ।
ničiji kruh nismo badava jeli, nego smo u trudu i naporu noću i danju radili da ne bismo opteretili koga od vas.
9 यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।
Ne što ne bismo imali prava, nego da vam sebe damo za uzor koji ćete nasljedovati.
10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” ।
Doista, dok bijasmo u vas, ovo vam zapovijedasmo: Tko neće da radi, neka i ne jede!
11 किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् ।
A čujemo da neki od vas žive neuredno: ništa ne rade, nego dangube.
12 यस्ताहरूलाई हामी ख्रीष्ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् ।
Takvima zapovijedamo i zaklinjemo ih u Gospodinu Isusu Kristu: neka s mirom rade i svoj kruh jedu.
13 तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्यो गर्नबाट वञ्चित नगर,
Vama pak, braćo, neka ne dodija činiti dobro.
14 यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।
Ako li se tko ne pokorava našoj riječi u ovoj poslanici, zabilježite ga, ne drugujte s njime, da se postidi,
15 उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
ali ga ne smatrajte neprijateljem, nego ga urazumljujte kao brata.
16 शान्तिका परमेश्वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।
A sam Gospodin mira dao vam mir zauvijek i na svaki način! Gospodin sa svima vama!
17 यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्ने चिन्ह हो ।
Pozdrav mojom rukom, Pavlovom. Ovo je znak u svakoj poslanici: ovako pišem.
18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।
Milost Gospodina našega Isusa Krista sa svima vama!