< २ शमूएल 9 >
1 दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्छु?”
Davide disse: «E' forse rimasto qualcuno della casa di Saul, a cui io possa fare del bene a causa di Giònata?».
2 शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”
Ora vi era un servo della casa di Saul, chiamato Zibà, che fu fatto venire presso Davide. Il re gli chiese: «Sei tu Zibà?». Quegli rispose: «Sì».
3 त्यसैले राजाले भने, “के शाऊलको परिवारमा कुनै व्यक्ति बाँकी छैन जसलाई मैले परमेश्वरको दया देखाउन सक्छु?” सीबाले राजालाई जवाफ दिए, “जोनाथनको अझै एउटा छोरा छन्, जो आफ्नो खुट्टाको लङ्गडा छन् ।”
Il re gli disse: «Non c'è più nessuno della casa di Saul, a cui io possa usare la misericordia di Dio?». Zibà rispose al re: «Vi è ancora un figlio di Giònata storpio dei piedi».
4 राजाले तिनलाई भने, “तिनी कहाँ छन्?” सीबाले राजालाई जवाफ दिए, “हे्र्नुहोस्, तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन् ।”
Il re gli disse: «Dov'è?». Zibà rispose al re: «E' in casa di Machìr figlio di Ammièl a Lodebàr».
5 त्यसपछि राजा दाऊदले मानिसहरू पठाए र तिनलाई लो-देबारमा अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन लगाए ।
Allora il re lo mandò a prendere in casa di Machìr figlio di Ammièl a Lodebàr.
6 त्यसैले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेत दाऊदकहाँ आए र दाऊदलाई आदर गर्न आफ्नो अनुहार भुईंमा घोप्टो पारे । दाऊदले भने, “ए मपपीबोशेत ।” तिनले जवाफ दिए, “हेर्नुहोस्, म तपाईंको सेवक हुँ ।”
Merib-Bàal figlio di Giònata, figlio di Saul, venne da Davide, si gettò con la faccia a terra e si prostrò davanti a lui. Davide disse: «Merib-Bàal!». Rispose:
7 दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ ।”
«Ecco il tuo servo!». Davide gli disse: «Non temere, perché voglio trattarti con bontà per amore di Giònata tuo padre e ti restituisco tutti i campi di Saul tuo avo e tu mangerai sempre alla mia tavola».
8 मपीबोशेतले शिर झुकाएर भने, “तपाईंको दास के हो र, हजूरले मजस्तो मरेको कुकुरजस्तोलाई निगाह गर्नुहुन्छ?”
Merib-Bàal si prostrò e disse: «Che cos'è il tuo servo, perché tu prenda in considerazione un cane morto come sono io?».
9 त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।
Allora il re chiamò Zibà servo di Saul e gli disse: «Quanto apparteneva a Saul e a tutta la sua casa, io lo dò al figlio del tuo Signore.
10 तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।
Tu dunque con i figli e gli schiavi lavorerai per lui la terra e ne raccoglierai i prodotti, perché abbia pane e nutrimento la casa del tuo signore; quanto a Merib-Bàal figlio del tuo signore, mangerà sempre alla mia tavola». Ora Zibà aveva quindici figli e venti schiavi.
11 सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”
Zibà disse al re: «Il tuo servo farà quanto il re mio signore ordina al suo servo». Merib-Bàal dunque mangiava alla tavola di Davide come uno dei figli del re.
12 मपीबोशेतको एक जना जवान छोरा थिए, जसको नाउँ मीका थियो । सीबाका घरमा बस्ने सबै मपीबोशेतका सेवकहरू थिए ।
Merib-Bàal aveva un figlioletto chiamato Micà; tutti quelli che stavano in casa di Zibà erano al servizio di Merib-Bàal.
13 त्यसैले मपीबोशेत यरूशलेममा बसे र तिनले सधैं राजाको टेबलमा खाए, यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए ।