< २ शमूएल 4 >

1 जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो ।
A když uslyšel Izbozet syn Saulův, že umřel Abner v Hebronu, zemdlely ruce jeho, a všecken lid Izrael byl předěšen.
2 शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ,
Měl pak syn Saulův dva muže hejtmany nad dráby, jméno jednoho Baana, a jméno druhého Rechab, synové Remmona Berotského z synů Beniamin; nebo i Berot počítá se v Beniaminovi.
3 र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् ।)
Utekli pak byli Berotští do Gittaim, a byli tam pohostinu až do toho dne.
4 शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
Měl také byl Jonata syn Saulův syna chromého na nohy, (nebo když byl v pěti letech a přišla pověst o Saulovi a Jonatovi z Jezreel, vzavši ho chůva jeho, utíkala, a když pospíchala utíkajici, on upadl a okulhavěl), jehož jméno Mifibozet.
5 त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
A odšedše synové Remmona Berotského, Rechab a Baana, vešli o poledni do domu Izbozetova. On pak spal na lůžku poledním.
6 ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्‍त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए ।
A aj, když vešli až do domu, jako by bráti měli obilé, ranili ho v páté žebro, Rechab a Baana bratr jeho, a utekli.
7 यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।
Nebo když byli vešli do domu, a on spal na lůžku svém v pokojíku svém, kdež léhal, probodli jej a zabili, a sťavše hlavu jeho, vzali ji, a šli cestou po pustinách celou tu noc.
8 तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ ।”
I přinesli hlavu Izbozetovu k Davidovi do Hebronu a řekli králi: Aj, hlava Izbozeta syna Saulova, nepřítele tvého, kterýž hledal bezživotí tvého. Hle, pomstil dnes Hospodin pána mého krále nad Saulem i semenem jeho.
9 दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो,
Tedy odpovídaje David Rechabovi a Baanovi bratru jeho, synům Remmona Berotského, řekl jim: Živť jest Hospodin, kterýž vysvobodil duši mou ze všech úzkostí,
10 जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ ।
Kdyžť jsem toho, kterýž mi oznámil, řka: Aj, Saul zahynul, (ješto se jemu zdálo, že veselé noviny zvěstuje), vzal a zabil jsem ho v Sicelechu, jemuž se zdálo, že ho budu darovati za poselství:
11 झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”
Èím pak více lidi bezbožné, kteříž zamordovali muže spravedlivého v domě jeho na ložci jeho? A nyní, zdaliž nebudu vyhledávati krve jeho z ruky vaší, a nevyhladím vás z země?
12 त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।
I rozkázal David služebníkům, aby je zbili. I zutínali jim ruce i nohy jejich, a pověsili u rybníka při Hebronu. Hlavu pak Izbozetovu vzavše, pochovali v hrobě Abnerově v Hebronu.

< २ शमूएल 4 >