< २ शमूएल 24 >
1 फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।”
La collera del Signore si accese di nuovo contro Israele e incitò Davide contro il popolo in questo modo: «Su, fà il censimento d'Israele e di Giuda».
2 राजाले आफूसँग भएका फौजका कमाण्डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् ।”
Il re disse a Ioab e ai suoi capi dell'esercito: «Percorri tutte le tribù d'Israele, da Dan fino a Bersabea, e fate il censimento del popolo, perché io conosca il numero della popolazione».
3 योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले मानिसहरूका सङ्ख्यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् । तर मेरा मालिक महाराजालाई यो किन चाहियो?”
Ioab rispose al re: «Il Signore tuo Dio moltiplichi il popolo cento volte più di quello che è, e gli occhi del re mio signore possano vederlo! Ma perché il re mio signore desidera questa cosa?».
4 तापनि, योआब र फौजका कमाण्डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्डरहरू इस्राएलका मानिसहरूको सङ्ख्या गणना गर्न राजाको उपस्थितिबाट निस्केर गए ।
Ma l'ordine del re prevalse su Ioab e sui capi dell'esercito e Ioab e i capi dell'esercito si allontanarono dal re per fare il censimento del popolo d'Israele.
5 तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे ।
Passarono il Giordano e cominciarono da Aroer e dalla città che è in mezzo al torrente di Gad e presso Iazer.
6 तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे ।
Poi andarono in Gàlaad e nel paese degli Hittiti a Kades; andarono a Dan. Poi girarono intorno a Sidòne;
7 तिनीहरू टुरोस अनि हिव्वीहरू र कनानीहरूका सबै सहरका किल्लासम्म पुगे । अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए ।
andarono alla fortezza di Tiro e in tutte le città degli Evei e dei Cananei e finirono nel Negheb di Giuda a Bersabea.
8 जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए ।
Percorsero così tutto il paese e dopo nove mesi e venti giorni tornarono a Gerusalemme.
9 त्यसपछि योआबले लडाकु मानिसका जम्मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।
Ioab consegnò al re la cifra del censimento del popolo: c'erano in Israele ottocentomila guerrieri che maneggiavano la spada; in Giuda cinquecentomila.
10 दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”
Ma dopo che Davide ebbe fatto il censimento del popolo, si sentì battere il cuore e disse al Signore: «Ho peccato molto per quanto ho fatto; ma ora, Signore, perdona l'iniquità del tuo servo, poiché io ho commesso una grande stoltezza».
11 जब दाऊद बिहान उठे, दाऊदका दर्शी गाद अगमवक्ताकहाँ परमेश्वरको वचन यसो भनेर आयो,
Quando Davide si fu alzato il mattino dopo, questa parola del Signore fu rivolta al profeta Gad, il veggente di David:
12 “जा र दाऊदलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छ, “म तँलाई तीन वटा विकल्प रोज्न दिन्छु । तिमध्ये एउटा रोज ।”
«Và a riferire a Davide: Dice il Signore: Io ti propongo tre cose: scegline una e quella ti farò».
13 त्यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “तपाईंको देशमा तीन वर्षको अनकाल आउने छ? वा तपाईंका शत्रुहरूले तपाईंलाई खेद्दा तीन महिनासम्म तपाईं भाग्नुहुने छ? वा तपाईंको देशमा तीन दिन रुढी हुने छ? मलाई पठाउनुहुनेलाई मैले के जवाफ दिऊँ अब निर्णय गर्नुहोस् ।”
Gad venne dunque a Davide, gli riferì questo e disse: «Vuoi tre anni di carestia nel tuo paese o tre mesi di fuga davanti al nemico che ti insegua oppure tre giorni di peste nel tuo paese? Ora rifletti e vedi che cosa io debba rispondere a chi mi ha mandato».
14 त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्टमा परेको छु । मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् ।”
Davide rispose a Gad: «Sono in grande angoscia! Ebbene cadiamo nelle mani del Signore, perché la sua misericordia è grande, ma che io non cada nelle mani degli uomini!».
15 त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे ।
Così il Signore mandò la peste in Israele, da quella mattina fino al tempo fissato; da Dan a Bersabea morirono settantamila persone del popolo.
16 जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्नो हात त्यता पसारे, तब त्यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्नुभयो, “पुग्यो! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए ।
E quando l'angelo ebbe stesa la mano su Gerusalemme per distruggerla, il Signore si pentì di quel male e disse all'angelo che distruggeva il popolo: «Basta; ritira ora la mano!». Ora l'angelo del Signore si trovava presso l'aia di Araunà il Gebuseo.
17 अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”
Davide, vedendo l'angelo che colpiva il popolo, disse al Signore: «Io ho peccato; io ho agito da iniquo; ma queste pecore che hanno fatto? La tua mano venga contro di me e contro la casa di mio padre!».
18 अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस् ।”
Quel giorno Gad venne da Davide e gli disse: «Sali, innalza un altare al Signore sull'aia di Araunà il Gebuseo».
19 जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो, त्यसरी नै दाऊद माथि गए ।
Davide salì, secondo la parola di Gad, come il Signore aveva comandato.
20 अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।
Araunà guardò e vide il re e i suoi ministri dirigersi verso di lui. Araunà uscì e si prostrò davanti al re con la faccia a terra.
21 तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।”
Poi Araunà disse: «Perché il re mio signore viene dal suo servo?». Davide rispose: «Per acquistare da te quest'aia e innalzarvi un altare al Signore, perché il flagello cessi di colpire il popolo».
22 अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्टिमा जे असल छ सो त्यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् ।
Araunà disse a Davide: «Il re mio signore prenda e offra quanto gli piacerà! Ecco i buoi per l'olocausto; le trebbie e gli arnesi dei buoi serviranno da legna.
23 यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”
Tutte queste cose, re, Araunà te le regala». Poi Araunà disse al re: «Il Signore tuo Dio ti sia propizio!».
24 राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्नमा नै जोड दिन्छु । मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्कामा किने ।
Ma il re rispose ad Araunà: «No, io acquisterò da te queste cose per il loro prezzo e non offrirò al Signore mio Dio olocausti che non mi costino nulla». Davide acquistò l'aia e i buoi per cinquanta sicli d'argento;
25 दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।
edificò in quel luogo un altare al Signore e offrì olocausti e sacrifici di comunione. Il Signore si mostrò placato verso il paese e il flagello cessò di colpire il popolo.