< २ शमूएल 23 >

1 अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्‍च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्‍वरले अभिषेक गर्नुभएको व्‍यक्‍ति, इस्राएलको सुमधुर भजनकार ।
ואלה דברי דוד האחרנים נאם דוד בן ישי ונאם הגבר הקם על--משיח אלהי יעקב ונעים זמרות ישראל
2 “परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।
רוח יהוה דבר בי ומלתו על לשוני
3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्‍वरको भयमा शासन गर्छ ।
אמר אלהי ישראל לי דבר צור ישראל מושל באדם--צדיק מושל יראת אלהים
4 त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।
וכאור בקר יזרח שמש בקר לא עבות מנגה ממטר דשא מארץ
5 वास्तवमा, के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्‍थापित र पक्‍का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्‍न र?
כי לא כן ביתי עם אל כי ברית עולם שם לי ערוכה בכל ושמרה--כי כל ישעי וכל חפץ כי לא יצמיח
6 तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्‍मा पार्न सकिंदैन ।
ובליעל כקוץ מנד כלהם כי לא ביד יקחו
7 तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ । जहाँ तिनीहरू बस्‍छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ' ।”
ואיש יגע בהם ימלא ברזל ועץ חנית ובאש שרוף ישרפו בשבת
8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।
אלה שמות הגברים אשר לדוד ישב בשבת תחכמני ראש השלשי הוא עדינו העצנו (העצני)--על שמנה מאות חלל בפעם אחד (אחת)
9 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।
ואחרו אלעזר בן דדי (דדו) בן אחחי בשלשה גברים (הגברים) עם דוד בחרפם בפלשתים נאספו שם למלחמה ויעלו איש ישראל
10 एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।
הוא קם ויך בפלשתים עד כי יגעה ידו ותדבק ידו אל החרב ויעש יהוה תשועה גדולה ביום ההוא והעם ישבו אחריו אך לפשט
11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।
ואחריו שמה בן אגא הררי ויאספו פלשתים לחיה ותהי שם חלקת השדה מלאה עדשים והעם נס מפני פלשתים
12 तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।
ויתיצב בתוך החלקה ויצילה ויך את פלשתים ויעש יהוה תשועה גדולה
13 तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।
וירדו שלשים (שלשה) מהשלשים ראש ויבאו אל קציר אל דוד--אל מערת עדלם וחית פלשתים חנה בעמק רפאים
14 त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।
ודוד אז במצודה ומצב פלשתים אז בית לחם
15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!”
ויתאוה דוד ויאמר מי ישקני מים מבאר בית לחם אשר בשער
16 त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा चढाए ।
ויבקעו שלשת הגברים במחנה פלשתים וישאבו מים מבאר בית לחם אשר בשער וישאו ויבאו אל דוד ולא אבה לשתותם ויסך אתם ליהוה
17 अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्‍यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए ।
ויאמר חלילה לי יהוה מעשתי זאת הדם האנשים ההלכים בנפשותם ולא אבה לשתותם אלה עשו שלשת הגברים
18 योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ ।
ואבישי אחי יואב בן צרויה הוא ראש השלשי (השלשה) והוא עורר את חניתו על שלש מאות חלל ולו שם בשלשה
19 के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्‍तान बनाइएको थियो । तापनि तिनको ख्‍याति तीन जना धेरै ख्‍यातिप्राप्‍त सिपाहीका बराबर थिएन ।
מן השלשה הכי נכבד ויהי להם לשר ועד השלשה לא בא
20 यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।
ובניהו בן יהוידע בן איש חי (חיל) רב פעלים מקבצאל הוא הכה את שני אראל מואב והוא ירד והכה את האריה (הארי) בתוך הבאר ביום השלג
21 त्‍यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्‍यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे ।
והוא הכה את איש מצרי אשר (איש) מראה וביד המצרי חנית וירד אליו בשבט ויגזל את החנית מיד המצרי ויהרגהו בחניתו
22 यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।
אלה עשה בניהו בן יהוידע ולו שם בשלשה הגברים
23 तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए ।
מן השלשים נכבד ואל השלשה לא בא וישמהו דוד אל משמעתו
24 ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,
עשהאל אחי יואב בשלשים אלחנן בן דדו בית לחם
25 हरोदी शम्मा, हरोदी एलीका,
שמה החרדי אליקא החרדי
26 पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,
חלץ הפלטי עירא בן עקש התקועי
27 अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,
אביעזר הענתתי מבני החשתי
28 अहोही सल्मोन, नतोपाती महरै,
צלמון האחחי מהרי הנטפתי
29 नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।
חלב בן בענה הנטפתי אתי בן ריבי מגבעת בני בנימן
30 पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
בניהו פרעתני הדי מנחלי געש
31 अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,
אבי עלבון הערבתי עזמות הברחמי
32 शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,
אליחבא השעלבני בני ישן יהונתן
33 हरारी शरारका छोरा अहीहाम,
שמה ההררי אחיאם בן שרר האררי
34 माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
אליפלט בן אחסבי בן המעכתי אליעם בן אחיתפל הגלני
35 कर्मेलका हेस्रो, अर्बी पारै,
חצרו (חצרי) הכרמלי פערי הארבי
36 सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,
יגאל בן נתן מצבה בני הגדי
37 अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,
צלק העמני נחרי הבארתי--נשאי (נשא) כלי יואב בן צריה
38 यित्री ईरा, यित्री गारेब,
עירא היתרי גרב היתרי
39 हित्ती उरियाह । जम्‍मा सैंतिस जना थिए ।
אוריה החתי--כל שלשים ושבעה

< २ शमूएल 23 >