< २ शमूएल 22 >

1 त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
Bere a Awurade gyee Dawid fii nʼatamfo nyinaa ne Saulo nsam akyi no, ɔtoo saa dwom yi de yii Awurade ayɛ.
2 तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
Nsɛm a ɛwɔ dwom no mu ni: “Awurade yɛ me botan, mʼaban ne mʼagyenkwa;
3 परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
me Nyankopɔn yɛ me botan; ne mu na minya guankɔbea. Ɔyɛ me kyɛm, me nkwagye mu ahoɔden, mʼabandennen, mʼagyenkwa, nea ogye me fi basabasayɛ mu.
4 म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु ।
“Misu frɛ Awurade; ɔno na ayeyi sɛ no, efisɛ ogye me fi mʼatamfo nsam.
5 किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।
Owu asorɔkye twaa me ho hyiae; ɔsɛe yiri faa me so.
6 चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे । (Sheol h7585)
Ɔda mu hama kyekyeree me; mihyiaa owu mfiri. (Sheol h7585)
7 मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
“Na mʼamanehunu mu no, misu frɛɛ Awurade. Yiw, mefrɛɛ me Nyankopɔn pɛɛ mmoa. Ɔtee me nne fii ne kronkronbea. Me sufrɛ duu nʼasom.
8 त्यसपछि पृथ्वी काम्‍यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्‍वर रिसाउनुभएको थियो ।
Na asase wosowee na ehinhimii; ɔsoro fapem wosowee; wɔwosowee, nʼabufuw nti.
9 उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।
Wusiw fii ne hwene mu; ogyaframa fii nʼanom; na nnyansramma dɛw fii mu.
10 उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो ।
Ofii ɔsoro baa fam; na omununkum kabii duruu nʼanan ase.
11 उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।
Ɔte kerubim so tui; gyaagyaa ne ho wɔ mframa ntaban so.
12 उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।
Ɔde sum kataa ne ho hyiae, ɔde osu mununkum dii nʼanim kan.
13 उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।
Hann kɛse hyerɛn wɔ nʼanim, na anyinam pa fii mu.
14 परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो ।
Awurade bobɔɔ mu fi ɔsoro; Ɔsorosoroni no teɛɛ mu dennen.
15 उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो ।
Ɔtow nʼagyan maa nʼatamfo hwetee; anyinam twa ma wɔyɛɛ basaa.
16 अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।
Awurade kasae, na wiase nnyinaso no nyinaa daa hɔ. Wotumi huu ɛpo ase, na asase fapem ho daa hɔ.
17 उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।
“Ofi ɔsoro baa fam besoo me mu; ɔtwee me fii asu a emu dɔ mu.
18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।
Ogyee me fii mʼatamfo a wɔyɛ den nsam, atamfo a wokyi me na wɔn ho yɛ den pa ara sen me.
19 मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।
Wɔbaa me so wɔ mʼamanehunu da, nanso Awurade pagyaw me.
20 उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो ।
Ɔde me baa baabi a bammɔ wɔ; ogyee me, efisɛ nʼani kum me ho.
21 परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।
“Awurade atua me papayɛ so ka; me bem a midi no, wahyɛ me anan mu.
22 किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन ।
Efisɛ manantew Awurade akwan so; mentwee me ho mfii me Nyankopɔn ho nkɔyɛɛ bɔne.
23 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन ।
Ne mmara nyinaa gu mʼanim; mentwee me ho mfii ne nhyehyɛe ho.
24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
Me ho nni asɛm wɔ Onyankopɔn anim; matwe me ho afi bɔne ho.
25 यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।
Awurade tuaa me papayɛ so ka, efisɛ minni fɔ wɔ nʼanim.
26 विश्‍वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ ।
“Woda wo ho adi sɛ ɔnokwafo kyerɛ wɔn a wodi nokware, wɔn a wodi mu nso wo kyerɛ wɔn sɛ wodi mu.
27 शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ ।
Wuyi wo kronkronyɛ kyerɛ ɔkronkronni, nanso amumɔyɛfo de wukyi wɔn.
28 कष्‍टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ ।
Wugye ahobrɛasefo, nanso wʼani kɔ ahantanfo so sɛ wobɛbrɛ wɔn ase.
29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।
Wo Awurade, woyɛ me kanea. Yiw, Awurade woma me sum dan hann.
30 किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्‍वरद्वारा म पर्खाल नाघ्‍न सक्छु ।
Wʼahoɔden mu, metumi aka asraafokuw agu; me Nyankopɔn nti, mitumi foro ɔfasu.
31 परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
“Onyankopɔn de, nʼakwan yɛ pɛ; Awurade bɔhyɛ nyinaa ba mu. Ɔyɛ nkatabo ma wɔn a wɔhwehwɛ bammɔ wɔ ne mu.
32 किनभने परमप्रभुबाहेक को परमेश्‍वर छ र, अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान छ र?
Hena ne Onyankopɔn, gye sɛ Awurade? Hena ne ɔbotantim no, gye sɛ yɛn Nyankopɔn?
33 परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ ।
Onyankopɔn ne mʼaban a ɛyɛ den; wagye me, na wama me kwan so ayɛ pɛ.
34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ ।
Ɔma mʼanammɔn ho yɛ hare sɛ ɔforote de; Ɔma me gyina sorɔnsorɔmmea.
35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
Osiesie me ma ɔko; na me basa tumi kuntun kɔbere mfrafrae tadua.
36 तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
Woama me wo nkwagye kyɛm. Wo mmoa ama mayɛ ɔkɛse.
37 तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् ।
Woabɔ kwan tɛtrɛɛ ama mʼanan sɛnea me nkotodwe rengurow.
38 मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।
“Metaa mʼatamfo sɛee wɔn; mannyina kosii sɛ wodii nkogu.
39 मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।
Meyam wɔn, mebɔɔ wɔn hwee fam, na wɔantumi ansɔre; wɔhwehwee ase wɔ mʼanan ase.
40 तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।
Wohyɛɛ me ahoɔden maa ɔko; woaka mʼatamfo ahyɛ mʼanan ase.
41 तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।
Womaa wɔdan wɔn ani guanee, na mesɛe wɔn a wɔtan me nyinaa.
42 तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
Wosu pɛɛ mmoa, nanso obiara ammegye wɔn. Wosu frɛɛ Awurade, nanso wannye wɔn so.
43 मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।
Meyam wɔn ma wɔyɛɛ sɛ asase so mfutuma; mepraa wɔn guu suka mu sɛ wura.
44 मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।
“Womaa me nkonimdi wɔ wɔn a wɔbɔ me kwaadu so. Woahwɛ sɛ mɛyɛ amanaman sodifo; na nnipa a minnim wɔn som me.
45 विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे ।
Ananafo brɛ wɔn ho ase ma me; wɔte me nka pɛ ara a, wɔde wɔn ho ma me.
46 विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए ।
Wɔn nyinaa bɔ huboa, na wɔde ahopopo fi wɔn nsraban mu ba.
47 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् ।
“Awurade te ase! Ayeyi nka me botan, ma wɔmma Onyankopɔn, me nkwagye botan so.
48 उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।
Ɔno ne Onyankopɔn a ɔtɔ wɔn a wɔhaw me so were; ɔka amanaman no hyɛ mʼase
49 मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।
na ogye me fi mʼatamfo nsam. Wode me si baabi a mʼatamfo nnu, wugye me fi atutuwpɛfo a wotia me nsam.
50 यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।
Awurade eyi nti, mɛkamfo wo wɔ amanaman mu, Ao Awurade. Mɛto ayeyi dwom ama wo din.
51 परमेश्‍वर आफ्‍नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्‍नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्‍नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”
“Wode nkonimdi akɛse ama wo hene; woda ɔdɔ a ɛnsa da adi kyerɛ nea woasra no ngo, wode kyerɛ Dawid, ne nʼasefo afebɔɔ.”

< २ शमूएल 22 >