< २ शमूएल 22 >
1 त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
当耶和华救大卫脱离一切仇敌和扫罗之手的日子,他向耶和华念这诗,
2 तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
说: 耶和华是我的岩石, 我的山寨,我的救主,
3 परमेश्वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
我的 神,我的磐石,我所投靠的。 他是我的盾牌,是拯救我的角, 是我的高台,是我的避难所。 我的救主啊,你是救我脱离强暴的。
4 म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्ना शत्रुहरूबाट बचाइने छु ।
我要求告当赞美的耶和华, 这样,我必从仇敌手中被救出来。
5 किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।
曾有死亡的波浪环绕我, 匪类的急流使我惊惧,
6 चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे । (Sheol )
阴间的绳索缠绕我, 死亡的网罗临到我。 (Sheol )
7 मेरो कष्टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्नो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो र सहायताको निम्ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
我在急难中求告耶和华, 向我的 神呼求。 他从殿中听了我的声音; 我的呼求入了他的耳中。
8 त्यसपछि पृथ्वी काम्यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्वर रिसाउनुभएको थियो ।
那时因他发怒,地就摇撼战抖; 天的根基也震动摇撼。
9 उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।
从他鼻孔冒烟上腾; 从他口中发火焚烧,连炭也着了。
10 उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्लो अँध्यारो उहाँको पाउमुनि थियो ।
他又使天下垂,亲自降临; 有黑云在他脚下。
11 उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।
他坐着基路伯飞行, 在风的翅膀上显现。
12 उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
他以黑暗和聚集的水、 天空的厚云为他四围的行宫。
13 उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।
因他面前的光辉炭都着了。
14 परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्चले कराउनुभयो ।
耶和华从天上打雷; 至高者发出声音。
15 उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्ट पार्नुभयो ।
他射出箭来,使仇敌四散, 发出闪电,使他们扰乱。
16 अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।
耶和华的斥责一发,鼻孔的气一出, 海底就出现,大地的根基也显露。
17 उहाँ माथिबाट तल पग्नुभयो । उहाँले मलाई समात्नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।
他从高天伸手抓住我, 把我从大水中拉上来。
18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।
他救我脱离我的劲敌和那些恨我的人, 因为他们比我强盛。
19 मेरो कष्टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।
我遭遇灾难的日子,他们来攻击我; 但耶和华是我的倚靠。
20 उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्न हुनुभयो ।
他又领我到宽阔之处; 他救拔我,因他喜悦我。
21 परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।
耶和华按着我的公义报答我, 按着我手中的清洁赏赐我。
22 किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट भड्किएर दुष्टतासाथ काम गरेको छैन ।
因为我遵守了耶和华的道, 未曾作恶离开我的 神。
23 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्बन्धमा तीबाट म तर्केको छैन ।
他的一切典章常在我面前; 他的律例,我也未曾离弃。
24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
我在他面前作了完全人; 我也保守自己远离我的罪孽。
25 यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।
所以耶和华按我的公义, 按我在他眼前的清洁赏赐我。
26 विश्वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ ।
慈爱的人,你以慈爱待他; 完全的人,你以完全待他;
27 शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्नुहुन्छ ।
清洁的人,你以清洁待他; 乖僻的人,你以弯曲待他。
28 कष्टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ ।
困苦的百姓,你必拯救; 但你的眼目察看高傲的人,使他降卑。
29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।
耶和华啊,你是我的灯; 耶和华必照明我的黑暗。
30 किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्वरद्वारा म पर्खाल नाघ्न सक्छु ।
我借着你冲入敌军, 借着我的 神跳过墙垣。
31 परमेश्वरको सम्बन्धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
至于 神,他的道是完全的; 耶和华的话是炼净的。 凡投靠他的,他便作他们的盾牌。
32 किनभने परमप्रभुबाहेक को परमेश्वर छ र, अनि हाम्रो परमेश्वरबाहेक को चट्टान छ र?
除了耶和华,谁是 神呢? 除了我们的 神,谁是磐石呢?
33 परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा डोर्याउनुहुन्छ ।
神是我坚固的保障; 他引导完全人行他的路。
34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्च स्थानहरूमा राख्नुहुन्छ ।
他使我的脚快如母鹿的蹄, 又使我在高处安稳。
35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
他教导我的手能以争战, 甚至我的膀臂能开铜弓。
36 तपाईंले मलाई तपाईंको मुक्तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
你把你的救恩给我作盾牌; 你的温和使我为大。
37 तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्लेका छैनन् ।
你使我脚下的地步宽阔; 我的脚未曾滑跌。
38 मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।
我追赶我的仇敌,灭绝了他们, 未灭以先,我没有归回。
39 मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।
我灭绝了他们, 打伤了他们,使他们不能起来; 他们都倒在我的脚下。
40 तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्नुभयो ।
因为你曾以力量束我的腰,使我能争战; 你也使那起来攻击我的都服在我以下。
41 तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।
你又使我的仇敌在我面前转背逃跑, 叫我能以剪除那恨我的人。
42 तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
他们仰望,却无人拯救; 就是呼求耶和华,他也不应允。
43 मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्चमिल्ची बनाएँ ।
我捣碎他们,如同地上的灰尘, 践踏他们,四散在地,如同街上的泥土。
44 मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।
你救我脱离我百姓的争竞, 保护我作列国的元首; 我素不认识的民必事奉我。
45 विदेशीहरूलाई मेरो सामु झुक्न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे ।
外邦人要投降我, 一听见我的名声就必顺从我。
46 विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर काम्दै आए ।
外邦人要衰残, 战战兢兢地出他们的营寨。
47 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्तिको चट्टान परमेश्वर उच्च पारिनुभएको होस् ।
耶和华是活神,愿我的磐石被人称颂! 愿 神—那拯救我的磐石被人尊崇!
48 उहाँ नै परमेश्वर हुनुहुन्छ जसले मेरो बदला लिनुहुन्छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।
这位 神就是那为我伸冤、 使众民服在我以下的。
49 मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।
你救我脱离仇敌, 又把我举起,高过那些起来攻击我的; 你救我脱离强暴的人。
50 यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।
耶和华啊,因此我要在外邦中称谢你, 歌颂你的名。
51 परमेश्वर आफ्नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”
耶和华赐极大的救恩给他所立的王, 施慈爱给他的受膏者, 就是给大卫和他的后裔, 直到永远!