< २ शमूएल 22 >

1 त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
Davide anayimbira Yehova nyimbo iyi pamene Yehovayo anamupulumutsa mʼdzanja la adani ake onse ndiponso mʼdzanja la Sauli.
2 तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
Iye anati, “Yehova ndiye thanthwe langa, chitetezo changa ndi mpulumutsi wanga.
3 परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
Mulungu wanga ndiye thanthwe langa, mʼmene ndimathawiramo, chishango changa ndi ndodo yachipulumutso changa. Iye ndi linga langa, pothawirapo panga ndi mpulumutsi wanga. Munandipulumutsa mʼmanja mwa anthu ankhanza.
4 म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु ।
“Ndimayitana Yehova amene ndi woyenera matamando, ndipo ndapulumutsidwa kwa adani anga.
5 किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।
“Mafunde a imfa anandizinga; mitsinje yothamanga yachiwonongeko inandiopsa kwambiri.
6 चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे । (Sheol h7585)
Anandimanga ndi zingwe za ku manda; misampha ya imfa inalimbana nane. (Sheol h7585)
7 मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
“Mʼmasautso anga ndinapemphera kwa Yehova; ndinapemphera kwa Mulungu wanga. Iye ali mʼnyumba yake, anamva mawu anga; kulira kwanga kunafika mʼmakutu ake.
8 त्यसपछि पृथ्वी काम्‍यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्‍वर रिसाउनुभएको थियो ।
“Dziko lapansi linanjenjemera ndi kuchita chivomerezi, maziko a miyamba anagwedezeka; ananjenjemera chifukwa Iye anakwiya.
9 उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।
Mʼmphuno mwake munatuluka utsi; moto wonyeketsa unatuluka mʼkamwa mwake, makala amoto anali lawilawi mʼkamwa mwake.
10 उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो ।
Iye anangʼamba thambo natsika pansi; pansi pa mapazi ake panali mitambo yakuda.
11 उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।
Iye anakwera pa Kerubi ndi kuwuluka; nawuluka ndi mphepo mwaliwiro.
12 उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।
Iye anapanga mdima kukhala chofunda chake, mitambo yakuda ya mlengalenga.
13 उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।
Mʼkuwala kumene kunali pamaso pake munkachokera makala amoto alawilawi.
14 परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो ।
Yehova anabangula kumwamba ngati bingu, mawu a Wammwambamwamba anamveka ponseponse.
15 उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो ।
Iye anaponya mivi yake, nabalalitsa adani ake, ndi zingʼaningʼani zake anawagonjetsa.
16 अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।
Zigwa za mʼnyanja zinaonekera poyera, ndipo maziko a dziko lapansi anakhala poyera, Yehova atabangula mwaukali, pamene mpweya wamphamvu unatuluka mʼmphuno mwake.
17 उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।
“Ali kumwamba, Iye anatambalitsa dzanja lake ndipo anandigwira; anandivuwula mʼmadzi ozama.
18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।
Anandipulumutsa kwa mdani wanga wamphamvu, adani anga amene anali amphamvu kuposa ine.
19 मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।
Adaniwo analimbana nane pamene ndinali pa mavuto, koma Yehova anali thandizo langa.
20 उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो ।
Iye anandipititsa kumalo otakasuka; anandipulumutsa chifukwa amakondwera nane.
21 परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।
“Yehova wandithandiza molingana ndi chilungamo changa; molingana ndi makhalidwe anga abwino, Iye wandipulumutsa.
22 किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन ।
Pakuti ine ndinatsata njira za Yehova; ndilibe mlandu wochoka pamaso pa Mulungu wanga.
23 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन ।
Malamulo ake onse ali pamaso panga, sindinasiye malangizo ake.
24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
Ndakhala moyo wosalakwa pamaso pake ndipo ndakhala ndi kupewa tchimo.
25 यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।
Yehova wandipatsa mphotho molingana ndi chilungamo changa, molingana ndi makhalidwe anga abwino pamaso pake.
26 विश्‍वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ ।
“Kwa wokhulupirika, Inu mumaonetsa kukhulupirika kwanu, kwa anthu amakhalidwe abwino, Inu mumaonetsanso makhalidwe abwino,
27 शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ ।
Kwa woyera mtima, Inu mumaonetsa kuyera mtima kwanu, koma kwa anthu achinyengo mumaonetsanso kunyansidwa nawo.
28 कष्‍टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ ।
Inu mumapulumutsa anthu odzichepetsa, koma maso anu amatsutsana ndi odzikuza ndipo mumawatsitsa.
29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।
Inu Yehova, ndinu nyale yanga; Yehova wasandutsa mdima wanga kukhala kuwunika.
30 किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्‍वरद्वारा म पर्खाल नाघ्‍न सक्छु ।
Ndi thandizo lanu nditha kulimbana ndi gulu la ankhondo, ndi Mulungu wanga nditha kuchita zosatheka ndi munthu.
31 परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
“Kunena za Mulungu, zochita zake ndi zangwiro; mawu a Yehova alibe cholakwika. Iye ndi chishango kwa onse amene amathawira kwa iye.
32 किनभने परमप्रभुबाहेक को परमेश्‍वर छ र, अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान छ र?
Mulungu wina ndi uti wofanana nanu Yehova? Ndipo ndani amene ndi Thanthwe kupatula Mulungu wathu?
33 परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ ।
Ndi Mulungu amene anandipatsa mphamvu ndi kulungamitsa njira yanga.
34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ ।
Iye amasandutsa mapazi anga kukhala ngati ambawala yayikazi; Iye amandithandiza kuyimirira pamwamba pa mapiri.
35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
Iye amaphunzitsa manja anga kuchita nkhondo; manja anga amatha kuthyola uta wachitsulo.
36 तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
Inu mundipatsa ine chishango chanu cha chigonjetso; mumawerama kuti mundikweze.
37 तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् ।
Inu mwalimbitsa njira yanga kuti ndiyende bwino, kuti mapazi anga asaterereke.
38 मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।
“Ine ndinathamangitsa adani anga ndi kuwakantha; sindinabwerere mpaka iwo atawonongedwa.
39 मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।
Ndinawakantha kotheratu, ndipo sanathe kudzukanso; Iwo anagwera pansi pa mapazi anga.
40 तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।
Inu munandipatsa ine mphamvu yochitira nkhondo; munagwaditsa adani anga pa mapazi anga.
41 तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।
Inu muchititsa kuti adani anga atembenuke ndi kuthawa; ndipo ndinawononga adani anga.
42 तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
Iwo anafuwula kupempha thandizo, koma panalibe ndi mmodzi yemwe owapulumutsa. Analirira kwa Yehova, koma sanawayankhe.
43 मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।
Ine ndinawaperesa ngati fumbi la pa dziko lapansi; ndinawasinja ndipo ndinawapondaponda ngati matope a mʼmisewu.
44 मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।
“Inu mwandipulumutsa mʼmanja mwa mitundu ya anthu; Inu mwandisunga kuti ndikhale mtsogoleri wa anthu a mitundu ina. Anthu amene sindikuwadziwa ali pansi pa ulamuliro wanga.
45 विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे ।
Alendo amadzipereka okha pamaso panga; akangomva za ine, amandigonjera.
46 विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए ।
Iwo onse anataya mtima; anatuluka mʼmalinga awo akunjenjemera.
47 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् ।
“Yehova ndi wamoyo! Litamandidwe Thanthwe langa. Akuzike Mulungu, Thanthwe, Mpulumutsi wanga!
48 उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।
Iye ndi Mulungu amene amabwezera chilango, amene amayika anthu a mitundu yonse pansi pa ulamuliro wanga,
49 मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।
amene amandimasula mʼmanja mwa adani anga. Inu munandikuza kuposa adani anga; munandilanditsa mʼmanja mwa anthu ankhanza.
50 यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।
Choncho ine ndidzakutamandani Inu Yehova, pakati pa anthu a mitundu ina; ndidzayimba nyimbo zotamanda dzina lanu.
51 परमेश्‍वर आफ्‍नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्‍नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्‍नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”
“Iye amapereka chipambano chachikulu kwa mfumu yake, amaonetsa kukoma mtima kwa wodzozedwa wake, kwa Davide ndi zidzukulu zake kwamuyaya.”

< २ शमूएल 22 >