< २ शमूएल 21 >
1 दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्यसले गोबोनीहरूलाई मार्यो ।”
I był głód za dni Dawidowych przez trzy lata, jednego roku po drugim. Tedy szukał Dawid oblicza Pańskiego, któremu rzekł Pan: Dla Saula, i dla domu jego krwawego, przeto iż pomordował Gabaonity.
2 अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
Przyzwał tedy król Gabaonitów, i rzekł do nich: (A ci Gabaonitowie nie byli z synów Izraelskich, ale z ostatków Amorejczyków, którym acz byli synowie Izraelscy przysięgli, wszakże je usiłował Saul wyplenić z gorliwości swej dla synów Izraelskich i Judzkich.)
3 त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्छौ?”
I rzekł Dawid do Gabaonitów: Cóż wam mam uczynić? a czem was ubłagać, abyście błogosławili dziedzictwu Pańskiemu?
4 गिबोनीहरूले तिनलाई जवाफ दिए, “हामी र शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन । यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन ।” दाऊदले जवाफ दिए, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ, तिमीहरू के भन्छौ?”
I odpowiedzieli mu Gabaonitowie: Nie idzie nam o srebro ani o złoto z Saulem, i z domem jego, ani o to, żebyśmy zabili kogo w Izraelu. A on rzekł: Cokolwiek rzeczecie, uczynię wam.
5 तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन,
Którzy rzekli do króla: Męża, który nas wygubił, i na tem był, aby nas do szczętu wytracił, żeby nas nic nie zostało we wszystkich granicach Izraelskich.
6 तिनको सन्तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”
Wydajcie nam siedmiu mężów z synów jego, a powiesimy je Panu w Gabaa Saula, niekiedy wybranego Pańskiego. Tedy rzekł: Wydam.
7 तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।
Lecz sfolgował król Mefibosetowi, synowi Jonatana, syna Saulowego, dla przysięgi Pańskiej, która była między nimi, między Dawidem i między Jonatanem, synem Saulowym.
8 तर राजाले अय्याकी छोरी रिश्पाका दुई जना छोराला जसलाई त्यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
Ale wziął król dwóch synów Resfy, córki Ai, które porodziła Saulowi, Armoniego i Mefiboseta, i pięciu synów Micholi, córki Saulowej, które porodziła Adryjelowi, synowi Barsyla Meholatyckiego,
9 तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।
I wydał je w ręce Gabaonitów, i powiesili je na górze przed Panem. I umarli oni siedmiu pospołu, a pobici są w pierwsze dni żniwa, na początku żniwa jęczmiennego.
10 अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्नो निम्ति त्यो ओछ्याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्गली पशुहरूलाई खान दिइनन् ।
A wziąwszy Resfa, córka Ai, wór, ropostarła go na skale, na początku żniwa, ażby na nie kropił deszcz z nieba, i nie dopuszczała ptastwu powietrznemu, padać na nie we dnie, ani zwierzowi polnemu w nocy.
11 अय्याकी छोरी, शाऊलकी उपपत्नी रिश्पाले जे गरेकी थिइन् त्यसको बारेमा दाऊदलाई भनियो ।
Tedy oznajmiono Dawidowi, co uczyniła Resfa, córka Ai, założnica Saulowa.
12 त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
Przetoż szedłszy Dawid wziął kości Saulowe, i kości Jonatana, syna jego od starszych Jabez Galaadskiego, którzy je byli ukradli z ulicy Betsańskiej, kędy je byli zawiesili Filistynowie onegoż dnia, gdy porazili Filistynowie Saula w Gielboe.
13 दाऊदले त्यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्डीहरू पनि जम्मा गरे ।
A tak wziął stamtąd kości Saulowe i kości Jonatana, syna jego; zebrano też kości powieszonych,
14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्वरले दिनुभयो ।
I pogrzebli kości Saulowe i Jonatana, syna jego, w ziemi Benjamina w Sela, grobie Cysa, ojca jego, a uczynili wszystko, co był rozkazał król; a tak potem ubłagany był Bóg ziemi.
15 त्यसपछि पलिश्तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।
I była zasię wojna między Filistynami i Izraelem; i ciągnął Dawid i słudzy jego z nim, a walczył przeciwko Filistynom, tak, że ustał Dawid.
16 दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो ।
Tedy Jesbibenob, który był z synów jednego olbrzyma, (a grot drzewca jego ważył trzy sta syklów miedzi, a miał przepasany miecz nowy) umyślił był zabić Dawida.
17 तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्तीलाई आक्रमण गरे र त्यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्न ।”
Ale go ratował Abisaj, syn Sarwii, a raniwszy Filistyna zabił go. Przetoż przysięgli mężowie Dawidowi, mówiąc mu: Nie pójdziesz więcej z nami na wojnę, abyś nie zgasił pochodni Izraelskiej.
18 यसपछि फेरि पनि गोबमा पलिश्तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए ।
I stało się potem, że była znowu wojna w Gob z Filistynami, i zabił Sobochaj Husatycki Safa, który był z synów tegoż olbrzyma.
19 गोबमा फेरि पनि पलिश्तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो ।
Była też jeszcze inna wojna w Gob z Filistynami, kędy zabił Elhana, syna Jaara Oregim, Betlehemczyk, brata Golijatowego z Giet, którego drzewce u włóczni było jako nawój tkacki.
20 गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो ।
Nadto jeszcze była wojna w Giet, kędy był mąż wielkiego wzrostu, mając po sześć palców u rąk swoich, i po sześć palców u nóg swoich, wszystkich dwadzieścia i cztery; a ten też był synem tegoż olbrzyma.
21 त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्यो ।
Ten gdy urągał Izraelowi, zabił go Jonatan, syn Samaa, brata Dawidowego.
22 गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
Ci czterej byli synowie jednego olbrzyma z Giet, a ci polegli od ręki Dawidowej, i od ręki sług jego.