< २ शमूएल 21 >

1 दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्‍नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो ।”
Facta est quoque fames in diebus David tribus annis jugiter: et consuluit David oraculum Domini. Dixitque Dominus: Propter Saul, et domum ejus sanguinum, quia occidit Gabaonitas.
2 अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
Vocatis ergo Gabaonitis rex, dixit ad eos (porro Gabaonitæ non erant de filiis Israël, sed reliquiæ Amorrhæorum: filii quippe Israël juraverant eis, et voluit Saul percutere eos zelo, quasi pro filiis Israël et Juda),
3 त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ?”
dixit ergo David ad Gabaonitas: Quid faciam vobis? et quod erit vestri piaculum, ut benedicatis hæreditati Domini?
4 गिबोनीहरूले तिनलाई जवाफ दिए, “हामी र शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन । यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन ।” दाऊदले जवाफ दिए, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ, तिमीहरू के भन्छौ?”
Dixeruntque ei Gabaonitæ: Non est nobis super argento et auro quæstio, sed contra Saul, et contra domum ejus: neque volumus ut interficiatur homo de Israël. Ad quos rex ait: Quid ergo vultis ut faciam vobis?
5 तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्‍ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन,
Qui dixerunt regi: Virum qui attrivit nos et oppressit inique, ita delere debemus, ut ne unus quidem residuus sit de stirpe ejus in cunctis finibus Israël.
6 तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”
Dentur nobis septem viri de filiis ejus, ut crucifigamus eos Domino in Gabaa Saul, quondam electi Domini. Et ait rex: Ego dabo.
7 तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।
Pepercitque rex Miphiboseth filio Jonathæ filii Saul, propter jusjurandum Domini quod fuerat inter David et inter Jonathan filium Saul.
8 तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
Tulit itaque rex duos filios Respha filiæ Aja quos peperit Sauli, Armoni, et Miphiboseth: et quinque filios Michol filiæ Saul quos genuerat Hadrieli filio Berzellai, qui fuit de Molathi,
9 तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।
et dedit eos in manus Gabaonitarum: qui crucifixerunt eos in monte coram Domino: et ceciderunt hi septem simul occisi in diebus messis primis, incipiente messione hordei.
10 अय्याकी छोरी रिश्‍पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्‍नो निम्‍ति त्‍यो ओछ्‍याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्‍गली पशुहरूलाई खान दिइनन् ।
Tollens autem Respha filia Aja cilicium, substravit sibi supra petram ab initio messis, donec stillaret aqua super eos de cælo: et non dimisit aves lacerare eos per diem, neque bestias per noctem.
11 अय्याकी छोरी, शाऊलकी उपपत्‍नी रिश्‍पाले जे गरेकी थिइन् त्‍यसको बारेमा दाऊदलाई भनियो ।
Et nuntiata sunt David quæ fecerat Respha filia Aja, concubina Saul.
12 त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
Et abiit David, et tulit ossa Saul, et ossa Jonathæ filii ejus, a viris Jabes Galaad, qui furati fuerant ea de platea Bethsan in qua suspenderant eos Philisthiim cum interfecissent Saul in Gelboë:
13 दाऊदले त्‍यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे ।
et asportavit inde ossa Saul, et ossa Jonathæ filii ejus: et colligentes ossa eorum qui affixi fuerant,
14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।
sepelierunt ea cum ossibus Saul et Jonathæ filii ejus in terra Benjamin, in latere, in sepulchro Cis patris ejus: feceruntque omnia quæ præceperat rex, et repropitiatus est Deus terræ post hæc.
15 त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्‍तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।
Factum est autem rursum prælium Philisthinorum adversum Israël, et descendit David, et servi ejus cum eo, et pugnabant contra Philisthiim. Deficiente autem David,
16 दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो ।
Jesbibenob, qui fuit de genere Arapha, cujus ferrum hastæ trecentas uncias appendebat, et accinctus erat ense novo, nisus est percutere David.
17 तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”
Præsidioque ei fuit Abisai filius Sarviæ, et percussum Philisthæum interfecit. Tunc juraverunt viri David, dicentes: Jam non egredieris nobiscum in bellum, ne extinguas lucernam Israël.
18 यसपछि फेरि पनि गोबमा पलिश्‍तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्‍बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए ।
Secundum quoque bellum fuit in Gob contra Philisthæos: tunc percussit Sobochai et Husati, Saph de stirpe Arapha de genere gigantum.
19 गोबमा फेरि पनि पलिश्‍तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो ।
Tertium quoque fuit bellum in Gob contra Philisthæos, in quo percussit Adeodatus filius Saltus polymitarius Bethlehemites Goliath Gethæum, cujus hastile hastæ erat quasi liciatorium texentium.
20 गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो ।
Quartum bellum fuit in Geth: in quo vir fuit excelsus, qui senos in manibus pedibusque habebat digitos, id est, viginti quatuor: et erat de origine Arapha.
21 त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो ।
Et blasphemavit Israël: percussit autem eum Jonathan filius Samaa fratris David.
22 गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
Hi quatuor nati sunt de Arapha in Geth, et ceciderunt in manu David et servorum ejus.

< २ शमूएल 21 >