< २ शमूएल 20 >

1 त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
Ikatukia pia kuwa katika eneo lilelile kulikuwa mfanya fujo jina lake Sheba mwana wa Bikri Mbenjamini. Akapiga tarumbeta na kusema, “Sisi hatuna sehemu katika Daudi, wala hatuna urithi katika mwana wa Yese. Haya kila mtu na aende nyumbani kwake, Israeli.”
2 त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए ।
Hivyo watu wote wa Israeli wakamwacha Daudi na kumfuata Sheba mwana wa Bikri. Lakini watu wa Yuda wakamfuata mfalme wao kwa karibu sana, kutoka Yordani njia yote hadi Yerusalemu.
3 जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
Daudi alipofika katika kasri lake huko Yerusalemu, akawachukua masuria aliokuwa amewaacha kulitunza kasri, na akawaweka katika nyumba chini ya uangalizi. Aliwaandalia mahitaji yao lakini hakulala nao tena. Hivyo walikuwa wametengwa hadi siku ya kufa kwao, waliishi kama wajane.
4 त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”
Kisha mfalme akamwambia Amasa, “Uwaite watu wa Yuda ndani ya siku hizi tatu; wewe pia uwepo hapa.”
5 त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए ।
Hivyo Amasa akaenda kuwaalika watu wote wa Yuda kwa pamoja, lakini akatumia muda mrefu kulika mfalme alivyokuwa amemwamuru.
6 त्‍यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
Hivyo Daudi akamwambia Abishai, “Sasa Sheba mwana wa Bikri atatufanyia madhara zaidi ya Absalomu. Chukua watumishi wa bwana wako, askari wangu, na umfuatie asije akaingia katika mji wenye ngome na kututoroka.”
7 त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
Ndipo watu wa Yoabu wakamfuatia, pamoja na Wakerethi na Wapelethi na mashujaa wote. Wakatoka Yerusalemu ili kumfuatia Sheba mwana wa Bikri.
8 जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
Walipokuwa katika jiwe kubwa lililoko Gibeoni, Amasa akaja kuwalaki. Yoabu alikuwa amevaa silaha ya vita aliyokuwa ameivaa, alikuwa pia na upanga uliokuwa umefungwa na mkanda katika kiuno chake. Kadili alivyoendelea mbele upanga ukadondoka.
9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।
Hivyo Yoabu akamwambia Amasa, “Haujambo binamu yangu?” Kwa utaratibu Yoabu akakishika kidevu cha Amasa kwa mkono wake wa kulia ili ambusu.
10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
Amasa hakutambua kwamba kulikuwa na jambia katika mkono wa kushoto wa Yoabu. Yoabu akamchoma Amasa tumboni na matumbo yake yakadondoka chini. Wala Yoabu hakumpiga tena, na Amasa akafa. Hivyo Yoabu na Abishai nduguye wakamfuatia Sheba mwana wa Bikri.
11 योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”
Kisha mmoja wa watu wa Yoabu akasimama kando ya Amasa naye akasema, “Aliye upande wa Yoabu na aliyeupande wa Daudi na amfuate Yoabu.”
12 अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्‍टिरहे । सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्‍यो । त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्‍यसले देख्‍यो ।
Amasa akawa anagalagala katika damu yake katikati ya njia. Mtu yule alipoona kwamba watu wote wamesimama, akambeba Amasa na kumweka shambani kando ya njia. Akatupa vazi juu yake kwa maana aliona kila mmoja aliyekuja alisimamaa pale.
13 अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्‍न सबै मानिसले योआबलाई पछ्याए ।
Baada ya Amasa kuondolewa njiani watu wote wakamfuata Yoabu katika kumfuatia Sheba mwana wa Bikri.
14 शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्‍यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
Sheba akazipita kabila zote za Israeli mpaka Abeli wa Beth Maaka, na katika nchi yote ya Berite ambao pia walijikusanya pamoja pia na kumfuatia Sheba.
15 तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।
Walimpata na kumzingira huko Abeli wa Bethi Maaka. Wakajenga buruji ya kuhusuru mji nyuma ya ukuta. Jeshi lote lilokuwa pamoja na Yoabu likaugongagonga ukuta ili uanguke.
16 त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्‍छु ।”
Ndipo mwanamke mwerevu akapiga kelele kutoka ndani ya mji, “Sikiliza, Yoabu, tafadhari sikiliza! Sogea karibu nami ili niongee nawe.”
17 त्यसैले योआब तिनको नजिक गए र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्‍नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्‍दै छु ।”
Hivyo Yoabu akakaribia, mwanamke akamwambia, “Je wewe ni Yoabu? Akajibu, “ni mimi.” mwanamke akamwambia, “Sikiliza maneno ya mtumishi wako.” Akajibu, “Nasikiliza.”
18 तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्‍ने गर्थे, 'निश्‍चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।
Ndipo aliposema,”Hapo zamani ilisemwa, 'Bila shaka tafuteni ushauri huko Abeli,' na kwamba ushauri huo utakata maneno.
19 इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्‍वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्‍दै हुनुहुन्‍छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्‍न चाहनुहुन्छ?
Sisi ni mji ulio miongoni mwa miji yenye nguvu na aminifu sana katika Israeli. Mnataka kuharibu mji ambao ni mama katika Israeli. Kwa nini unataka kuumeza urithi wa Yahwe?”
20 त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।
Ndipo Yoabu alipojibu na kusema, “Iwe mbali, iwe mbali nami, hata nikameze au kuharibu.
21 त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्‍नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्‍पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
Hiyo si kweli. Lakini mtu kutoka katika nchi ya milima ya Efraimu, aitwaye Sheba mwana wa Bikri, ameinua mkono wake kinyume cha mfalme, kinyume cha Daudi. Mtoeni yeye nami nitauacha mji.” Mwanamke akamwambia Yoabu, “Utarushiwa kichwa chake kutoka juu ya ukuta.”
22 त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्‍यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
Kisha mwanamke akawaendea watu wote wa mji kwa hekima yake. Wakakiondoa kichwa cha Sheba mwana wa Bikri na kumrushia Yoabu. Ndipo alipopiga tarumbeta na watu wa Yoabu wakauacha mji kila mtu nyumbani kwake. Na Yoabu akarejea Yerusalemu kwa mfalme.
23 अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
Yoabu alikuwa juu ya jeshi lote la Israeli na Benaya mwana wa Yehoiada alikuwa juu ya Wakerethi na Wapelethi.
24 अदोनीरामचाहिं ज्‍यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
Adoramu alikuwa juu ya watu waliofanya kazi ya shokoa na Yehoshafati mwana wa Ahiludi alikuwa mkumbushaji.
25 शेभा शास्‍त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
Sheva alikuwa mwandishi, na Sadoki na Abiathari walikuwa makuhani.
26 याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।
Ira wa Yairi alikuwa mhudumu mkuu wa Daudi.

< २ शमूएल 20 >