< २ शमूएल 20 >
1 त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्या उत्पन्न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
當時,在那裏有個敗類,始叫舍尸巴,是本雅明人彼革黎的兒子。吹著號,喊說:「我們和達味沒有關係,對葉瑟兒子的產業沒有分子。以色列人! 各自回本家吧!
2 त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्ना राजाको पछिपछि गए ।
因此,眾以色列人離開達味,跟隨了彼革黎的兒子舍巴;但猶大人仍然緊隨他們的君王,由約旦河直到了耶路撒冷。
3 जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
達味王進了耶路撒冷的宮殿,就將他留下看守宮殿的十個個嬪妃,留在禁官裏,養活她們,卻不再親近她們。她們被禁在冷官內,一直到死,終身守寡。
4 त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”
王對阿瑪撒說:「三天之內,你應給我召集猶大人,你也親自也該來到這裏」。
5 त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए ।
阿彼撒去召集猶大人,但他遲延耽擱,過了君王他所定的期限。
6 त्यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
達味就對阿彼撒說:「現今彼革黎的兒子舍巴危害我們,恐怕甚於阿貝沙隆。你快去領你主人的軍隊去追趕他,免得他佔了設防的城,由我們眼前逃脫」。
7 त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
約阿布的部下,革肋提人和培肋提人,以及所有的勇士,都跟阿彼撒去了。他們由耶路撒冷出發,趕走彼革黎的兒子舍巴。
8 जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
當他們來到基貝紅的大石旁,阿瑪撒也迎面而來。約阿布身穿戰袍,束著腰帶,腰間掛著一把帶鞘的刀。約阿布的刀出鞘落地。
9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।
約阿布對阿瑪撒說:「吾兄,你好﹖」約阿布遂用石手抓住阿瑪撒的鬍鬚,與他親吻。
10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्याउँदै गए ।
阿瑪撒沒有提防約阿布手中的刀;約阿布就用刀刺穿了他的肚腹,五臟傾流在地上,沒有再刺第二下,他就死了。約阿布與自己的兄弟阿彼瑟,便往前追趕彼革黎的兒子舍巴。
11 योआबका मानिसमध्ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्यो जसले योआबको पक्ष लिन्छ र त्यो जो दाऊदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस् ।”
看守阿瑪撒屍首的約阿布的一個兵士喊說:「誰喜愛約阿布,誰屬達味,就跟約阿布去! 」
12 अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्टिरहे । सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्यो । त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्यसले देख्यो ।
阿瑪撒此時臥在路中血泊中,那人見眾人停留不前,就將阿瑪撒的屍首,由路上搬到田裏,上面蓄上一件衣服,因為他見軍人到了那裏,就停在屍首前。
13 अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए ।
屍首由路上搬走後,軍人就都過去,跟隨約阿布追趕彼革黎的兒子舍巴。
14 शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
舍巴走遍了以色列各支派,人都不理他。隨後到了貝特瑪阿加的阿貝耳,眾彼革黎人卻聚集起來,跟隨了他。
15 तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्नलाई त्यसमा हिर्काउन लागे ।
約阿布大軍前來,把他包圍在貝特瑪阿加的阿貝內,興築攻城的壁壘。跟隨約阿布的大軍遂下手挖城牆,使牆倒塌。
16 त्यसपछि एक जना बुद्धिमान स्त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्नुहोस्, कृपया सुन्नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्छु ।”
當時城中有個聰明的婦人,站在城牆上喊說:「請聽! 請聽! 你們對約阿布說:來這裏,我有話對你說」。
17 त्यसैले योआब तिनको नजिक गए र ती स्त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्दै छु ।”
約阿布來到她那裏,婦人便問說:「你是約阿布嗎﹖」他答說:「我是」。她便對他說:「請你聽你婢女一言! 」他答說:「我聽」。
18 तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्ने गर्थे, 'निश्चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।
她說:「從前有句話說:你去問問阿貝耳,事便可解決。
19 इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्दै हुनुहुन्छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्न चाहनुहुन्छ?
我在以色列算是一座和平忠厚的城,你卻圖謀消滅一座以色列的母城。為什麼你要吞滅上主的產業﹖」
20 त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।
約阿布答說:「決無此事,我決無意消滅或破壞。
21 त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
完全不是這麼一回事;只因厄弗辣因山地的一人,即彼革黎的兒子名叫舍巴的,造反抗拒達味王;只要你們將他交來,我即撤離此城」。婦人對約阿布說:「請看,他的頭由城上拋給你」。
22 त्यसपछि ती स्त्री आफ्नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
婦人就去憑自己的智慧勸說眾百姓。他們便砍了彼革黎的兒子舍巴的頭,拋給約阿布。約阿布遂吹起號角,撤兵離城,各自了本家。約阿布也回了耶路撒冷君王那裏。
23 अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
約阿布統率以色列的眾軍隊;約雅達的兒子貝納雅管理革勒提人和培肋提人;
24 अदोनीरामचाहिं ज्यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
阿多蘭管理奴役;阿希路得的兒子約沙法特作御史;
25 शेभा शास्त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
史沙作書記;匝多克和厄貝雅塔爾作司祭;
26 याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।
此外,雅提爾人依辣也也作達味的司祭。