< २ शमूएल 2 >

1 यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?” पमरप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा ।” दाऊदले भने, “म कुन सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा ।”
Ikawa baada ya haya Daudi akamuuliza Yahwe, “Je naweza kuupandia mmojawapo wa miji ya Yuda?” Yahweh akamjibu, “Panda.” Daudi akauliza, “Niuendee mji upi? Yahwe akajibu, “Hebroni”
2 त्यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम र नाबालकी विधवा कार्मेली अबीगेलसहित माथि गए ।
Hivyo Daudi akakwea pamoja na wake zake wawili, Ahinoamu wa Yezreeli, na Abigaili wa Karmeli, mjane wa Nabali.
3 दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
Daudi akawaleta watu waliokuwa pamoja naye, na kila mmoja akaleta familia yake katika mji wa Hebroni walipoanza kuishi.
4 त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”
Kisha watu wa Yuda wakaja na kumtia Daudi mafuta kuwa mfalme juu ya nyumba ya Yuda. Wakamwambia Daudi, “Watu wa Yabeshi Gileadi wamemzika Sauli.”
5 त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
Hivyo Daudi akatuma wajumbe kwa watu wa Yabeshi Gileadi akawambia, “Mbarikiwe na Yahwe, kwa kuwa mmeonesha utiifu huu kwa bwana wenu Sauli mliyemzika.
6 अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ ।
Sasa Yahwe awadhihirishie utiifu na uaminifu wa kiagano. Nami pia nitawaonesha wema kwa sababu ya yale mliyoyafanya.
7 अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”
Sasa basi, mikono yenu itiwe nguvu; mwe jasiri kwa maana Sauli bwana wenu amekufa, na nyumba yote ya Yuda imenitia mafuta niwe mfalime wao.
8 तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।
Lakini Abneri mwana wa Neri, mkuu wa jeshi la Sauli, akamchukuwa Ishboshethi mwana wa Sauli akamleta Mahanaimu.
9 उनले ईश्‍बोशेतलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए ।
Akamfanya Ishboshethi mfalme juu ya Gileadi, Asheri, Yezreeli, Efraimu, Benjamini na juu ya Israeli yote.
10 शाऊलका छोरा ईश्‍बोशेतले इस्राएलमाथि शासन गर्न सुरु गर्दा तिनी चालिस वर्षका थिए, र तिनले दुई वर्ष राज्‍य गरे । तर यहूदाको घरानाले दाऊदलाई नै पछ्याए ।
Ishiboshethi mwana wa Sauli alikuwa na umri wa miaka arobaini alipoanza kutawala juu ya Israeli, akatawala miaka miwili. Lakini nyumba ya Yuda ikaambatana na Daudi.
11 दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष छ महिना थियो ।
Muda ambao Daudi alikuwa mfalme juu ya nyumba ya Yuda huko Hebroni ni miaka saba na miezi sita.
12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्‍बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
Abneri mwana wa Neri na watumishi wa Ishboshethi mwana wa Sauli walitoka Mahanaimu kwenda Gibeoni.
13 सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्‍के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
Yoabu mwana wa Seruya na watumishi wa Daudi wakatoka na kukutana nao katika bwawa la Gibeoni. Wakakaa pale, kundi moja upande huu wa bwawa na kundi lingine upande wa pili.
14 अबनेरले योआबलाई भने, “जवान मानिसहरू उठुन् र हाम्रो सामुन्‍ने प्रतिस्पर्धा गरून् ।” योआबले भने, “तिनीहरू उठुन् ।”
Abneri akamwambia Yoabu, “haya, vijana na wainuke na kushindana mbele yetu.” Yoabu akajibu, “haya na wainuke.”
15 त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्‍बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
Ndipo vijana walipoinuka na kukutana, kumi na wawili kwa ajili ya Banjamini na Ishboshethi mwana wa Sauli, na kumi na wawili kutoka kwa watumishi wa Daudi.
16 हरेकले आ-आफ्‍नो प्रतिद्वन्द्वीलाई टाउकोमा समात्यो र आ-आफ्‍नो प्रतिद्वन्द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे र तिनीहरू एकसाथ भुईंमा ढले । यसकारण, त्यस ठाउँलाई “हल्कत-हज्‍जुरीम” वा “तरवाको मैदान” भनियो जुन गिबोन हो ।
Kila mtu akakamata kichwa cha adui yake na kupiga upanga wake katika ubavu wa adui yake, wakaanguka chini pamoja. Kwa hiyo mahali pale pakaitwa kwa Kiebrania, “Helkath Hazzurim,” yaani “konde la upanga,” lililopo Gibeoni.
17 त्यस दिन घमसान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्‍ने परास्‍त भए ।
Vita ikawa kali sana siku ile na Abneri na watu wa Israeli wakashindwa na watumishi wa Daudi.
18 सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए ।
Wana watatu wa Seruya walikuwepo pale: Yoabu, Abishai na Asaheli.
19 असाहेल नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे ।
Asaheli alikuwa mwepesi miguuni kama paa. Akamfuatilia Abneri kwa karibu bila kugeuka upande wowote.
20 अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ?” तिनले भने, “हो, म हुँ ।”
Abneri akaangalia nyuma yake na kusema, “Ni wewe Asaheli?” Akajibu, “ni mimi.”
21 अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।
Abneri akamwambia, “Geuka upande wako wa kuria au kushoto umshike mmojawapo wa vijana na kuchukua silaha yake.” Lakini Asaheli hakugeuka.
22 त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”
Ndipo Abneri alipomwambia tena Asaheli, “Simama usinifuate. Kwa nini nikupige hata chini? Nitautazamaje uso wa Yoabu ndugu yako?”
23 तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्‍यो, त्‍यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
Lakini Asaheli hakukubari kugeuka. na hivyo Abneri akamchoma kwa nchi ya mkuki wake, hata ukatokea upande wa pili. Asaheli akaanguka chini akafa. Hata ikawa kila mmoja aliyefika mahali pale Asaheli alipoanguka na kufa, alisimama hapo hapo.
24 तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्‍न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्‍थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
Lakini Yoabu na Abishai wakamfuatilia Abneri. Wakati jua linazama walikuwa wamefika mlima wa Amma, uliopo karibu na Gia katika njia ielekeayo nyika ya Gibeoni.
25 बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
Wabenjamini wakajikusanya nyuma ya Abneri na kusimama juu ya kilima.
26 त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने छ?”
Kisha Abneri akamwita Yoabu na kusema, “Je ni lazima upanga uendelee kurarua daima? Je haujui kwamba mwisho wake utakuwa mchungu? Hata line ndipo uwaambie watu wako waache kuwafuatia ndugu zao?”
27 योआबले जवाफ दिए, “जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ, तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए ।”
Yoabu akajibu, “Kama Mungu aishivyo, usingesema hivyo, askari wangu wangewafuatia ndugu zao hata asubuhi!”
28 त्यसैले योआबले तुरही फुके र तिनका सबै मानिसहरू रोकिए र फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे ।
Ndipo Yoabu akapiga tarumbeta, na watu wake wote wakasimama na hawakuendelea kuwafuata Israeli tena wala hawakupigana tena.
29 अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्‍यसपछि महनोममा पुगे ।
Abneri na watu wake wakasafiri usiku wote kupitia Araba. Wakavuka Yordani, wakatembea asubuhi yote iliyofuata, na hata wakafika Mahanaimu.
30 योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
Yoabu akarudi kutoka katika kumfuatia Abneri. Akawakusanya watu wake wote, ambopo Asahali na askari wengine kumi na tisa wa Daudi walipungua.
31 तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
Lakini watu wa Daudi walikuwa wameua watu 360 wa Benjamini na Abneri.
32 त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।
Kisha wakamchukua Asahali na kumzika katika kaburi la baba yake, lililokuwapo Bethlehemu. Yoabu na watu wake wakasafiri usiku wote, kukacha wakati wanafika Hebroni.

< २ शमूएल 2 >