< २ शमूएल 17 >

1 त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।
Ahithofel nowachone Abisalom niya, “Kane bed ni an in, to dine ayiero ji alufu apar gariyo kendo awuokgo otieno ma kawuononi mondo alaw Daudi;
2 तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।
mi amonje kapod ool kendo onyosore. Anami kihondko malich make mi ji duto man kode ring weye. Daneg mana ruoth kende
3 दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”
eka aduog ji duto iri. Ka ngʼat midwaro ngimaneni otho; to ji duto noduog maonge ngʼama nohinyre.”
4 अहीतोपेलले भनेको कुरा अब्शालोम र इस्राएलका सबै धर्म-गुरुलाई मन पर्‍यो ।
Wachni ne nenore ni ber ne Abisalom gi jodong Israel duto.
5 त्यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्छन् हामी सुनौं ।”
To Abisalom nowacho niya, “Luonguru Hushai ja-Arki, mondo en bende wawinj gima owacho.”
6 जब हूशै अब्बशालोमकहाँ आए, अब्बशालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए र हूशैलाई सोधे, “के हामीले अहीतोपेलले भनेका कुरा गरौं? होइन भने, हामीलाई तपाईंको सल्लाह भन्‍नुहोस् ।”
Kane Hushai osebiro ire, Abisalom nowacho niya, “Ma e rieko mane Ahithofel osengʼado. Owinjore watim kamano koso? To ka ok kamano to kare nyiswa ane kaka iparo.”
7 त्यसैले हूशैले अब्शालोमलाई भने, “अहीतोपेलले दिएका सल्लाह यस पटक ठिक छैन ।”
Hushai nodwoko Abisalom niya, “Rieko ma Ahithofel ongʼado kawuononi ok ber.
8 हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्‍नुहुने छैन ।
Ingʼeyo ni wuonu gi joge gin jolweny, bende gin joma ger mana ka ondiek moma nyithinde. Bende nyaka ingʼe ni wuonu en jalweny mongʼith; ok obi nindo kama jolweny nindoe.
9 हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'
Kata mana sani koro osepondo e bur moro kata mana kamachielo; kipo ni en ema okwongo omonjo jogi, ngʼato angʼata mowinjo wachno biro wacho ni, ‘Oseneg jolweny mag Abisalom.’
10 त्यसपछि सिंहको जस्‍तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने छ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्‍दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।
Kata mana jalweny ma jachir ma chunye chalo gi chuny sibuor, biro kirni ka luoro ohewe, nimar Israel duto ongʼeyo wuonu ni en jalweny kendo ni ji man kode gin jochir.
11 त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।
“Kuom mano an angʼadoni rieko kama: Chok jo-Israel duto, chakre Dan nyaka Bersheba gin joma ngʼeny ka kwoyo man e dho nam, to in mondo itel nyimgi ka ukedo.
12 त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्‍ने छौं र जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं । हामीले उनका मानिसहरू वा उनी स्वयम्‌ एउटालाई पनि जीवित छोड्ने छेनौं ।
Eka wanamonje kamoro amora minyalo yude kendo wanapodh kuome mana ka thoo momoko e lum maonge ngʼato kuomgi kata achiel manowe kangima.
13 उनी सहरमा शरण लिन्छन् भने, त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् र त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्ने छौं ।”
Kaponi odhi mopondo e dala moro, to jo-Israel duto nokel tonde e dalano kendo wanaywa ohinga mar dalano mi wamuke kwatere e holo ma kata mana bathe matin ok noyudi.”
14 अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो ।
Abisalom kod ji duto mag Israel nowacho niya, “Rieko mar Hushai ja-Arki ber moloyo mar Ahithofel.” Nimar Jehova Nyasaye noramo ni nyaka oroch rieko maber mane Ahithofel ongʼado mondo okelni Abisalom masira.
15 तब हूशैले सादोक र अबियाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई यस्‍तो-यस्‍तो सल्लाह दिए, तर मैले अरू नै सल्लाह दिएको छु ।
Hushai nonyiso Zadok gi Abiathar, ma jodolo niya, “Ahithofel osengʼado rieko ni Abisalom gi jodong Israel mondo otim ma gi macha, to an bende asengʼado rieko mondo gitim mana kama.
16 अब चाँडो जाओ र दाऊदलाई खबर गर । उनलाई भन, 'आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस्, तर कुनै पनि उपायले पारि तर्नुहोस्, नत्र राजाका अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिने छन्' ।”
Koro oruru wach piyo piyo mondo unyis Daudi ni, ‘Kik inindi e dho wath manie thim; to nyaka ingʼadi idhi loka machielo nono to ruoth gi joma ni kode notieki.’”
17 यति बेला जोनाथन र अहीमास एन-रोगेलको पानीको मूलमा पर्खिरहेका थिए । तिनीहरूले जान्‍नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन्, किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे । जब खबर आउँथ्यो, तब तिनीहरू गएर राजालाई भन्थे ।
Jonathan gi Ahimaz ne ni En Rogel. Nyako moro ma jatich ne onego ternegi wach, to gin ne giterone ruoth Daudi nikech ne ok gidwar ni ngʼato onegi ka gidonjo e dala maduongʼno.
18 तर योपल्‍ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्बशालोमलाई बतायो । त्यसैले जोनाथन र अहीमास तुरुन्‍तै गए र बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे ।
To kata kamano rawera moro nonenogi mowacho ni Abisalom. Omiyo ji ariyogi nowuok piyo kendo negidhi Bahurim e od ngʼat moro. Ne en gi soko e laru mare, kendo negidonjo e iye.
19 ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।
Chi ngʼatno nokawo gimoro ma oumogo soko bangʼe ne omoyo cham e wiye. To onge ngʼama nofwenyo sokono.
20 अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।
Kane jo-Abisalom obiro e od dhakoni, negipenje niya, “Ere Ahimaz gi Jonathan?” Dhakono nodwoko niya, “Ne gisengʼado aora.” Jogi nodwero to ne ok giyudo ngʼato, mine gidok Jerusalem.
21 तिनीहरू गएपछि जोनाथन र अहीमास इनारबाट बाहिर निस्‍के । उनीहरू दाऊद राजालाई खबर दिन गए । तिनीहरूले उनलाई भने, “उठ्नुहोस् चाँडो नदी तर्नुहोस, किनभने अहीतोपेलले तपाईंको बारेमा यस्‍तो-यस्‍तो सल्लाह दिएका छन् ।”
Ka jogo nosedhi, ji ariyogi nowuok e soko mi gidhi gitero ni ruoth Daudi wach. Negiwachone niya, “Wuogi ingʼad aora piyo, Ahithofel osengʼado rieko machal kama kuomi.”
22 त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।
Omiyo Daudi gi ji duto mane ni kode nowuok mongʼado aora Jordan. Kane piny yawore to ne onge ngʼat modongʼ kapok ongʼado Jordan.
23 जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्‍डाए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।
Kane Ahithofel oneno ni rieko mane ongʼado ok oluw, noidho pundane modok dalagi e ode. Noloso weche mag ode; bangʼe ne odere. Omiyo notho moike e bur wuon mare.
24 त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
Daudi nodhi Mahanaim, to Abisalom nongʼado aora Jordan kod jo-Israel duto.
25 अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए । अमासा इश्‍माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।
Abisalom noseketo Amasa mondo otel ni jolweny kar Joab. Amasa ne wuod ngʼat moro miluongo ni Jetha, ja-Israel mane okendo Abigael, nyar Nahash mane nyamin Zeruya ma min Joab.
26 तब इस्राएल र अब्बशालोमले गिलादको जमिनमा छाउनी हाले ।
Jo-Israel gi Abisalom nojot e piny Gilead.
27 जब दाऊद महनोममा आएका थिए, अम्‍मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्‍मीएलको छोरा माकीर र रोगेलिमबाट आएका गिलादी बर्जिल्लैले
Kane Daudi obiro Mahanaim, Shobi wuod Nahash maa Raba e piny jo-Amon, gi Makir wuod Amiel maa Lo Debar, gi Barzilai ma ja-Gilead maa Rogelim,
28 सुत्‍ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्‍न, सिमी, दाल
nokelo gige nindo gi bakunde to gi gik mochwe gi lowo. Bende negikelo ngano gi shairi, mogo gi cham molodi, oganda gi ngʼor,
29 मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”
mor kich gi chak mopoto, rombe, cha dhiangʼ mopoto mongʼin ni Daudi gi joge mondo ocham. Nimar negiwacho niya, “Jogi osebedo mool kendo riyo ohewogi e thim.”

< २ शमूएल 17 >