< २ शमूएल 16 >

1 दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए ।
After David had gone a little way past the top of the mountain, there was Ziba, Mephibosheth's servant, waiting to meet him. He had two donkeys already saddled with him carrying two hundred loaves of bread, a hundred raisin cakes, a hundred summer fruits, and a skin of wine.
2 राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”
“What did you bring these for?” David asked Ziba. Ziba replied, “The donkeys are for the king's family to ride on, the bread and summer fruit are for the men to eat, and the wine is for those to drink who get worn out in the wilderness.”
3 राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”
“Where is your master's grandson?” the king asked. Ziba answered, “He decided to stay in Jerusalem. He's saying, ‘Today the people of Israel will give me back my grandfather's kingdom.’”
4 तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु । मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं ।”
The king told Ziba, “I give you everything that belongs to Mephibosheth!” “I bow before you,” Ziba replied. “May you approve of me, Your Majesty.”
5 जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो ।
As King David arrived at the town of Bahurim, a man from Saul's family was just leaving. His name was Shimei, son of Gera, and he was shouting out curses as he came.
6 राजाको दाया र बायातिर फौजहरू र अङ्गरक्षकहरू भए तापनि उसले दाऊदलाई र राजाका अधिकारीहरूलाई ढङ्गाले हान्‍यो ।
He threw stones at David and all the king's officers, even though the king's men and all his bodyguards surrounded David.
7 शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्‍ट, तँ रक्‍तपात गर्ने मानिस!
“Get out of here, just get out, you murderer, you wicked man!” Shimei said as he cursed.
8 तैंले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको छ, जसको ठाउँमा तैंले राज्‍य गरेको छस् । परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्य दिनुभएको छ । तेरो सर्वनाश भएको छ किनभने तँ रक्‍तपातको मानिस होस् ।”
“The Lord has paid you back for all of Saul's family that you killed, and for stealing Saul's throne. The Lord has given the kingdom to your son Absalom. Look how you've ended up in disaster because you're a murderer!”
9 त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्‍ने? कृपया, पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।”
Abishai, son of Zeruiah, asked the king, “Why should this dead dog curse Your Majesty? Let me go and cut off his head!”
10 तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्‍नुभएको हुनाले त्यसले मलाई सराप्‍दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्‍दै छौ?' भनेर कसले भन्‍न सक्छ' ।”
“What's that got to do with you, you sons of Zeruiah?” the king replied. “If he's cursing me because the Lord told him to, then who can question what he's doing?”
11 त्यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।
David said to Abishai and to all his officers, “Look, if my very own son is trying to kill me, why shouldn't this Benjamite want to even more! Leave him alone; let him curse me, for the Lord told him to.
12 सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”
Perhaps the Lord will see how I'm suffering and will pay me back with good for his curses today.”
13 त्यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिंडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै, सराप्दै, धुलो छर्दै र ढुङ्गा हान्दै गए ।
David and his men continued down the road, with Shimei keeping up with them on the hillside opposite. He went on cursing as he went along, throwing stones and dirt at David.
14 त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।
The king and everyone with him were tired out when they arrived at the Jordan. David rested there.
15 अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।
In the meantime Absalom and all the Israelites with him arrived in Jerusalem, along with Ahithophel.
16 जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!”
Hushai the Arkite, David's friend, went to see Absalom and declared, “Long live the king! Long live the king!”
17 अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”
“Is this how you show loyalty to your friend?” Absalom asked. “Why didn't you leave with your friend?”
18 हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्‍यही मानिसको हुने छु र उसैसित म बस्‍ने छु ।
“Certainly not!” Hushai replied. “I'm on the side of the one chosen by the Lord, by the army, and by all the people of Israel. I will remain loyal to him.
19 साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”
In any case, why shouldn't I serve his son? In the same way I served your father I will serve you.”
20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”
Then Absalom asked Ahithophel, “Give me your advice. What shall we do?”
21 अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”
Ahithophel told him, “Go and sleep with your father's concubines—the ones he left here to look after the palace. Then everyone in Israel will realize that you have so offended your father there's no turning back, which will encourage all your supporters.”
22 त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।
So they put up a tent on the palace roof and Absalom went in and had sex with his father's concubines in the full view of everyone.
23 अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्तै हुन्थ्यो । दाऊद र अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्यसरी नै लिन्थे ।
At that time Ahithophel's advice was like receiving messages from God himself. This was how both David and Absalom viewed Ahithophel's advice.

< २ शमूएल 16 >