< २ शमूएल 16 >
1 दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्पा किसमिस, नेभारा एक सय झुप्पा र एक मशक दाखमद्य थिए ।
Kane Daudi osewuotho matin koa ewi got, noyudo Ziba jarit mwandu mag Mefibosheth, karite mondo oromne. Ne osembo punde bwora motingʼo makati mia ariyo, gi olemb mzabibu mongʼin mag makati mia achiel gi olemb ngʼowu mongʼin bende mia achiel kod divai mool e dende.
2 राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”
Ruoth nopenjo Ziba niya, “Angʼo momiyo ikelo gigi?” Ziba nodwoke niya, “Pundegi gin ma jood ruoth nyalo idho, makati gi olembe to gin mar jogi mondo ocham, divai to en mar duogo chuny joma ool e thim mondo omadhi.”
3 राजले भने, “त्यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”
Eka ruoth nopenje niya, “To ere nyakwar ruodhi?” Ziba nowachone niya, “Odongʼ Jerusalem, nikech oparo ni, ‘Kawuononi jo-Israel dhi dwokona loch kwara.’”
4 तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्छु । मैले हजुरको दृष्टिमा निगाह पाउन सकौं ।”
Eka ruoth nowachone Ziba niya, “Gik moko duto ma mag Mefibosheth koro gin magi.” Ziba nowachone niya, “Erokamano. Mad ayud ngʼwono e wangʼ ruodha ma en ruoth.”
5 जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्दै गर्दा उसले सराप्दै गयो ।
Ka ruoth Daudi nochimo Bahurim, ngʼat moro moa e dhoodgi Saulo nobiro koa kuno. Nyinge ne Shimei wuod Gera, nowuok kowacho weche mag kwongʼ.
6 राजाको दाया र बायातिर फौजहरू र अङ्गरक्षकहरू भए तापनि उसले दाऊदलाई र राजाका अधिकारीहरूलाई ढङ्गाले हान्यो ।
Nobayo Daudi gi jodong ruoth gi kite, kata obedo ni jolweny gi thuondi ne ogengʼo bath Daudi korachwich gi koracham.
7 शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्ट, तँ रक्तपात गर्ने मानिस!
Shimei nokwongʼe kawacho niya, “Wuog idhi, wuog idhi in ngʼat mosechwero remo, kendo mofuwoni.
8 तैंले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको छ, जसको ठाउँमा तैंले राज्य गरेको छस् । परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्य दिनुभएको छ । तेरो सर्वनाश भएको छ किनभने तँ रक्तपातको मानिस होस् ।”
Jehova Nyasaye osechuli kuom remo duto mane ichwero e dhood Saulo, ma isetiyo kar lochne. Jehova Nyasaye osemiyo wuodi Abisalom pinyruoth. Osetieki nikech in dhano mohero chwero remo.”
9 त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्ने? कृपया, पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।”
Eka Abishai wuod Zeruya nowachone ruoth niya, “Guok mothoni to kwongʼo ruodha nangʼo? We adhi angʼad ngʼute oko.”
10 तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्नुभएको हुनाले त्यसले मलाई सराप्दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्दै छौ?' भनेर कसले भन्न सक्छ' ।”
To ruoth nodwoke niya, “Angʼo machandou koda un yawuot Zeruya? Ka okwongʼa nikech Jehova Nyasaye nowachone ni, ‘Kwongʼ Daudi,’ to en ngʼa madipenj ni, ‘Angʼo momiyo itimo kama?’”
11 त्यसैले दाऊदले अबीशै र आफ्ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्यसले नै मलाई मार्न खोज्छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।
Daudi nowachone Abishai gi jodonge duto niya, “Ka wuoda, manywolo ema dwaro tieko ngimana, to kare ja-Benjamin-ni ditimna marach maromo nade! Wereuru kode odhi nyime gi kwongʼ nimar Jehova Nyasaye osenyise mondo otim kamano.
12 सायद ममाथि आइपरेको यो कष्ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”
Dipo ka Jehova Nyasaye oneno midhiero ma an-go motimona ngʼwono kar kwongʼ mayudo kawuononi.”
13 त्यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिंडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै, सराप्दै, धुलो छर्दै र ढुङ्गा हान्दै गए ।
Omiyo Daudi gi joge nomedo wuotho kadhi nyime ka giluwo yo, ka Shimei bende ne wuotho e dir got mochimore kode ka odhi nyime gi kwongʼe to obaye gi kite kokiro gik mochido kuome.
14 त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।
Ruoth gi ji duto mane ni kode nochopo kama negidhiyoe ka giol. Kendo noyweyo kanyo.
15 अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।
To gi e kindeno, Abisalom gi jo-Israel nobiro Jerusalem to Ahithofel ne ni kode.
16 जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!”
Eka Hushai ja-Arki, mosiep Daudi nodhi ir Abisalom mowachone niya, “Ruoth mondo odag amingʼa! Ruoth mondo odag amingʼa!”
17 अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”
Abisalom nopenjo Hushai niya, “Ma e kaka inyiso hera ne osiepni? Marangʼo ne ok idhi gosiepni?”
18 हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्यही मानिसको हुने छु र उसैसित म बस्ने छु ।
Hushai nowachone Abisalom niya, “Ooyo to mana ngʼat moyier gi Jehova Nyasaye, moyier gi jogi to gi jo-Israel duto mano e ngʼat mabiro bedo jakore mi asik kode.
19 साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”
To moloyo kanyo, kare onego atine ngʼa? Donge onego atine wuode? Mana kaka natiyo ni wuonu, e kaka in bende abiro tiyoni.”
20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”
Abisalom nowachone Ahithofel niya, “Ngʼadnwae rieko. En angʼo monego watim?”
21 अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्नीहरूसित सुत्नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”
Ahithofel nodwoke niya, “Terri gi monde wuonu mamoko mane oweyo karito dala ruoth. Eka jo-Israel nowinj kaka isebedo mangʼwe e um wuonu, kendo ji duto man kodi nobed gi teko.”
22 त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्नीहरूसित सुते ।
Omiyo negiguro hema ne Abisalom ewi ot malo kendo noterore gi monde wuon-gi mamoko mana ka jo-Israel duto neno.
23 अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्वर स्वयम्को मुखबाट मानिसले सुनेको जस्तै हुन्थ्यो । दाऊद र अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्यसरी नै लिन्थे ।
E ndalono rieko mane Ahithofel ngʼado nechalo mana ka ngʼat mopenjo Nyasaye wach. Mano e kaka Daudi gi Abisalom ne okawo rieko ma Ahithofel ne chiwo.