< २ शमूएल 14 >
1 राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।
Joab, son of Zeruiah, knew that the king kept on thinking about Absalom.
2 योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्त्रीजस्तो होऊ ।
So Joab sent a messenger to Tekoa to bring back a wise woman who lived there. He told her, “Pretend to be a mourner. Put on clothes for mourning, and don't use any scented oils. Be like a woman who has been in mourning for the dead a long time.
3 अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ ।” यसरी उनले राजालाई भन्नुपर्ने कुरा योआबले उनलाई भने ।
Then go to the king and tell him this.” Joab told her what to say.
4 तकोकी ती स्त्रीले राजासँग कुरा गर्दा, उनले आफ्नो अनुहार भुईंमा घोप्टो पारिन् र भनिन्, “हे महाराजा, मलाई सहायता गर्नुहोस् ।”
When the woman from Tekoa went to see the king, she bowed facedown to the ground in respect, and said, “Please help me, Your Majesty!”
5 राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।
“What's the matter?” the king asked her. “Sadly I'm a widow. My husband is dead,” she replied.
6 म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्यो र त्यसलाई मार्यो ।
“Your Majesty, I had two sons. They had a fight outside, and there was nobody there to stop them. One of them hit the other, and killed him.
7 सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।
Now the whole family is against me. They're saying, ‘Hand over your son who killed his brother so we can put him to death for murdering his brother. That way he won't inherit anything either!’ By doing this they would snuff out the last ember of hope I have to carry on my husband's name and family in the world.”
8 राजाले ती स्त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिने छु ।”
“Go on home,” the king told the woman, “and I myself will make sure your case is dealt with for you.”
9 तकोकी महिलाले राजालाई जवाफ दिइन्, “हे मेरो मालिक महाराजा, सारा दोष म र मेरो पिताको घरानामाथि परोस् । महाराजा र उहाँको सिंहासन दोषरहित होस् ।
“Thank you, Your Majesty,” said the woman. “I and my family will take the blame, and may Your Majesty and your family be held to be innocent.”
10 राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”
“If anyone complains to you about it, bring him here to me, and he won't bother you again!” the king told her.
11 उनले भनिन्, “महाराजाले परमप्रभु आफ्ना परमेश्वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्ने छैन ।
“Please, Your Majesty,” the woman continued, “swear by the Lord your God that you will stop the person wanting to avenge the murder from making it worse by killing my son!” “As the Lord lives,” he promised, “not a single hair from your son's head will fall to the ground.”
12 अनि ती स्त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”
“Could I please ask for one other thing, Your Majesty?” the woman asked. “Go ahead,” he replied.
13 त्यसैले ती स्त्रीले भनिन्, “तपाईंले परमश्वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्नुहुँदा उहाँ कुनै दोषी व्यक्तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।
“So why have you schemed in a similar way against the people of God?” the woman asked. “Since Your Majesty just decided my case by what you said, haven't you convicted yourself because you refuse to bring back the son you banished?
14 किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्मा पार्न सकिंदैन । तर परमेश्वरल जीवन लिनुहुने छैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ ।
Yes, we all have to die. We're like water spilled on the ground that can't be collected again. But that's not what God does. Instead he works out ways for anyone who is banished to come back home to him.
15 अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।
That's why I've come to explain this to Your Majesty, because someone has frightened me. So I thought to myself, I will go and speak to the king. Perhaps he will grant my request.
16 सायद महाराजाले मेरो बिन्ती सुन्नुहुने छ र परमेश्वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्ट पार्ने मानिसहरूको हातबाट मुक्त गर्नुहुने छ ।'
Perhaps the king will listen and save me from the man who would cut off both me and my son from God's chosen people.
17 त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्वर तपाईंसँग हुनुभएको होस् ।”
I thought: May what Your Majesty says bring me peace, for Your Majesty is able to tell the difference between good and evil, just like an angel of God. May the Lord your God be with you!”
18 अनि राजाले जवाफ दिए र ती स्त्रीलाई भने, “मैले तिमीलाई सोध्ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्नहोस् ।”
“Please don't refuse to answer the question I'm about to ask,” the king said to the woman. “Please ask your question, Your Majesty,” she replied.
19 राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।
“Is all this Joab's doing?” the king asked. The woman replied, “As you live, Your Majesty, no one can hide anything from you. Yes, it was Joab, your officer, who ordered me to do this—he told me exactly what to say.
20 तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्नुहुन्छ ।”
He did so to show the other side of the situation, but Your Majesty is as wise as an angel of God, and you know everything that happens in this country.”
21 राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्यो जवान अब्शालोमलाई फर्काएर ल्याऊ ।”
The king said to Joab, “Fine, I'll do it. Go and bring young Absalom back.”
22 त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”
Joab bowed down with his face to the ground in respect, and blessed the king. “Today,” said Joab, “I, your servant, know that you approve of me, Your Majesty, because you have granted my request.”
23 त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
Joab went to Geshur, and brought Absalom back to Jerusalem.
24 राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।
But the king gave this order, “He may return to his home, but he's not to come and see me.” So Absalom returned to his own home, but he didn't go and see the king.
25 सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्ति अब्शालोमभन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।
Absalom was admired as the most handsome man in the whole of Israel. He didn't have a single blemish from head to toe.
26 जब तिनले हरेक वर्षको अन्तमा गह्रौं भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे । यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वरा नापिन्थ्यो।
He cut his hair every year because it got so heavy—it weighed two hundred royal shekels.
27 अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।
He had three sons, and a daughter named Tamar—a very beautiful woman.
28 अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।
Absalom lived in Jerusalem for two years but was not permitted to see the king.
29 त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।
Absalom called Joab to arrange for him to see the king, for Joab, to send him to the king, but Joab refused to come. Absalom called Joab again, but Joab still wouldn't come.
30 त्यसैले अब्शालोमले आफ्ना सेवकहरूलाई भने, “हेर, योआबको खेत मेरो खतको छेउमै छ र त्यहाँ उसको जौ छ । जाऊ र त्यसलाई आगो लगाइदेऊ ।” अनि अब्शालोमका सेवकहरूले त्यो खेतमा आगो लगाइदिए ।
So Absalom told his servants, “Look, Joab's field is next to mine, and he has barley growing there. Go and set it on fire!” Absalom's servants went and set the field on fire.
31 अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”
Joab went to Absalom's house and asked “Why did your servants set my field on fire?”
32 अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”
“Look here,” said Absalom, “I sent for you, saying, ‘Come here. I want you to go to the king and ask: Why did I bother coming back from Geshur? It would have been better for me to stay there.’ So go and arrange for me to see the king, and if I'm guilty of anything, he can kill me.”
33 त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।
So Joab went and told the king what Absalom had said. Then David summoned Absalom, who came and bowed down with his face to the ground before him in respect. Then the king kissed Absalom.