< २ शमूएल 13 >
1 यसपछि यस्तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्नै बहिनी थिइन् ।
Forsothe it was doon aftir these thingis, that Amon, the sone of Dauid, louyde the faireste sistir, Thamar bi name, of Absolon, sone of Dauid.
2 अमनोन यति निराश भए कि आफ्नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।
And Amon perischide greetli for hir, so that he was sijk for `the loue of hir. For whanne she was a virgyn, it semyde hard to hym, that he schulde do ony thing vnonestli with hir.
3 तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।
Forsothe a freend, Jonadab bi name, sone of Semmaa, brother of Dauid, `was to Amon; Jonadab was a ful prudent man.
4 योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्छौ? के तिमी मलाई भन्दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”
Which seide to Amon, Sone of the kyng, whi art thou maad feble so bi leenesse bi alle daies? whi schewist thou not to me? And Amon seide to him, Y loue Thamar, the sister of my brother Absolon.
5 तब योनादाबले तिनलाई भने, “आफ्नो ओछ्यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्यो हेर्न सकूँ र त्यो उनको हातबाट खान सकूँ ।”
And Jonadab answeride to hym, Li thou on thi bed, and feyne thou sikenesse; and whanne thi fadir cometh, that he visyte thee, seie thou to hym, Y preye, come Thamar, my sister, that sche yyue mete to me, and make a seew, that Y ete of hir hond.
6 त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”
Therfor Amon lay doun, and `bigan as to be sijk. And whanne the kyng hadde come to visite him, Amon seide to the kyng, Y biseche, come Thamar, my sistir, that sche make twei soupyngis bifor my iyen, and that Y take of hir hond meete maad redi.
7 अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”
Therfor Dauid sente to the hows of Thamar, and seide, Come thou in to the hows of Amon, thi brother, and make thou seew to hym.
8 त्यसैले तामार आफ्नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।
And Thamar cam in to the hows of Amon, hir brother. Sotheli he lai; and sche took mele, and medlide, and made moist bifor hise iyen, and sethide soupyngis;
9 उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्यक्ति बाहिर गए ।
and sche took that, that sche hadde sode, and helde out, and settide byfor hym, and he nolde ete. And Amon seide, Putte ye out alle men fro me. And whanne thei hadden put out alle men,
10 यसैले अमनोनले तामारलाई भने, “खाना मेरो कोठामा ल्याऊ ताकि म तिम्रो हातबाट खान सकूँ ।” यसैले आफूले बनाएको रोटी तामारले लिइन् र त्यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन् ।
Amon seide to Thamar, Bere the mete in to the closet, that Y ete of thin hond. Therfor Thamar took the soupingis whiche sche hadde maad, and brouyte in to Amon, hir brother, in the closet.
11 जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”
And whanne sche hadde proferid mete to hym, he took hir, and seide, Come thou, my sistir, li thou with me.
12 उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्ट कुरा नगर्नुहोस् ।
And sche answeride to hym, My brother, nyle thou, nyle thou oppresse me, for this is not leueful in Israel; nyle thou do this foli.
13 मैले आफ्नो लाजबाट कसरी मुक्त हुन सक्छु र? तपाईंको बारेमा नि? तपाईं इस्राएलमा एक जना मूर्खजस्तै हुनुहुने छ । अब कृपया राजासँग कुरा गर्नुहोस्, किनकि उहाँले मलाई तपाईंबाट अलग गर्नुहुन्न ।”
For Y schal not mow bere my schenschip, and thou schalt be as oon of the vnwise men in Israel; but rather speke thou to the kyng, and he schal not denye me to thee.
14 तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।
Sotheli he nolde assente to hir preieris; but he was strengere in myytis, and oppresside hir, and lay with hir.
15 त्यसपछि अमनोनले तामारलाई अत्यान्तै घृणा गरे । तिनले उनलाई इच्छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”
And `Amon hadde hir hateful bi ful grete haterede, so that the hatrede was gretter, bi which he hatide hir, than the loue bi which he louyde hir bifor. And Amon seide to hir, Rise thou, and go.
16 तर उनले तिनलाई जवाफ दिइन्, “होइन! मलाई निकाल्ने कुरा त ठुलो दुष्टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो ।” तर अमनोनले उनको कुरा सुनेनन् ।
And sche answeride to hym, This yuel is more which thou doist now ayens me, and puttist me out, than that, that thou didist bifore. And he nolde here hir; but whanne the child was clepide,
17 बरु, तिनले आफ्नो व्यक्तिगत सेवकलाई बोलाए र भने, “यो स्त्रीलाई मबाट हटाओ र त्यसलाई निकालेपछि ढोका बन्द गरिदेओ ।”
that mynystride to hym, he seide, Putte thou out this womman fro me, and close thou the dore aftir hir.
18 तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।
And sche was clothid with a coote doun to the heele; for the kyngis douytris virgyns vsiden siche clothis. Therfor the mynystre of Amon puttide hir out, and closide the dore aftir hir.
19 तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।
And sche spreynte aische to hir heed, whanne the coote to `the heele was to-rent, and whanne the hondis weren put on hir heed, and sche yede entrynge and criynge.
20 उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्नो दाजुको घरमा एक्लै बसिन् ।
Forsothe Absolon, hir brother, seide to hir, Whether Amon, thi brothir, hath leyn with thee? But `now, sister, be stille; he is thi brother, and turmente not thin herte for this thing. Therfor Thamar dwellide morenynge in the hows of Absolon, hir brothir.
21 तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।
Forsothe whanne `kyng Dauid hadde herd these wordis, he was ful sori, and he nolde make sore the spyrit of Amon, his sone; for he louyde Amon, for he was the firste gendrid `to hym.
22 अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।
Forsothe Absolon spak not to Amon, nether yuel nether good; for Absolon hatide Amon, for he hadde defoulid Thamar, his sistir.
23 पुरा दुई वर्षपछि यस्तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बालहासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।
Forsothe it was doon aftir the tyme of twei yeer, that the scheep of Absolon weren shorun in Baalasor, which is bisidis Effraym. And Absolon clepide alle the sones of the kyng.
24 अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”
And he cam to the kyng, and seide to hym, Lo! the scheep of thi seruaunt ben schorun; Y preye, come the king with hise seruauntis to his seruaunt.
25 राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।
And the kyng seide to Absolon, Nyle thou, my sone, nyle thou preye, that alle we come, and greeue thee. Forsothe whanne he constreynede Dauid, and he nolde go, he blesside Absolon.
26 तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”
And Absolon seide to Dauid, If thou nylt come, Y byseche, come nameli Amon, my brother, with vs. And the kyng seide to hym, It is no nede, that he go with thee.
27 अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।
Therfor Absolon constreynede hym; and he delyuerede with him Amon, and alle the sones of the kyng. And Absolon hadde maad a feeste as the feeste of a kyng.
28 अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
Sotheli Absolon comaundide to hise children, and seide, Aspie ye, whanne Amon is drunkun of wyn, and Y seie to you, Smyte ye, and sle hym. Nyle ye drede, for Y am that comaunde to you; be ye strengthid, and be ye stronge men.
29 त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्चर चढे र भागे ।
Therfor the children of Absolon diden ayens Amon, as Absolon hadde comaundide to hem; and alle the sones of the kyng risiden, and stieden ech on his mule, and fledden.
30 यसैले यस्तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्यहाँ एक जना पनि बाँचेका छैनन् ।”
And whanne thei yeden yit in the weie, fame cam to the kyng, and seide, Absolon hath kild alle the sones of the king, and `nameli not oon lefte of hem.
31 त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे । तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए ।
Therfor the kyng roos, and to-rente hise clothis, and felde doun on the erthe; and alle hise seruauntis that stoden nyy to hym, to-renten her clothis.
32 दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।
Sotheli Jonadab, sone of Semmaa, brother of Dauid, answeride and seide, My lord the kyng, gesse not, that alle the children, and sones of the kyng, ben slayn; Amon aloone is deed, for he was set in hatrede to Absolon, fro the day in which he oppresside Thamar, his sistir.
33 यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्वास गर्नको निम्ति मनमा नलिनुहोस्, किनकि अमनोन मात्र मरेका छन् ।”
Now therfor, my lord the kyng, set not this word on his herte, and seie, Alle the sones of the kyng ben slayn; for Amon aloone is deed.
34 अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्नो पश्चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।
Forsothe Absolon fledde. And a child aspiere reiside hise iyen, and bihelde, and lo! myche puple cam bi a weye out of the comyn weie bi the side of the hil.
35 तब योनादाबले राजालाई भने, “हे्र्नुहोस्, राजकुमारहरू आउँदै छन् । यो तपाईंको दासले भनेजस्तै हो ।”
And Jonadab seide to the kyng, Lo! the sones of the kyng comen; bi the word of thi seruaunt, so it is doon.
36 अनि यस्तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।
And whanne he hadde ceessid to speke, also the sones of the kyng apperiden; and thei entriden, and reisiden her vois, and wepten; but also the kyng and alle his seruauntis wepten bi ful greet wepyng.
37 तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्नो छोराको निम्ति हरेक दिन विलाप गरे ।
Forsothe Absolon fledde, and yede to Tholmai, sone of Amyur, the kyng of Gessur. Therfor Dauid biweilide his sone Amon in many daies.
38 यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।
Forsothe Absolon, whanne he hadde fled, and hadde come in to Gessur, was there thre yeer.
39 दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्छा गर्यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
And Dauid ceesside to pursue Absolon, for he was coumfortid on the deeth of Amon.