< २ शमूएल 12 >
1 त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए ।
Rəbb Natanı Davudun yanına göndərdi. Natan onun yanına gəlib belə nəql etdi: «Bir şəhərdə iki adam var idi. Onlardan biri varlı, o biri isə kasıb idi.
2 धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए,
Varlı adamın çoxlu sürüləri və naxırı var idi.
3 तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्यसले किनेर ल्याएको, र खुवाएर हुर्काएको थियो । त्यो उसँग र उसका छोराछोरीसँगै हुर्क्यो । यो पाठीले उसँगै खान्थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसको छोरीजस्तै थियो ।
Lakin kasıb adamın satın alıb bəslədiyi bir körpə dişi quzudan başqa heç nəyi yox idi. O, quzusunu öz yanında uşaqları ilə bərabər böyütmüş, ona öz yeməyindən yedirtmiş, öz içdiyi qabdan su içirtmiş və qoynunda yatırtmışdı. Quzu ona doğma qızı kimi idi.
4 एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन । बरु, त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्नो पाहुनाको निम्ति पकाइदियो ।”
Bir gün varlı adamgilə yadelli bir qonaq gəlir. Varlı adam onlara gələn qonağa yemək hazırlamaq üçün öz sürüsündən və naxırından heyvan götürüb kəsməyə qıymadı. O gedib kasıbın quzusunu götürüb kəsdi və yanına gələn qonağa yemək hazırladı».
5 दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, त्यो मानिस जसले यसो गर्यो त्यो मारिन योग्य छ ।
O adama qarşı Davudun qəzəbi alovlandı və Natana dedi: «Var olan Rəbb haqqı, bunu edən adam ölümə layiqdir.
6 त्यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।”
Bu işi gördüyünə və rəhmsizliyinə görə o, quzunun əvəzini dördqat verəcək».
7 त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।
Natan Davuda dedi: «O adam sənsən! İsrailin Allahı Rəbb belə deyir: “Mən səni İsrailin üzərində padşah olaraq məsh etdim və səni Şaulun əlindən qurtardım.
8 मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्त अरू धेरै कुरा दिने थिएँ ।
Sənə ağanın evini verdim. Ağanın arvadlarını qoynunda yatırıb İsraillə Yəhuda nəslini sənə verdim. Əgər bu sənə azlıq edirdisə, Mən sənə daha nələri, nələri əlavə edərdim.
9 त्यसैले तैंले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्नीलाई तेरो आफ्नै पत्नी हुनलाई लगेको छस् । तैंले अम्मोनको फौजको तरवारले त्यसलाई मारिस् ।
Nə üçün Rəbbin gözündə pis olan işi etdin? Niyə Onun sözünə xor baxdın? Xetli Uriyanın arvadını özünə arvad etmək üçün onu qılıncla öldürtdürdün. Uriyanı Ammon övladlarının qılıncı ilə öldürtdürdün.
10 त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्नीलाई तेरो आफ्नो पत्नीको रूपमा लिएको छस् ।'
Bundan sonra heç vaxt qılınc sənin evindən ayrılmayacaq, çünki sən Mənə xor baxdın və Xetli Uriyanın arvadını özünə arvad etdin”.
11 परमप्रभु भन्नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्याउने छु । तेरै आफ्नै आँखाको सामु तेरा पत्नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्यालोमा त्यो तेरा पत्नीहरूसित सुत्ने छ ।
Rəbb belə deyir: “Bax sənə qarşı pisliyi öz nəslindən çıxaracağam və sənin gözünün önündə arvadlarını götürüb yaxınına verəcəyəm. O da göz görə-görə, gündüzün günorta çağı sənin arvadlarınla yatacaq.
12 किनकि तैंले आफ्नो पाप गोप्य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु’ ।”
Bu işi sən gizli etdinsə, Mən bu işi bütün İsraillilərin qarşısında gündüzün günorta çağı etdirəcəyəm”».
13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।
Davud Natana dedi: «Mən Rəbbə qarşı günah etdim». Natan Davuda dedi: «Rəbb sənin günahını sildi, ölməyəcəksən.
14 तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्छ तुल्याउनुभएको हुनाले, तपाईंबाट जन्मने बालकचाहिं निश्चय नै मार्ने छ ।”
Lakin bunu etməklə Rəbbin düşmənlərinə böyük fürsət verdin ki, Ona küfr etsinlər. Ona görə də mütləq səndən doğulan uşaq öləcək».
15 त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।
Sonra Natan evinə qayıtdı. Rəbb Davudun Uriyanın dul arvadından olan uşağını vurdu və uşaq xəstələndi.
16 दाऊदले त्यो केटाको निम्ति परमप्रभुसँग बिन्ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।
Davud uşaq üçün Allaha yalvardı və oruc tutaraq otağına girib bütün gecəni quru yerdə uzandı.
17 तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन् ।
Evinin ağsaqqalları onu yerdən qaldırmaq üçün yanında dayandılar, lakin o qalxmaq istəmədi və onlarla birgə çörək yemədi.
18 सातौं दिनमा त्यो बालक मर्यो । त्यो बालक मर्यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्यौं र उहाँले हाम्रा कुरा सुन्नुभएन । हामीले त्यो बालक मर्यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?”
Yeddinci gün körpə öldü. Davudun əyanları uşağın öldüyünü ona bildirməyə qorxdular və belə düşündülər: «Uşaq sağ ikən onu dilə tutduq, lakin sözümüzə qulaq asmadı. İndi uşağın öldüyünü ona necə söyləyək? Özünə bir xətər yetirər».
19 तर जब दाऊदले आफ्ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्यो बालक मर्यो?” तिनीहरूले जवाफ दिए, “त्यो मर्यो ।”
Davud əyanlarının pıçıldaşmasını görəndə başa düşdü ki, uşaq ölüb və əyanlarına «Uşaq öldümü?» dedi. Onlar «öldü» dedilər.
20 तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्यसपछि आफ्नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।
Davud yerdən qalxdı, yuyunub başına zeytun yağı sürtdü və paltarlarını dəyişərək Rəbbin evinə gedib səcdə qıldı. Evə qayıdıb yemək istəyəndə qarşısına yemək qoydular və o yedi.
21 तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्नुभयो र रुनुभयो, तर जब बालक मर्यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।”
Əyanları ona dedi: «Bu nə işdir edirsən? Körpə sağ ikən nə üçün oruc tutub ağladın, körpə öləndə isə durub çörək yedin?»
22 दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्न सकोस्?'
Davud cavab verdi: «Uşaq sağ olanda oruc tutub ağlayırdım və deyirdim ki, kim bilir, bəlkə Rəbb mənə lütf edər, uşaq sağ qalar.
23 तर अब त्यो मर्यो, त्यसैले म किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन ।”
Lakin indi uşaq ölüb, nə üçün oruc tutum? Məgər onu geri qaytara bilərəmmi? Mən onun yanına gedəcəyəm, o mənim yanıma qayıtmayacaq».
24 दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो
Davud arvadı Bat-Şevaya təsəlli verdi və yanına girib onunla yatdı. Bat-Şeva bir oğul doğdu və adını Süleyman qoydu. Rəbb bu uşağı sevdi.
25 र तिनको नाउँ यददीयाह राख्नू भनी उहाँले नातान अगमवक्ताद्वारा सन्देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो ।
O, Natan peyğəmbəri göndərdi və o da Rəbbin naminə uşağın adını Yedidyah qoydu.
26 यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।
Yoav Ammon övladlarının Rabba şəhərinə hücum edib padşah qalasını aldı.
27 त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।
Sonra Yoav Davudun yanına qasidlər göndərib belə dedi: «Rabbaya hücum edib ehtiyat su mənbələrini aldım.
28 यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्यो सहर लिएँ भने, त्यसलाई मेरो नाउँ दिइने छ ।
İndi isə sən xalqın qalan hissəsini topla və şəhərə qarşı ordugah qurub oranı al ki, mən gedib oranı almayım və o yer adımla çağırılmasın».
29 त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्यो कब्जा गरे ।
Davud da bütün xalqı toplayıb Rabbaya getdi və şəhərə hücum edib oranı aldı.
30 दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।
Davud onların padşahının başından tacını götürdü. Tac qızıldan olub çəkisi bir talant idi. Onun üzərində qiymətli daş var idi. Bu tac Davudun başına qoyuldu. Davud bu şəhərdən çoxlu qənimət apardı.
31 तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।
O, şəhərdə olan xalqı köçürüb mişar, dəmir külüng, dəmir balta ilə görülən işlərdə və kərpic emalında işlətdi. Davud Ammonluların bütün şəhərlərində belə edəndən sonra bütün xalqla birgə Yerusəlimə qayıtdı.