< २ पत्रुस 1 >

1 येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्‍टमा हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई ।
ཡེ ཛནཱ ཨསྨཱབྷིཿ སཱརྡྡྷམ྄ ཨསྟདཱིཤྭརེ ཏྲཱཏརི ཡཱིཤུཁྲཱིཥྚེ ཙ པུཎྱསམྦལིཏཝིཤྭཱསདྷནསྱ སམཱནཱཾཤིཏྭཾ པྲཱཔྟཱསྟཱན྄ པྲཏི ཡཱིཤུཁྲཱིཥྚསྱ དཱསཿ པྲེརིཏཤྩ ཤིམོན྄ པིཏརཿ པཏྲཾ ལིཁཏི།
2 तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
ཨཱིཤྭརསྱཱསྨཱཀཾ པྲབྷོ ཪྻཱིཤོཤྩ ཏཏྭཛྙཱནེན ཡུཥྨཱསྭནུགྲཧཤཱནྟྱོ རྦཱཧུལྱཾ ཝརྟྟཏཱཾ།
3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
ཛཱིཝནཱརྠམ྄ ཨཱིཤྭརབྷཀྟྱརྠཉྩ ཡདྱད྄ ཨཱཝཤྱཀཾ ཏཏ྄ སཪྻྭཾ གཽརཝསདྒུཎཱབྷྱཱམ྄ ཨསྨདཱཧྭཱནཀཱརིཎསྟཏྟྭཛྙཱནདྭཱརཱ ཏསྱེཤྭརཱིཡཤཀྟིརསྨབྷྱཾ དཏྟཝཏཱི།
4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
ཏཏྶཪྻྭེཎ ཙཱསྨབྷྱཾ ཏཱདྲྀཤཱ བཧུམཱུལྱཱ མཧཱཔྲཏིཛྙཱ དཏྟཱ ཡཱབྷི ཪྻཱུཡཾ སཾསཱརཝྱཱཔྟཱཏ྄ ཀུཏྶིཏཱབྷིལཱཥམཱུལཱཏ྄ སཪྻྭནཱཤཱད྄ རཀྵཱཾ པྲཱཔྱེཤྭརཱིཡསྭབྷཱཝསྱཱཾཤིནོ བྷཝིཏུཾ ཤཀྣུཐ།
5 यसैकारण, तिमीहरूको विश्‍वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर ।
ཏཏོ ཧེཏོ ཪྻཱུཡཾ སམྤཱུརྞཾ ཡཏྣཾ ཝིདྷཱཡ ཝིཤྭཱསེ སཽཛནྱཾ སཽཛནྱེ ཛྙཱནཾ
6 तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्‍वरभक्ति ।
ཛྙཱན ཨཱཡཏེནྡྲིཡཏཱམ྄ ཨཱཡཏེནྡྲིཡཏཱཡཱཾ དྷཻཪྻྱཾ དྷཻཪྻྱ ཨཱིཤྭརབྷཀྟིམ྄
7 तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।
ཨཱིཤྭརབྷཀྟཽ བྷྲཱཏྲྀསྣེཧེ ཙ པྲེམ ཡུངྐྟ།
8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
ཨེཏཱནི ཡདི ཡུཥྨཱསུ ཝིདྱནྟེ ཝརྡྡྷནྟེ ཙ ཏརྷྱསྨཏྤྲབྷོ ཪྻཱིཤུཁྲཱིཥྚསྱ ཏཏྟྭཛྙཱནེ ཡུཥྨཱན྄ ཨལསཱན྄ ནིཥྥལཱཾཤྩ ན སྠཱཔཡིཥྱནྟི།
9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
ཀིནྟྭེཏཱནི ཡསྱ ན ཝིདྱནྟེ སོ ྅ནྡྷོ མུདྲིཏལོཙནཿ སྭཀཱིཡཔཱུཪྻྭཔཱཔཱནཱཾ མཱརྫྫནསྱ ཝིསྨྲྀཏིཾ གཏཤྩ།
10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।
ཏསྨཱད྄ ཧེ བྷྲཱཏརཿ, ཡཱུཡཾ སྭཀཱིཡཱཧྭཱནཝརཎཡོ རྡྲྀཌྷཀརཎེ བཧུ ཡཏདྷྭཾ, ཏཏ྄ ཀྲྀཏྭཱ ཀདཱཙ ན སྑལིཥྱཐ།
11 त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ । (aiōnios g166)
ཡཏོ ྅ནེན པྲཀཱརེཎཱསྨཱཀཾ པྲབྷོསྟྲཱཏྲྀ ཪྻཱིཤུཁྲཱིཥྚསྱཱནནྟརཱཛྱསྱ པྲཝེཤེན ཡཱུཡཾ སུཀལེན ཡོཛཡིཥྱདྷྭེ། (aiōnios g166)
12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
ཡདྱཔི ཡཱུཡམ྄ ཨེཏཏ྄ སཪྻྭཾ ཛཱནཱིཐ ཝརྟྟམཱནེ སཏྱམཏེ སུསྠིརཱ བྷཝཐ ཙ ཏཐཱཔི ཡུཥྨཱན྄ སཪྻྭདཱ ཏཏ྄ སྨཱརཡིཏུམ྄ ཨཧམ྄ ཨཡཏྣཝཱན྄ ན བྷཝིཥྱཱམི།
13 जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्‍नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ ।
ཡཱཝད྄ ཨེཏསྨིན྄ དཱུཥྱེ ཏིཥྛཱམི ཏཱཝད྄ ཡུཥྨཱན྄ སྨཱརཡན྄ པྲབོདྷཡིཏུཾ ཝིཧིཏཾ མནྱེ།
14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।
ཡཏོ ྅སྨཱཀཾ པྲབྷུ ཪྻཱིཤུཁྲཱིཥྚོ མཱཾ ཡཏ྄ ཛྙཱཔིཏཝཱན྄ ཏདནུསཱརཱད྄ དཱུཥྱམེཏཏ྄ མཡཱ ཤཱིགྷྲཾ ཏྱཀྟཝྱམ྄ ཨིཏི ཛཱནཱམི།
15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
མམ པརལོཀགམནཱཏ྄ པརམཔི ཡཱུཡཾ ཡདེཏཱནི སྨརྟྟུཾ ཤཀྵྱཐ ཏསྨིན྄ སཪྻྭཐཱ ཡཏིཥྱེ།
16 किनकि हामीले येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
ཡཏོ ྅སྨཱཀཾ པྲབྷོ ཪྻཱིཤུཁྲཱིཥྚསྱ པརཱཀྲམཾ པུནརཱགམནཉྩ ཡུཥྨཱན྄ ཛྙཱཔཡནྟོ ཝཡཾ ཀལྤིཏཱནྱུཔཱཁྱཱནཱནྱནྭགཙྪཱམེཏི ནཧི ཀིནྟུ ཏསྱ མཧིམྣཿ པྲཏྱཀྵསཱཀྵིཎོ བྷཱུཏྭཱ བྷཱཥིཏཝནྟཿ།
17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
ཡཏཿ ས པིཏུརཱིཤྭརཱད྄ གཽརཝཾ པྲཤཾསཱཉྩ པྲཱཔྟཝཱན྄ ཝིཤེཥཏོ མཧིམཡུཀྟཏེཛོམདྷྱཱད྄ ཨེཏཱདྲྀཤཱི ཝཱཎཱི ཏཾ པྲཏི ནིརྒཏཝཏཱི, ཡཐཱ, ཨེཥ མམ པྲིཡཔུཏྲ ཨེཏསྨིན྄ མམ པརམསནྟོཥཿ།
18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
སྭརྒཱཏ྄ ནིརྒཏེཡཾ ཝཱཎཱི པཝིཏྲཔཪྻྭཏེ ཏེན སཱརྡྡྷཾ ཝིདྱམཱནཻརསྨཱབྷིརཤྲཱཝི།
19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
ཨཔརམ྄ ཨསྨཏྶམཱིཔེ དྲྀཌྷཏརཾ བྷཝིཥྱདྭཱཀྱཾ ཝིདྱཏེ ཡཱུཡཉྩ ཡདི དིནཱརམྦྷཾ ཡུཥྨནྨནཿསུ པྲབྷཱཏཱིཡནཀྵཏྲསྱོདཡཉྩ ཡཱཝཏ྄ ཏིམིརམཡེ སྠཱནེ ཛྭལནྟཾ པྲདཱིཔམིཝ ཏད྄ ཝཱཀྱཾ སམྨནྱདྷྭེ ཏརྷི བྷདྲཾ ཀརིཥྱཐ།
20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
ཤཱསྟྲཱིཡཾ ཀིམཔི བྷཝིཥྱདྭཱཀྱཾ མནུཥྱསྱ སྭཀཱིཡབྷཱཝབོདྷཀཾ ནཧི, ཨེཏད྄ ཡུཥྨཱབྷིཿ སམྱཀ྄ ཛྙཱཡཏཱཾ།
21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।
ཡཏོ བྷཝིཥྱདྭཱཀྱཾ པུརཱ མཱནུཥཱཎཱམ྄ ཨིཙྪཱཏོ ནོཏྤནྣཾ ཀིནྟྭཱིཤྭརསྱ པཝིཏྲལོཀཱཿ པཝིཏྲེཎཱཏྨནཱ པྲཝརྟྟིཏཱཿ སནྟོ ཝཱཀྱམ྄ ཨབྷཱཥནྟ།

< २ पत्रुस 1 >