< २ पत्रुस 1 >
1 येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई ।
SHEMUN PETROS, a servant of Jeshu Meshiha, to those who by faith the same in preciousness with us have been made equal, through the righteousness of our Lord and our Redeemer Jeshu Meshiha.
2 तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
Grace and peace be multiplied to you through the knowledge of our Lord Jeshu Meshiha.
3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
As He who all (things) which of the divine power are unto life and godliness hath given (us), through the knowledge of Him who hath called us unto the glory of him and of virtue,
4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
by annunciations great and precious which he hath given to you, that by them you may be partakers of the divine nature, while you escape the corruption of the lusts which are in the world;
5 यसैकारण, तिमीहरूको विश्वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्न सक्दो प्रयत्न गर ।
So, with this, bringing in all diligence, add to your faith virtue; but to virtue knowledge,
6 तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्वरभक्ति ।
but to knowledge perseverance, but to perseverance patience, but to patience godliness,
7 तिमीहरूको ईश्वरभक्तिद्वारा भातृ-स्नेह, र भातृ-स्नेहद्वारा प्रेम ।
but to godliness brotherly kindness, but to brotherly kindness love.
8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
For while these are found with you, and abound, neither slothfulness nor unfruitfulness will stand against you in the knowledge of our Lord Jeshu Meshiha.
9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
For he with whom these are not found is blind, and seeth not, and hath forgotten the purification of his former sins.
10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ ।
Upon this the more, my brethren, be careful, that by your good works your calling and your election you may confirm; for, while you do these, you will never lapse;
11 त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ । (aiōnios )
for so abundantly shall be given to you the entrance of the eternal kingdom of our Lord and our Saviour Jeshu Meshiha. (aiōnios )
12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
Wherefore it doth not weary me to remind you constantly of these, that you may know well, and be established upon this truth.
13 जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्ने मलाई लाग्छ ।
But I consider it right, so long as I am in this body, to stir you up in remembrance:
14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्टले यो मलाई देखाउनुभएको छ ।
knowing that the decease of my body is shortly (to be, ) as also our Lord Jeshu Meshiha hath made me know.
15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
But be careful also that (these) you may continually have; that also after my going forth the memorial of them you may observe.
16 किनकि हामीले येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
For it is not after fables which are made with art that we have gone, in making known to you the power and coming of our Lord Jeshu Meshiha, but as we were spectators of his majesty.
17 उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
For when he received from Aloha the Father honour and glory, while a voice came to him as this, after the glorious beauty of his majesty, This is my Son, the Beloved, in whom I have delighted;
18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
we also this voice heard from heaven, as it came to him when we were with him in the holy mount.
19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
We have that which is sure also, the word of prophecy; that into which you do well to look, as to a light shining in a dark place, until the day dawn, and the sun arise in your hearts.
20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
While this first you know, that every prophecy of the scripture its own solution is not.
21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो ।
For not by the will of man came any prophecy, but while by the Holy Spirit led spake the holy men of God.