< २ पत्रुस 3 >

1 प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
Amados, escrevo-vos agora esta segunda carta, em ambas as quaes desperto com exhortação o vosso animo sincero;
2 ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
Para que vos lembreis das palavras que d'antes foram ditas pelos sanctos prophetas, e do mandamento do Senhor e Salvador, mediante vossos apostolos.
3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् ।
Sabendo primeiro isto: que nos ultimos dias virão escarnecedores, andando segundo as suas proprias concupiscencias,
4 अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।”
E dizendo: Onde está a promessa da sua vinda? porque desde que os paes dormiram todas as coisas permanecem como desde o principio da creação.
5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् ।
Porque voluntariamente ignoram isto, que pela palavra de Deus já desde a antiguidade foram os céus, e a terra, que foi tirada da agua e no meio da agua subsiste.
6 अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो
Pelas quaes coisas pereceu o mundo de então, coberto com as aguas do diluvio.
7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
Mas os céus e a terra que agora são pela mesma palavra se reservam como thesouro e se guardam para o fogo, até o dia do juizo, e da perdição dos homens impios.
8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
Porém, amados, não ignoreis uma coisa: que um dia para com o Senhor é como mil annos, e mil annos como um dia.
9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
O Senhor não retarda a sua promessa, como alguns a teem por tardia; mas é longanimo para comnosco, não querendo que alguns se percam, senão que todos venham a arrepender-se.
10 तर परमेश्‍वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
Mas o dia do Senhor virá como o ladrão de noite; no qual os céus passarão com grande estrondo, e os elementos, ardendo, se desfarão, e a terra, e as obras que n'ella ha, se queimarão.
11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
Havendo pois de perecer todas estas coisas, quaes vos convém a vós ser em sancto trato, e piedade,
12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
Aguardando, e apressando-vos para a vinda do dia de Deus, em que os céus, incendidos, se desfarão, e os elementos, ardendo, se fundirão?
13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
Porém, segundo a sua promessa, aguardamos novos céus e nova terra, em que habita a justiça.
14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
Pelo que, amados, aguardando estas coisas, procurae que d'elle sejaes achados immaculados e irreprehensiveis em paz.
15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।
E tende por salvação a longanimidade de nosso Senhor; como tambem o nosso amado irmão Paulo vos escreveu, segundo a sabedoria que lhe foi dada;
16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।
Como tambem em todas as suas epistolas, fallando n'ellas d'estas coisas, entre as quaes ha algumas difficeis de entender, que os indoutos e inconstantes torcem, como tambem as outras Escripturas, para sua propria perdição.
17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
Vós, portanto, amados, sabendo isto d'antes, guardae-vos de que, pelo engano dos homens abominaveis, sejaes juntamente arrebatados, e descaiaes da vossa firmeza;
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन । (aiōn g165)
Antes crescei na graça e conhecimento de nosso Senhor e Salvador, Jesus Christo. A elle seja a gloria, assim agora, como no dia da eternidade. Amen. (aiōn g165)

< २ पत्रुस 3 >

The Great Flood
The Great Flood