< २ पत्रुस 2 >
1 इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् ।
從前連在選民中,也有過假先知;同樣,將來在你們中,也要出現假教師,他們要倡導使人喪亡的異端,連救贖他們的主,也都敢否認:這是自取迅速的喪亡。
2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
有許多人將要隨從他們的放蕩,甚至真理之道,也要因他們而受到誹謗。
3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
他們因貪吝成性,要以花言巧語在你們身上營利;可是他們的案件自古以來,就未安閒,他們的喪亡也決不稍息。
4 किनकि परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो । (Tartaroō )
天主既然沒有寬免犯罪的天使,把他們投入了地獄,囚在幽暗的深坑,拘留到審判之時; (Tartaroō )
5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।
既然沒有寬免古時的世界,曾引來洪水淹滅了惡人的世界,只保存了宣講正義的諾厄一家八口;
6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्ने कुराको उदाहरणको निम्ति परमेश्वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
又降罰了索多瑪和哈摩辣城,使之化為灰燼,至於毀滅,以作後世作惡者的鑑戒,
7 तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए ।
只救出了那因不法之徒的放蕩生活而悲傷的義人羅特--
8 किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।
因為這義人住在他們中,他正直的靈魂,天天因所見所聞的不法行為,感到苦惱--
9 त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ ।
那麼,上主自然也知道拯救虔誠的人,脫離磨難,而存留不義的人,等候審判的日子受處罰,
10 यो विशेष गरी शरीरका भ्रष्ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।
尤其是存留那些隨從肉慾,而生活在污穢情慾中的人,以及那些輕視「 主權者」的人。他們都是些膽大驕傲的人,竟不怕褻瀆「眾尊榮者,」
11 स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।
就是連力量德能大於他們的天使,也不敢在上主面前,以侮辱的言詞對他們下判決。
12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्ट पारिनेछन् ।
然而這些人實在如無理性的牲畜,生來就是為受捉拿,受宰殺,凡他們不明白的事就要褻瀆;他們必要如牲畜一樣喪亡,
13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।
受他們不義的報應。他們只以一日的享受為快樂,實是些污穢骯髒的人;當他們同你們宴樂時,縱情於淫樂;
14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।
他們滿眼邪色,犯罪不饜,勾引意志薄弱的人;他們的心習慣了貪吝,真是些應受咒罵的人。
15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
他們離棄正道,走入了歧途,隨從了貝敖爾的兒子巴郎的道路,他曾貪愛過不義的酬報,
16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
可是也受了他作惡的責罰:一個不會說話的牲口,竟用人的聲音說了話,制止了這先知的妄為。
17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
他們像無水的泉源,又像為狂風所飄颺的雲霧:為他們所存留的,是黑暗的幽冥。 ()
18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्न खोज्नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।
因為他們好講虛 偽的大話,用肉慾的放蕩為餌,勾引那些剛纔擺脫錯謬生活的人;
19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ ।
應許他們自由,自己卻是敗壞的奴隸,因為人被誰制勝,就是誰的奴隸。
20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
如果他們因認識主和救世者耶穌基督,而擺脫世俗的污穢以後,再為這些事所纏繞而打敗,他們末後的處境,就必比以前的更為惡劣,
21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
因為不認識正義之道,比認識後 而又背棄那傳授給他們的聖誡命,為他們倒好得多。
22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
在他們身上正應驗了這句恰當的俗語:「狗嘔吐的,牠又回來再吃;」又「母豬洗淨了,又到污泥裏打滾。」