< २ राजाहरू 1 >
1 आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो ।
アハブの死しのちモアブ、イスラエルにそむけり
2 तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने, “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्न एक्रोनको देवता बाल-जिबबलाई सोध ।”
アハジヤ、サマリヤにあるその樓の欄杆よりおちて病をおこせしかば使を遣さんとして之にいひけるは往てエクロンの神バアルゼブブにわがこの病の愈るや否を問べしと
3 तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने, “उठ, र सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट्न जाऊ, अनि तिनीहरूलाई सोध, 'के इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ?
時にヱホバの使テシベ人エリヤにいひけるは起てサマリヤ王の使にあひて之に言べし汝等がエクロンの神バアルゼブブに問んとてゆくはイスラエルに神なきがゆゑなるか
4 त्यसकारण परमप्रभु भन्नुहुन्छ, “तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।” तब एलिया गए ।
是によりてヱホバかくいふ汝はその登りし牀より下ることなかるべし汝かならず死んとエリヤ乃ち往り
5 जब सन्देशवाहकहरू अहज्याहकहाँ फर्के तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केका छौ?”
使者たちアハジアに返りければアハジア彼等に何故に返りしやといふに
6 तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? त्यसकारण तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।”
かれら之にいひけるは一箇の人上りきたりて我らに會ひわれらにいひけるは往てなんぢらを遣はせし王の所にかへり之にいふべしヱホバ斯いひたまふなんぢエクロンの神バアルゼブブに問んとて人を遣すはイスラエルに神なきがゆゑなるか然ば汝その登りし牀より下ることなかるべし汝かならず死んと
7 अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्ने मानिस कस्तो किसिमको थियो?”
アハジア彼等にいひけるはそののぼりきたりて汝等に會ひ此等の言を汝らに告たる人の形状は如何なりしや
8 तिनीहरूले तिनलाई जवाफ दिए, “तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्मरमा छालाको पेटी बाँधेका थिए ।” त्यसैले राजाले भने, “तिनी त तिश्बी एलिया हुन् ।”
かれら對へていひけるはそれは毛深き人にして腰に革の帶をむすび居たり彼いひけるはその人はテシベ人エリヤなりと
9 तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्तानलाई एलियाकहाँ पठाए । कप्तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्तानले तिनलाई भने, “हे परमेश्वरका मानिस, राजाले भन्नुभएको छ, 'तल आउनुहोस्' ।”
是に於て王五十人の長とその五十人をエリヤの所に遣はせり彼エリヤの所に上りゆくに視よエリヤは山の嶺に坐し居たりかれエリヤにいひけるは神の人よ王いひたまふ下るべし
10 एलियाले कप्तानलाई भने, “म परमेश्वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” तब स्वर्गबाट आगो झर्यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्यो ।
エリヤこたへて五十人の長にいひけるはわれもし神の人たらば火天より降りて汝と汝の五十人とを燒盡すべしと火すなはち天より降りて彼とその五十人とを燒盡せり
11 फेरि राजा अहज्याहले अर्का कप्तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्तानले पनि एलियालाई भने, “हे परमेश्वरका मानिस, राजा भन्नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।”
アハジアまた他の五十人の長とその五十人をエリヤに遣せりかれ上りてエリヤにいひけるは神の人よ王かく言たまふ速かに下るべし
12 एलियाले तिनीहरूलाई भने, “म परमेश्वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” फेरि स्वर्गबाट परमेश्वरको आगो झर्यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्यो ।
エリヤ答て彼にいひけるはわれもし神の人たらば火天より降りて爾となんぢの五十人を燒盡すべしと神の火すなはち天より降りてかれとその五十人を燒盡せり
13 तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए । यो कप्तान माथि उक्ले, एलियाको सामु आफ्ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्ती गरेर भने, “हे परमेश्वरका मानिस, म तपाईंसँग बिन्ति गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासका जीवन तपाईंको दृष्टिमा मूल्यवान् होऊन् ।
かれまた第三の五十人の長とその五十人を遣せり第三の五十人の長のぼりいたりてエリヤのまへに跪きこれに願ひていひけるは神の人よ願くはわが生命となんぢの僕なるこの五十人の生命をなんぢの目に貴重き者と見なしたまへ
14 वास्तवमा स्वर्गबाट आगो झर्यो र यस अघिका दुई जना कप्तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्यो, तर मेरो जीवन तपाईंको दृष्टिमा मूल्यवान् होस् ।”
視よ火天より降りて前の五十人の長二人とその五十人を燒盡せり然どわが生命をば汝の目に貴重き者となしたまへ
15 परमप्रभुका दूतले एलियालाई भने, “त्योसँगै तल जा । त्योदेखि नडरा ।” त्यसैले एलिया उठे र त्योसँगै राजाकहाँ गए ।
時にヱホバの使エリヤに云けるはかれとともに下れかれをおそるることなかれとエリヤすなはち起てかれとともに下り王の許に至り
16 पछि एलियाले अहज्याहलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले त्यसो गरेको हो? यसैले तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्चय नै मर्नेछस्' ।”
之にいひけるはヱホバかくいひたまふ汝エクロンの神バアルゼブブに問んとて使者を遣るはイスラエルにその言を問ふべき神なきがゆゑなるか是によりて汝はその登し牀より下ることなかるべし汝かならず死んと
17 यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले ।
彼エリヤの言たるヱホバの言の如く死けるが彼に子なかりしかばヨラムこれに代りて王となれり是はユダの王ヨシヤパテの子ヨラムの二年にあたる
18 अहज्याहका सम्बन्धमा भएका अरू कुराहरूका बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
アハジヤのなしたる其餘の事業はイスラエルの王の歴代志の書に記載さるるにあらずや