< २ राजाहरू 9 >
1 अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ ।
Tad pravietis Eliša sauca vienu no praviešu bērniem un uz to sacīja: apjozi savus gurnus un ņem savā rokā šo eļļas krūzi un ej uz Rāmotu Gileādā.
2 तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।
Un turp nonācis lūko, kur Jeūs, Jehošafata dēls, Nimšus dēla dēls, un ej iekšā un liec viņam celties no saviem brāļiem un ved viņu dibina(tālākā) istabā,
3 त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”
Un ņem to eļļas krūzi un izlej to pār viņa galvu un saki: tā saka Tas Kungs: Es tevi svaidu par ķēniņu pār Israēli. Pēc atdari durvis un bēdz un nekavējies.
4 त्यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए ।
Un šis jauneklis, tas pravieša puisis, nogāja uz Rāmotu Gileādā.
5 तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्तान, तपाईंलाई एउटा सन्देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्तान ।”
Un viņam ieejot, redzi, kara virsnieki tur sēdēja, un tas sacīja: man ar tevi kas jārunā, kara virsniek. Tad Jeūs sacīja: ar kuru no mums visiem? Un viņš sacīja: ar tevi, kara virsniek.
6 त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।
Tad viņš cēlās un gāja namā. Un tas izlēja to eļļu uz viņa galvu un uz to sacīja: tā saka Tas Kungs, Israēla Dievs: “Es tevi svaidu par ķēniņu pār Tā Kunga ļaudīm, pār Israēli.
7 तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।
Un tev būs sava kunga Ahaba namu kaut, lai Es atriebju pie Izebeles savu kalpu, to praviešu, asinis un visu Tā Kunga kalpu asinis.
8 किनकि आहाबको पुरै घराना नष्ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्का हरेक पुरुषलाई निमिट्ट्यान्न पार्नेछु ।
Un viss Ahaba nams ies bojā; un Es izdeldēšu no Ahaba nama visu, kas pie sienas mīž, mazu un lielu iekš Israēla.
9 म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।
Jo Es darīšu Ahaba namu kā Jerobeama, Nebata dēla, namu un kā Baešus, Ahijas dēla namu.
10 ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।
Un suņi ēdīs Izebeli Jezreēles tīrumā, un neviena nebūs, kas to apraks.” Tad viņš atdarīja durvis un bēga.
11 तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ? यो पागल मान्छे किन तपाईंकहाँ आएको?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्दछौ ।”
Kad nu Jeūs izgāja pie sava kunga kalpiem, tad tie uz viņu sacīja: vai miers? Kāpēc šis trakais pie tevis nācis? Un viņš uz tiem sacīja: jūs jau pazīstat to vīru un viņa valodu.
12 तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”
Bet tie sacīja: tie ir meli, stāsti mums jel! Un tas sacīja: tā un tā tas uz mani runāja un sacīja: tā saka Tas Kungs: “Es tevi svaidu par ķēniņu pār Israēli.”
13 तब तिनीहरूले तुरुन्तै आ-आफ्ना बाहिरी वस्त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”
Tad tie steidzās un ņēma ikkatrs savu drēbi un to lika viņam apakšā uz pakāpēm un pūta bazūnes un sacīja: Jeūs ir ķēniņš!
14 यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
Tā Jeūs, Jehošafata dēls, Nimšus dēla dēls, cēla dumpi pret Joramu. Bet Jorams ar visu Israēli bija apmeties ap Rāmotu Gileādā, pret Azaēli, Sīriešu ķēniņu.
15 तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”
Un ķēniņš Jorams bija pārnācis, likties dziedināties Jezreēlē no tām vainām, ko Sīrieši viņam bija situši, kad tas karoja pret Azaēli, Sīriešu ķēniņu. Un Jeūs sacīja: ja tas jūsu prāts, tad lai neviens no pilsētas neizmūk un nenoiet, to stāstīt Jezreēlē.
16 त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।
Tad Jeūs sēdās ratos un brauca uz Jezreēli, jo Jorams tur gulēja. Un Ahazija, Jūda ķēniņš, bija nācis, Joramu apraudzīt.
17 यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”
Un tas vaktnieks, kas stāvēja Jezreēles tornī, ieraudzīja Jeūs pulku nākam un sacīja: es redzu vienu pulku. Tad Jorams sacīja: ņem vienu jātnieku un sūti to viņiem pretī, un lai tas prasa: vai miers?
18 त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, “राजा यसो भन्नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।”
Un tas jātnieks tam jāja pretī un sacīja: tā saka ķēniņš: vai miers? Bet Jeūs sacīja: kas tev par mieru? Stājies man iepakaļ! Tad tas vaktnieks teica un sacīja: tas vēstnesis pie tiem nonācis, bet nenāk atpakaļ.
19 तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।”
Tad viņš izsūtīja citu jātnieku, un tas pie tiem nonāca un sacīja: tā saka ķēniņš: vai miers? Bet Jeūs sacīja: kas tev par mieru? Stājies man iepakaļ.
20 फेरि पहरेदारले भन्यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।”
Tad tas vaktnieks teica un sacīja: viņš pie tiem nonācis, bet negriežas atpakaļ, un skriešana ir kā Jeūs, Nimšus dēla, skriešana, jo viņš skrien kā traks.
21 त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।
Tad Jorams sacīja: iejūdziet! Tad viņa rati tapa iejūgti, un Jorams, Israēla ķēniņš, izgāja, arī Ahazija, Jūda ķēniņš, ikkatrs savos ratos, un tie izgāja Jeūm pretī un to sastapa Nābata, tā Jezreēlieša, tīrumā.
22 योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”
Kad nu Jorams Jeū redzēja, tad viņš sacīja: vai miers, Jeū? Bet tas sacīja: kāds miers, kamēr tavas mātes Izebeles maucība un māņi augumā aug?
23 त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।”
Tad Jorams grieza apkārt un bēga un sacīja uz Ahaziju: viltus, Ahazija.
24 तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे ।
Bet Jeūs kampa stopu rokā un šāva Joramam starp viņa pleciem, ka bulta izskrēja caur viņa sirdi, un viņš nokrita savos ratos.
25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्नुभएको यो अगमवाणीको बारेमा वोचार गरः
Un (Jeūs) sacīja uz savu virsnieku Bidekaru: ņem un met viņu uz Nabata, tā Jezreēlieša, tīrumu, Jo atminies, ka es un tu mēs abi jājām pakaļ viņa tēvam Ahabam, un Tas Kungs lika šo spriedumu uz viņu:
26 'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्नुहुन्छ, निश्चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”
Tiešām, Es vakar esmu redzējis Nābata asinis un viņa bērnu asinis, saka Tas Kungs. Un Es tev to atmaksāšu tai pašā tīrumā, saka Tas Kungs. Un nu ņem un met viņu uz to tīrumu pēc Tā Kunga vārda.
27 जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।
Kad Ahazija, Jūda ķēniņš, to redzēja, tad viņš bēga pa dārza nama ceļu. Bet Jeūs tam dzinās pakaļ un sacīja: kaujiet šo arīdzan ratos! - Augšām ejot uz Guru, kas ir pie Jeblaāmas; un viņš bēga uz Meģidu un tur nomira.
28 तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए, र दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे ।
Un viņa kalpi to noveda uz Jeruzālemi un to apraka viņa kapā pie viņa tēviem Dāvida pilī.
29 आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्य सुरु गरेका थिए ।
Jorama, Ahaba dēla, vienpadsmitā gadā Ahazija bija par ķēniņu palicis pār Jūdu.
30 येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन् ।
Un kad Jeūs nonāca Jezreēlē un Izebele to dzirdēja, tad viņa svaidīja savas acis un izgreznoja savu galvu un skatījās pa logu ārā.
31 येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”
Kad nu Jeūs pa vārtiem ienāca, tad tā sacīja: vai miers Zimrum, sava kunga slepkavam?
32 येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ? को छ?” तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे ।
Un viņš pacēla savas acis uz to logu un sacīja: kas manā pusē, kas? Tad uz to skatījās kādi divi, trīs kambarjunkuri.
33 येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।
Un viņš sacīja: gāziet to zemē, un tie to nogāza, tā ka no viņas asinīm siena un zirgi tapa aptraipīti, un viņš to samina.
34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्यो श्रापित स्त्रीलाई हेर र त्यसलाई गाडिदेओ, किनकि त्यो राजाकी छोरी थिई ।”
Kad nu viņš bija ienācis un ēdis un dzēris, tad viņš sacīja: lūkojiet pēc tās nolādētās un aprociet to, jo tā ir ķēniņa meita.
35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।
Bet kad tie nogāja viņu aprakt, tad tie no tās nekā neatrada, kā vien galvaskausu, kājas un roku plaukstas.
36 त्यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,
Tad tie nāca atpakaļ un viņam to stāstīja, un viņš sacīja: tas ir Tā Kunga vārds, ko viņš runājis caur savu kalpu Eliju no Tizbes, sacīdams: Jezreēles tīrumā suņiem būs ēst Izebeles miesu,
37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्न नसकोस्, 'यो ईजेबेल हो' ।”
Un Izebeles maita paliks kā sūdi laukā Jezreēles tīrumā, ka nevarēs sacīt: tā ir Izebele.