< २ राजाहरू 7 >

1 एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”
و الیشع گفت: «کلام خداوند را بشنوید. خداوند چنین می‌گوید که «فردا مثل این وقت یک کیل آرد نرم به یک مثقال و دو کیل جوبه یک مثقال نزد دروازه سامره فروخته می‌شود.»۱
2 तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
و سرداری که پادشاه بر دست وی تکیه می‌نموددر جواب مرد خدا گفت: «اینک اگر خداوندپنجره‌ها هم در آسمان بسازد، آیا این چیز واقع تواند شد؟» او گفت: «همانا تو به چشم خودخواهی دید اما از آن نخواهی خورد.»۲
3 मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने?
و چهار مرد مبروص نزد دهنه دروازه بودند و به یکدیگر گفتند: «چرا ما اینجا بنشینیم تابمیریم؟۳
4 हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”
اگر گوییم به شهر داخل شویم هماناقحطی در شهر است و در آنجا خواهیم مرد و اگردر اینجا بمانیم، خواهیم مرد. پس حال برویم وخود را به اردوی ارامیان بیندازیم. اگر ما را زنده نگاه دارند، زنده خواهیم ماند و اگر ما را بکشند، خواهیم مرد.»۴
5 त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन ।
پس وقت شام برخاستند تا به اردوی ارامیان بروند، اما چون به کنار اردوی ارامیان رسیدند اینک کسی در آنجا نبود.۵
6 किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।”
زیراخداوند صدای ارابه‌ها و صدای اسبان و صدای لشکر عظیمی را در اردوی ارامیان شنوانید و به یکدیگر گفتند: «اینک پادشاه اسرائیل، پادشاهان حتیان و پادشاهان مصریان را به ضد ما اجیر کرده است تا بر ما بیایند.»۶
7 त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे ।
پس برخاسته، به وقت شام فرار کردند و خیمه‌ها و اسبان و الاغها و اردوی خود را به طوری که بود ترک کرده، از ترس جان خود گریختند.۷
8 जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए ।
و آن مبروصان به کنار اردوآمده، به خیمه‌ای داخل شدند و اکل و شرب نموده، از آنجا نقره و طلا و لباس گرفته، رفتند وآنها را پنهان کردند و برگشته، به خیمه‌ای دیگرداخل شده، از آن نیز بردند؛ و رفته، پنهان کردند.۸
9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।”
پس به یکدیگر گفتند: «ما خوب نمی کنیم؛ امروز روز بشارت است و ما خاموش می‌مانیم واگر تا روشنایی صبح به تاخیر اندازیم، بلایی به ماخواهد رسید، پس الان بیایید برویم و به خانه پادشاه خبر دهیم.»۹
10 त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।”
پس رفته، دربانان شهر راصدا زدند و ایشان را مخبر ساخته، گفتند: «به اردوی ارامیان درآمدیم و اینک در آنجا نه کسی و نه صدای انسانی بود مگر اسبان بسته شده، والاغها بسته شده و خیمه‌ها به حالت خود.»۱۰
11 तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।
پس دربانان صدا زده، خاندان پادشاه را دراندرون اطلاع دادند.۱۱
12 तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ, र सहरभित्र पस्‍नेछौँ’ ।”
و پادشاه در شب برخاست و به خادمان خود گفت: «به تحقیق شمارا خبر می‌دهم که ارامیان به ما چه خواهند کرد: می‌دانند که ما گرسنه هستیم پس از اردو بیرون رفته، خود را در صحرا پنهان کرده‌اند و می‌گویندچون از شهر بیرون آیند، ایشان را زنده خواهیم گرفت و به شهر داخل خواهیم شد.»۱۲
13 राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।”
و یکی ازخادمانش در جواب وی گفت: «پنج راس ازاسبان باقی‌مانده که در شهر باقی‌اند، بگیرند(اینک آنها مثل تمامی گروه اسرائیل که در آن باقی‌اند یا مانند تمامی گروه اسرائیل که هلاک شده‌اند، می‌باشند) و بفرستیم تا دریافت نماییم.»۱۳
14 त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर ।”
پس دو ارابه با اسبها گرفتند و پادشاه از عقب لشکر ارام فرستاده، گفت: «بروید و تحقیق کنید.»۱۴
15 तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए ।
پس از عقب ایشان تا اردن رفتند و اینک تمامی راه از لباس و ظروفی که ارامیان از تعجیل خود انداخته بودند، پر بود. پس رسولان برگشته، پادشاه را مخبر ساختند.۱۵
16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।
و قوم بیرون رفته، اردوی ارامیان را غارت کردند و یک کیل آرد نرم به یک مثقال و دو کیل جو به یک مثقال به موجب کلام خداوند به فروش رفت.۱۶
17 जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो ।
و پادشاه آن سردار را که بر دست وی تکیه می‌نمود بر دروازه گماشت و خلق، او را نزددروازه پایمال کردند که مرد بر‌حسب کلامی که مرد خدا گفت هنگامی که پادشاه نزد وی فرودآمد.۱۷
18 त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।”
و واقع شد به نهجی که مرد خدا، پادشاه را خطاب کرده، گفته بود که فردا مثل این وقت دو کیل جو به یک مثقال و یک کیل آرد نرم به یک مثقال نزد دروازه سامره فروخته خواهد شد.۱۸
19 ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
و آن سردار در جواب مرد خدا گفته بود: اگر خداوند پنجره‌ها هم در آسمان بگشاید، آیامثل این امر واقع تواند شد؟ و او گفت: «اینک به چشمان خود خواهی دید اما از آن نخواهی خورد.»۱۹
20 तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।
پس او را همچنین واقع شد زیرا خلق او را نزد دروازه پایمال کردند که مرد.۲۰

< २ राजाहरू 7 >