< २ राजाहरू 6 >
1 अगमवक्ताहरूका छोराहरूले एलीशालाई भने, “जुन ठाउँमा हामी तपाईंसँग बस्छौँ, त्यो हामी सबैका लागि ज्यादै साँघुरो छ ।
Bir gün peygamber topluluğu Elişa'ya, “Bak, yaşadığımız yer bize küçük geliyor” dedi,
2 कृपा गरी हामी यर्दनमा जान र त्यहाँ हरेक मानिसले एउटा रुख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्न सक्छौं ।” एलीशाले भने, “यस काममा तिमीहरू अगि बढ ।”
“Lütfen izin ver, Şeria Irmağı kıyısına gidelim, ağaç kesip kendimize ev yapalım.” Elişa, “Gidin” dedi.
3 तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”
Peygamberlerden biri, “Lütfen kullarınla birlikte sen de gel” dedi. Elişa, “Olur, gelirim” diye karşılık verdi
4 त्यसैले तिनीहरूसँगै तिनी गए र जब तिनीहरू यर्दनमा आइपुगे, तब तिनीहरूले रुखहरू काट्न सुरु गरे ।
ve onlarla birlikte gitti. Şeria Irmağı kıyısına varınca ağaç kesmeye başladılar.
5 तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्च्याएर भन्यो, “हे मेरा मालिक, यो त मागेर ल्याएको थियो!”
Biri ağaç keserken balta demirini suya düşürdü. “Eyvah, efendim! Onu ödünç almıştım” diye bağırdı.
6 त्यसैले परमेश्वरका मानिसले भने, “त्यो कहाँ खस्यो?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।
Tanrı adamı, “Nereye düştü?” diye sordu. Adam ona demirin düştüğü yeri gösterdi. Elişa bir dal kesip oraya atınca, balta demiri su yüzüne çıktı.
7 एलीशाले भने, “त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्यो र बञ्चरो समात्यो ।
Elişa, “Al onu!” dedi. Adam elini uzatıp balta demirini aldı.
8 अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए । तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए, “मेरो छाउनी यस्तो-यस्तो ठाउँमा हुनेछ ।”
Aram Kralı İsrail'le savaş halindeydi. Görevlilerine danıştıktan sonra, “Ordugahımı kuracak bir yer seçtim” dedi.
9 त्यसैले परमेश्वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, “त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।”
Tanrı adamı Elişa, İsrail Kralı'na şu haberi gönderdi: “Sakın oradan geçmeyin, çünkü Aramlılar oraya doğru iniyorlar.”
10 इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए ।
İsrail Kralı adam gönderip oradaki durumu denetledi. Böylece Tanrı adamı İsrail Kralı'nı birkaç kez uyardı. Kral da önlem aldı.
11 यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्यो तिमीहरू मलाई भन्दैनौँ?”
Bu durum Aram Kralı'nı çok öfkelendirdi. Görevlilerini çağırıp, “İçinizden hanginizin İsrail Kralı'ndan yana olduğunu söylemeyecek misiniz?” dedi.
12 त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”
Görevlilerden biri, “Hiçbirimiz, efendimiz kral” diye karşılık verdi, “Yalnız İsrail'de yaşayan Peygamber Elişa senin yatak odanda söylediklerini bile İsrail Kralı'na bildiriyor.”
13 राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्यसलाई समात्न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।”
Aram Kralı şöyle buyurdu: “Gidip onun nerede olduğunu öğrenin. Adam gönderip onu yakalayacağım.” Elişa'nın Dotan'da olduğu bildirilince,
14 त्यसैले राजाले दोतानमा एउटा ठुलो सेनासँगै घोडाहरू र रथहरू पठाए । तिनीहरू रातमा आए र सहरलाई घेरा हाले ।
kral oraya atlılar, savaş arabaları ve büyük bir kuvvet gönderdi. Geceleyin varıp kenti kuşattılar.
15 जब परमेश्वरका मानिसको नोकर सबेरै उठ्यो र बाहिर गयो, हेर, एउटा ठुलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, “ओहो! मेरा मालिक, हामी के गरौँ?”
Tanrı adamının uşağı erkenden kalktı. Dışarıya çıkınca kentin askerler, atlılar ve savaş arabalarınca kuşatıldığını gördü. Dönüp Elişa'ya, “Eyvah, efendim, ne yapacağız?” diye sordu.
16 एलीशाले जवाफ दिए, “नडरा, किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् ।”
Elişa, “Korkma, çünkü bizim yandaşlarımız onlarınkinden daha çok” diye karşılık verdi.
17 एलीशाले प्रार्थना गरे, “हे परमप्रभु, यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्न सकोस् भनी म बिन्ती गर्छु।” तब परमप्रभुले त्यस सेवकका आँखा खोल्नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडामा अग्निमय घोडाहरू र रथहरूले भरिएको थियो!
Sonra şöyle dua etti: “Ya RAB, lütfen onun gözlerini aç, görsün!” RAB uşağın gözlerini açtı. Uşak Elişa'nın çevresindeki dağların atlılarla, ateşten savaş arabalarıyla dolu olduğunu gördü.
18 जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए, तिनले परमप्रभुमा प्रार्थना गरे र भने, “यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी म बिन्ती गर्छु ।” त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो ।
Aramlılar kendisine doğru ilerleyince Elişa RAB'be şöyle yalvardı: “Ya RAB, lütfen bu halkı kör et.” RAB Elişa'nın yalvarışını duydu ve onları kör etti.
19 तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे ।
Bunun üzerine Elişa onlara, “Yanlış yoldasınız” dedi, “Aradığınız kent bu değil. Beni izleyin, sizi aradığınız adama götüreyim.” Sonra onları Samiriye'ye götürdü.
20 जब तिनीहरू सामरिया आइपुगे, तब एलीशाले भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोल्नुहोस् ताकि तिनीहरूले देखून् ।” परमप्रभुले तिनीहरूका आँखा खोल्नुहोस्, र तिनीहरूले देखे अनि हेर, तिनीहरू त सामरिया सहरको बिचमा पो रहेछन् ।
Samiriye'ye girdiklerinde Elişa şöyle dua etti: “Ya RAB, bu adamların gözlerini aç, görsünler.” RAB gözlerini açınca adamlar Samiriye'nin ortasında olduklarını anladılar.
21 जब इस्राएलका राजाले तिनीहरूलाई देखे, तब तिनले एलीशालाई भने, “हे मेरा पिता, के म तिनीहरूलाई मारौं? के म तिनीहरूलाई मारौं?”
İsrail Kralı adamları görünce Elişa'ya, “Onları öldüreyim mi? Öldüreyim mi, baba?” dedi.
22 एलीशाले जवाफ दिए, “तपाईंले तिनीहरूलाई मार्नुहुँदैन । के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो र? तिनीहरूका सामु भोजन र पानी दिनुहोस्, ताकि तिनीहरूले खाऊन् र पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन् ।”
Elişa, “Hayır, öldürme” diye karşılık verdi, “Kendi kılıç ve yayınla tutsak aldığın insanları nasıl öldürürsün. Önlerine yiyecek içecek bir şeyler koy, yiyip içtikten sonra izin ver, krallarına dönsünler.”
23 त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे, अनि जब तिनीहरूले खाए र पिए तब तिनीहरूलाई तिनले पठाइदिए र यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए । अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन् ।
Bunun üzerine İsrail Kralı adamlara büyük bir şölen verdi, yedirip içirdikten sonra da onları krallarına gönderdi. Aramlı akıncılar bir daha İsrail topraklarına ayak basmadılar.
24 यो घटनापछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना जम्मा गरे र सामरियालाई आक्रमण गरे र त्यसलाई घेरा हाले ।
Bir süre sonra, Aram Kralı Ben-Hadat bütün ordusunu toplayıp İsrail'e girdi ve Samiriye'yi kuşattı.
25 त्यसैले सामरियामा ठुलो अनिकाल पर्यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्न ग्राम चाँदीमा बिक्री गरियो ।
Samiriye'de büyük bir kıtlık oldu. Kuşatma sonunda bir eşek kellesinin fiyatı seksen şekel gümüşe, dörtte bir kav güvercin gübresinin fiyatı ise beş şekel gümüşe çıktı.
26 जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।”
İsrail Kralı surların üzerinde yürürken, bir kadın, “Efendim kral, bana yardım et!” diye seslendi.
27 तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?”
Kral, “RAB sana yardım etmiyorsa, ben nasıl yardım edebilirim ki?” diye karşılık verdi, “Buğday mı, yoksa şarap mı istersin?
28 राजाले निरन्रतर बोले, “तिमीलाई के कुराले कष्ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’
Derdin ne?” Kadın şöyle yanıtladı: “Geçen gün şu kadın bana dedi ki, ‘Oğlunu ver, bugün yiyelim, yarın da benim oğlumu yeriz.’
29 त्यसैले हामीले मेरो छोरोलाई उसिन्यौं र त्यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।”
Böylece oğlumu pişirip yedik. Ertesi gün ona, ‘Oğlunu ver de yiyelim’ dedim. Ama o, oğlunu gizledi.”
30 जब राजाले त्यो स्त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।
Kadının bu sözlerini duyan kral giysilerini yırttı. Surların üzerinde yürürken, halk onun giysilerinin altına çul giydiğini gördü.
31 तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्यो भने परमेश्वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”
Kral, “Eğer bugün Şafat oğlu Elişa'nın başı yerinde kalırsa, Tanrı bana aynısını, hatta daha kötüsünü yapsın!” dedi.
32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्नो अघि एक जना मानिसलाई पठाए तर त्यो सन्देशवाहक एलीशाकहाँ आइपुग्नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्नुहोस् र त्यसले ठेल्दा थामिराख्नुहोस् । के त्यसको पछाडि त्यसको मालिकको पाइलाको आवाज आएको छैन र?”
Elişa o sırada halkın ileri gelenleriyle birlikte evinde oturuyordu. Kral önden bir haberci gönderdi. Ama daha haberci gelmeden, Elişa ileri gelenlere, “Görüyor musunuz caniyi?” dedi, “Kalkmış, başımı kestirmek için adam gönderiyor! Haberci geldiğinde kapıyı kapayın, onu içeri almayın. Çünkü ardından efendisi kral da gelecek.”
33 तिनीहरूसित तिनले बोल्दाबोल्दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने?”
Elişa konuşmasını bitirmeden, haberci yanına geldi ve, “Bu felaket RAB'dendir” dedi, “Neden hâlâ RAB'bi bekleyeyim?”