< २ राजाहरू 5 >

1 अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए ।
Ahora bien, Naamán, jefe del ejército del rey de Siria, era un hombre de alto rango con su amo, y era muy respetado, porque con él el Señor le había dado la victoria a Siria; pero él era un leproso.
2 अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्यसले नामानकी पत्‍नीको सेवा गर्थी ।
Ahora los sirios salieron en bandas y tomaron prisionera de Israel a una niña pequeña, que se convirtió en sirvienta de la esposa de Naamán.
3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।”
Y ella le dijo a la esposa de su amo: Si solo mi señor fuera al profeta en Samaria, él lo sanaría.
4 त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने ।
Y alguien fue y dijo a su señor: Esto es lo que dice la muchacha de la tierra de Israel.
5 त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे ।
Entonces el rey de Siria dijo: Ve, pues; y enviaré una carta al rey de Israel. Y se fue, llevándose consigo diez talentos de plata y seis mil siclos de oro, y diez ropas.
6 तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।”
Luego llevó la carta al rey de Israel, en la cual el rey de Siria había dicho: Mira, te he enviado a mi siervo Naamán para que lo sanes, porque es un leproso.
7 जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।”
Pero el rey de Israel, después de leer la carta, se turbó mucho y dijo: ¿Soy yo, Dios, para dar muerte y vida? ¿Por qué este hombre me envía un leproso para que se cure? ¿No está claro que él está buscando una causa de guerra?
8 त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।”
Entonces Eliseo, el hombre de Dios, oyendo que el rey de Israel había hecho esto, envió al rey, diciendo: ¿Por qué te preocupas? Envíame al hombre para que vea que hay un profeta en Israel.
9 त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।
Entonces Naamán, con todos sus caballos y sus carruajes, llegó a la puerta de la casa de Eliseo.
10 एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ । तपाईं शुद्ध बन्‍नुहुनेछ ।”
Entonces Eliseo le envió un siervo, diciendo: Ve al Jordán, y después de lavarte siete veces en sus aguas, tu carne volverá a estar sana y estarás limpio.
11 तर नामान रिसाए र यसो भन्दै गए, “हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ ।
Pero Naamán se enojó y se fue y dijo: Tenía la idea de que él saldría para ver me y oraría al Señor su Dios, y pondría su mano sobre la lepra, y me quitaría la lepra.
12 के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र?” त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे ।
¿No son Abana y Farfar, ríos de Damasco, mejores que todas las aguas de Israel? ¿No puedo ser lavado en ellos y ser limpio? Volviéndose, se fue con ira.
13 तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र? त्‍यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त?”
Entonces sus siervos se acercaron a él y le dijeron: Si el profeta te hubiera ordenado hacer algo grandioso, ¿no lo habrías hecho tú? ¿Cuánto más entonces, cuando te dice: “Sé lavado y serás limpio”?
14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।
Luego descendió siete veces a las aguas del Jordán, como había dicho el hombre de Dios; y su piel volvió a ser como la carne de un niño pequeño, y él fue limpio.
15 नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।”
Luego regresó al hombre de Dios, con todo su compañía, y, tomando su lugar delante de él, dijo: Ahora estoy seguro de que no hay Dios en toda la tierra, sino sólo en Israel: ahora entonces, toma una ofrenda de mi parte.
16 तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे ।
Pero él dijo: Por la vida del Señor, cuyo siervo soy, no te quitaré nada. E hizo todo lo posible para que lo tomara, pero no lo hizo.
17 त्यसैले नामानले भने, “तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ ।
Y Naamán dijo: Si no quieres, dale a tu siervo tanta tierra como dos bestias puedan tomar sobre sus espaldas; porque de ahora en adelante, tu siervo no hará sacrificios ni ofrendas quemadas a otros dioses, sino solo al Señor.
18 यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्‍यो हो, जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्दिरमा म पनि निहुरिन्छु, तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् ।”
Pero que tu siervo tenga el perdón del Señor por esta única cosa: cuando mi maestro entra en la casa de Rimón para la adoración allí, apoyado en mi brazo, y mi cabeza está inclinada en la casa de Rimon, que tu siervo tenga el perdón del Señor por esto.
19 एलीशाले तिनलाई भने, “शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए ।
Y él le dijo: Ve en paz. Y se fue de él a cierta distancia.
20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।”
Pero Giezi, el siervo de Eliseo, el hombre de Dios, dijo: Ahora, mi maestro no le ha quitado nada a Naamán, el sirio, de lo que le habría dado: por el Señor viviente, iré tras él. y conseguir algo de él.
21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?”
Y Giezi fue tras Naamán. Y cuando Naamán lo vio corriendo detrás de él, se bajó de su carruaje y volvió a él y le dijo: ¿Está todo bien?
22 गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।”
Y él dijo: Todo está bien; pero mi señor me envió, diciendo: Incluso ahora, dos jóvenes de los hijos de los profetas han venido a mí desde la región montañosa de Efraín; ¿Me darás un talento de plata y dos cambios de ropa para ellos?
23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे ।
Y Naamán dijo: Por favor toma dos talentos. E insistiendo en dárselos, puso dos talentos de plata en dos bolsas, con dos cambios de ropa, y se los dio a hsus dos sirvientes para que los llevaran ante él.
24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए ।
Cuando llegó a la colina, los tomó de sus manos y los puso en la casa. Y despidió a los hombres, y se fueron.
25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।”
Entró y tomó su lugar delante de su señor. Y Eliseo le dijo: ¿De dónde vienes, Giezi? Y él respondió: Tu siervo no fue a ninguna parte.
26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र?
Y él le dijo: ¿No te acompañó mi corazón cuando el hombre se bajó de su carruaje y volvió contigo para recibirte? ¿Es este un momento para obtener dinero, ropa, olivos y enredaderas, y ovejas y bueyes, y siervos y sirvientas?
27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।
Por lo que hiciste, la enfermedad de Naamán, el leproso, se te pegará a tu simiente para siempre. Y salió de delante de él leproso, tan blanco como la nieve.

< २ राजाहरू 5 >